ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडक र यातायताका लागी करोडौं बजेट छुट्याइएपनि अवस्था भने जिर्ण (भिडियोसहित)


एबीसी न्यूज
६ पुस २०७६, आइतबार   ११ : ४१   बजे

 

काठमाडौं,  ६ पुस । हरेक वर्ष बजेट निकासा हु“दा सडक र यातायताका लागी पनि करोडांै बजेट छुट्याइन्छ । तर पनि सडक र यातायात पूर्वाधारको अवस्था भने ज्यू“ का त्यूँ नै रहेको छ । सडक दुर्घटनाकै कारण धेरैले ज्यान गुमाउनुपरेको छ भने कयौंं घाइते भएका छन् ।

कार्तिक महिनामा सिन्धुपाल्चोकको सुकुटे नजिकै सुनकोशी नदीमा बस दुर्घटना हुंदा १७ जनाको मृत्यु भएको थियो भने मंसिरमा अर्घाखाँचीको सन्धिखर्क–६ सल्लेरीमा भएको बस दुर्घटनामा १९ जनाको मृत्यु भयो भने १८ जना घाइते भए ।

मसिंरको अन्त्यमा दोलखा जिल्लाको कालिन्चोकबाट भक्तपुर फर्किरहेको एउटा यात्रुवाहक बस सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउपालिकाको छ किलो भन्ने स्थानमा दुर्घटना हुंदा १५ जनाले ज्यान गुमाए । यी त केहि प्रतिनिधी घटना मात्र हुन् दिनहुजसो हुने यस्ता दुर्घटनाले जनधनको क्षति भइरहेको छ । सडक दुर्घटना हुनुमा धेरै कारणहरु हुने गर्दछन् ।

सडकको जिर्ण अवस्था, सवारी साधनको अवस्था, चालकको लापरवाही, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति र यात्रुको पनि असावधानीजस्ताकारण नेपालमा हुने अधिकांश सडक दुर्घटनाको मुख्य कारण भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाको भनाइ छ । उपत्यकाकै कुरा गर्नुपर्दा दैनिक १३ लाखको हाराहारीमा सवारी सञ्चालन हुने उपत्यकामा जम्मा १३ सय ट्राफिक अधिकृत र जवान कार्यरत रहेका छन् । ९ लाख भन्दा बढी सवारी साधन रहेको र दैनिक हुने आन्दोलदन र ¥यालीहरुका कारण ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकालले बताउछन् ।

त्यसो त पछिल्लो समय सरकारबाट विभिन्न राजमार्गहरुमा सडक दुर्घटनालाई रोक्न पहल भइरहेको बताइएको छ ।
सरकारले सडक क्षेत्रमा हुने दुर्घटना न्यूनिकरण गर्न र यस विषयलाई उचित सम्बोधन गर्न नसकेको गुनासो बारम्बार आउने गरेको छ । सडकमा हजारौं सवारीसाधन थपिदा पनि सडकको गुणस्तर र सवारी साधनको अवस्था र क्षमता उस्तै छ,

व्यवस्थित, सुरक्षित, गुणस्तरीय र यात्रुमैत्री सेवाको सुनिश्चित गर्न राज्य नै मुख्य जिम्मेवार निकाय हो । तर सडक दुघर्टनामा अकालमै सर्वसाधारणले ज्यान गुमाइरहदा पनि राज्य संवेदनशिल बन्न सकेको छैन । ३ दशक अघि निर्माण भएको सडकको समेत विभिन ठाउमा स्तरोन्नती हुन सकेको छैन । सवारी तथा मालवाहक गाडीको क्षमता तथा परिक्षण, सवारी चालक लाइसेन्स परिक्षण, ट्राफिक व्यवस्थापन जस्ता महत्वपूर्ण सवालमा राज्य संवेदनशिल बन्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group