ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको लक्ष्य १० वर्षमा एक करोड पर्यटक भित्राउने (भिडियोसहित)


एबीसी न्यूज
९ पुस २०७६, बुधबार   ११ : ४५   बजे

काठमाडौं, ९ पुस ।  नेपाल भ्रमण वर्षको दिन नजिकिंदै जांदा सरकार केही सक्रिय देखिएको छ । पर्यटनको बहुआयामिकतालाई ध्यानमा राखेर भ्रमणवर्षलाई लक्ष्यमा पुराउन विभिन्न सरोकारावालसंग निरन्तर छलफल गर्दै आएको छ । भ्रमण वर्षलाई राष्ट्रिय पर्वको रुपमा मनाउन कस्सिएको सरकारले सबै पक्षलाई समेट्ने प्रयास गरेको हो । पर्यटन,सहकारी र वनक्षेत्रको सहकार्यलाई अझ व्यवस्थित गर्न मंगलबार छलफल चलाएको छ ।

सरकारले भ्रमण वर्षलाई सफल बनाउन सहयोगको लागि छलफल विभिन्न संघ संस्थासंग छलफल गर्दै आएको छ । मंगलबार सामुदायिक वन उपभोक्ता महासंघ, राष्ट्रिय सहकारी महासंघसंग छलफल गरेको छ । विभिन्न निकायहरुको छलफलमा पर्यटन मन्त्री योगेशकुमार भट्टराइले भ्रमण वर्ष २०२० एउटा इभेन्ट मात्रै नभई दीर्घकालीन पर्यटनको आधारशिला भएको बताएका छन् ।

सरकारले अबको १० वर्षमा एक करोड पर्यटक भित्राउने लक्ष्यको साथ अगाडि बढ्ने महत्वकांक्षी अवधारणा अघि सारकोे छ । यद्यपी नेपाल भ्रमण वर्षमा २० लाख बाह्रय पर्यटन भित्र्याउन सरकारलाईह हम्मे हम्मे पर्ने निश्चित छ । तर,‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई आधार मानेर दशकको योजनाकासाथ सरकार अघि बढ्ने भएको छ । पर्यटनबाट मुलुकको पहिचान देखाउने सरकारले संकल्प गरेको छ ।

आवस्यक पूर्वाधार र पर्यटनको बजारमा सरकार पुरानै ढर्रामा छ । नेपाल भ्रमण वर्ष–२०२० कार्यक्रमबाट विश्व समुदायलाई नयां सन्देश दिने सरकारको अपेक्षा छ । नेपाल अब शान्ति, समृद्धि र स्थायित्वको बाटोमा अघि बढेको सन्देश दिन सबैको सहयोगको अपेक्षा हुनुपर्ने सरकारी अपेक्षा छ ।

नेपाल भ्रमण वर्ष राष्ट्रिय गौरवको अभियान हो । सबै नेपालीले यसमा साथ दिनु आवश्यक छ । पर्यटक भ्रमण वर्षले नेपाल भ्रमण वर्षले नेपालको दीगो पर्यटनको आधार शिला तयार गर्नुपर्ने सरोकारवालाको सुझाव छ । दीर्घकालीन सोचको साथ पर्यटन क्षेत्रमा ध्यान दिन सकेमा मुलुकको अर्थतन्त्रको आधार पर्यटन दीगो हुने अपेक्षा गरिएको छ । पर्यटक आगमनमात्रै होइन, पुनः नेपाल भ्रमण गर्न आउने गरि सरकारले आवस्यक पूर्वाधार र प्रवद्र्धनमा जोड दिनुपर्ने धेरैको सुझाव छ ।

भ्रमण वर्षले विदेशी पाहुनालाई एकपटक आएर फर्किनेमा मात्रै होइन, पटक पटक नेपाल आएर जाने वातावरण बनाउनु पर्ने राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशब बडालको भनाई छ ।सरकारले थालेको अभियान सकारात्मक छ । प्रचारँत्मक हिसाबमा सरकार अघि नै छ। तर, पर्यटन वर्षको मौसममा मात्रै होइन, दीर्घकालीन सोचको साथ राष्ट्रिय अभिायनको रुपमा बढाउन सकेमा नेपाल भ्रमण वर्ष २०२० आधार बन्न सक्छ । यसका लागि पूर्वाधार र प्रवद्र्धनमा सरकारको गियर अझै बढाउने पहिलो शर्त हो । छलफलले मात्रै पर्यटक आउने र बसार्इं र खर्च औसत बढाउन पर्यटनमैत्री वातावरण बनाउनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

बालेनलाई किन संसद् मन पर्दैन ?

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group