ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सहकारी बैंक लिमिटेडले उत्पादन र राजस्वमा योगदान पुर्याउनुपर्ने (भिडियोसहित)


एबीसी न्यूज
४ पुस २०७६, शुक्रबार   १२ : ४८   बजे


काठमाडौं, ४ पुस । सामाजिक तथा आर्थिक रुपान्तरणका लागि सहकारी संस्थाहरुको पनि भूमिका रहँदै आएको छ । देशभर रहेका ३५ हजारभन्दा बढी सहकारी संस्थाहरुले विद्युत्, कृषि, पशुपंक्षी र सेवाका क्षेत्रमा काम गरिरहेका छन् । बिहीबार राजधानीमा आयोजित राष्ट्रिय सहकारी बैंक लिमिटेडले १६ औं साधारण सभामा सहकारीले आगामी दिनमा आर्थिक कारोबारको वृद्धिसँगै देशको कुल ग्राहस्थ उत्पादन र राजस्वमा योगदान पु¥याउन सक्नेगरी भूमिका खेल्नुपर्ने विषयमा छलफल भएको छ ।

विशेषगरी सामाजिक मूल्य, मान्यता र सहकार्यको आधारमा सहकारी संघ, संस्थाहरुको स्थापना भएको हो । देशभर हाल ३५ हजार भन्दा बढीको संख्यामा सहकारी संस्थाहरु छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडले बिहीबार आफ्नो १६ औ साधारणसभा मनाएको छ । सहकारीको मूल उद्येश्य को–अपरेसन विथ सोसियल बिजनेश हो । सहकारी संस्थाहरुले सामाजिक न्यायमा आधारित वस्तु र सेवाको उत्पादन बढाउन सक्नपर्ने विषयमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले जोड दिएका छन् । सहकारी जुन दर्शन, सिद्धान्त, मूल्य र मान्यताबाट स्थापित भएको हो, त्यसलाई सहकारी संस्थाहरुले आफ्नो आचरणमा अबलम्बन गर्न महासंघको तर्फबाट बडालले निर्देशन पनि दिए । राज्यले पनि सहकारीको गतिशिलतामा बढवा दिने काम गर्नुपर्ने बताउदै बडालले सहकारी ऐन २०७४ मा देखा परेका झंझटहरुलाई समाधान गर्न सरोकारवालाहरुको ध्यानाकर्षण गराए ।

राष्ट्रिय सहकारी बैंकको हाल ३० अर्बभन्दा बढी निक्षेप छ । त्यसैगरी २० दशमलव ५ अर्ब ऋण प्रवाह र १ दशमलव ८ अर्ब बराबरको शेयर पू“जी रहेको छ । जसमा ११ हजार १ सय २५ जना शेयर सदस्यहरु छन् । देशभर बैंकको ४४ शाखा छन् र आगामी दिनमा स्थानीय तहमा ८४ शाखा स्थापना गर्ने निर्णय भईसकेको बैंकले जनाएको छ । लघुवित्त, विपन्न वर्ग, कृषि, रोजगारीका क्षेत्रको लगानीलाई प्राथमिकीकरण गरी देशको कुल ग्राहस्थ उत्पादन र राजस्वमा योगदान पु¥याउने लक्ष्य रहेको सहकारी बैंकका अध्यक्ष्ँ के.बी.उप्रेतीले बताए ।

तर सहकारी क्षेत्रमा नियमन, अनुगमन तथा नियन्त्रण पक्ष्ँ प्रभावकारी नहु“दा सहकारीको औचित्य माथी पनि बेला–बेलामा प्रश्न उठ्ने गरेको सहकारी विभाग रजिष्ट्रारका डाक्टर टोकराज पाण्डेले बताए । सहकारी क्षेत्र टा“ठा, बाठाहरुको मात्रै बन्दै गएको हो की भन्ने भान भईरहेको भन्दै पाण्डेले यस क्षेत्रमा सम्पत्ति शुद्धिकरणको समस्या देखा परिरहेको बताए ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सहकारी संस्थाहरुलाई कम्पनीकरण गर्न नसकिने स्पष्ट पारे । सहकारी मोडलको व्याख्या गर्दै अर्थमन्त्री अतिवडाले सहकारी संस्थाहरुले खुलस्त र स्वतन्त्र रुपमा लाभमा समन्वय, सामाजिक, सा“स्कृतिक तथा वातावरणीय उत्थानमा काम गर्नुपर्ने बताए । नेपाल राष्ट्र बैंकले ऐनबमोजिम कम्पनीहरुको मात्रै नियमन गर्ने बताउदै अर्थमन्त्री खतिवडाले सहकारीको विशेषता र लक्ष्यका आधारमा सहकारीलाई स्वायत्त ढंगबाट अघि बढाउन सक्ने छाता संस्थाको आवश्यकता रहेको बताए । सहकारी सम्बन्धीका कानुनी उल्झन र समस्या विषयमा भने सरकार छलफल गर्न तयार रहेको उनले बताए ।

१६ औं साधारण सभाको अवसरमा बैंकले बाग्लुङको सिवासी बचत तथा ऋण सहकारी संस्था, भरतपुरको हंस बहुउद्येश्यीय सहकारी संस्था, तमोर महिला कृषि सहकारी संस्था, कृषि क्षेत्रका अभियान्ता, पत्रकारहरुलाई पनि हौसलास्वरुप सम्मान गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group