ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेल क्षेत्रको समग्र विकासका लागि राज्यको नीतिमा सुधारको खांचो ( भिडियोसहित)


एबीसी न्यूज
१३ पुस २०७६, आइतबार   १ : १८   बजे

काठमाडौं, १३  पुस ।  गएको मंसिर अन्तिममा १३ औं सागको धुमधामसंग सम्पन्न गरिएको छ । दक्षिण एशियाली खेलकुद साग आयोजनामा सरकार लगभग सफल देखिएको छ । विगतमा भन्दा १३ संस्करणमा सरकार एक कदम अघि देखिएको हो । साग जितेर ढुक्क हुने अवस्था छैन । खेलसम्वद्ध धेरै संस्था वर्षाै अघि स्थापना भएपनि खेल क्षेत्रमा धेरै सुधारको खांचो छ ।

मुलुकको खेल क्षेत्रको संस्थागत तथा व्यवसायीक विकास गर्न भन्दै राष्ट्रिय खेलकुद परिषद्र(राखेप) को स्थापना वि.स. २०१७ मा भयो । वि.स. २०१५ सालमा स्थापित राष्ट्रिय स्वास्थ तथा खेलकुद परिषद्को नाम परिवर्तन गरि राष्ट्रिय खेलकुद परिषद् राखिएको हो । तर नेपालमा राखेपको गठन हुनुभन्दा अगाडिदेखिनै क्रिकेट, ब्याडमिन्टन, टेबुलटेनिस, फुटबल, हकी तथा टेनिस जस्ता खेलकुदहरूको संघको गठन भएका हुन् ।। नेपालमा खेलहरू प्रति राणाकालीन प्रभाव निकै लोकप्रिय रहेको थियो । उपत्यका भित्र देखा परेको खेलकुदको लोकप्रियता दृष्टिगत गरेर वि.स. २०१५ सालमा तत्कालीन शिक्षा मन्त्री परशुनारायण चौधरीको अध्यक्षतामा राष्ट्रिय स्वास्थ्य तथा खेलकुद परिषद् गठन गरिएको इतिहास छ । खेलकुद क्षेत्रमा ठूलो सम्भावना रहेपनि राज्यबाट खासै ध्यान नदिएको खेलाडीहरुको जिकिर छ ।

खेलकुदको विकासका लागि सबैभन्दा महत्वपुण भनेकै बजेट हो । खेलकुदको विषयमा सरकारको दृष्टिकोण नै स्पष्ट देखिदैन । खेलकुदलाई जसरी प्राथमिकतामा राख्नुपर्ने हो त्यो भएको छैन । खेलकुद पनि उत्पादक क्षेत्र नै हो भन्ने बुझाई बुझन सकेको छैन सरकारले । खेलकुदमा छुट्याइएको बजेट पनि लगानी नै हो भनेर बुझ्न आवश्यक छ । खेलकुद राष्ट्रिय एकताको विषय हो, राष्ट्रको सम्मान, गौरव बढाउने विषय हो, खेलक्षेत्रले पर्यटन ठुलो भुमिका खेलेको हुन्छ । सरकारले भ्रमण बर्ष २०२०को तयारी तिव्र पारे संगै २० लाख पयटक नेपाल भित्र्याउने लक्ष लिएकोमा त्यसको केहि हिस्सा खेल पर्यटनको रहने निश्चित छ । प्याराग्लाइडीङ,बन्जी,भाउन्टेन कलइम, पौडी, साइक्लीङ लगायत विदेशी पर्यटकको रोजाइमा पर्छन् । तर राज्यबाट यसको प्रर्वद्धनमा राज्यको आँखा पुग्न सकेके छैन । तर सरकारले राम्रो नीति र बजेटको व्यवस्था गर्ने हो भने आगामी १० वर्षमा खेलकुदले नेपाललाई स्थापित गर्न सकिने सरकारी अधिकारीहरुको दाबी छ ।

लामो समय खेल क्षेत्रमा सुधार खासै नभएपनि १३ औ साग संस्करणले खेल क्षेत्रमा उज्यालो घाम लागेको छ । वास्तवमा नेपालले खेलकुदमा सुधार गर्न चाहेको छ, गर्न सक्दो रहेछ भन्ने सन्देश १३ औ संस्करले दिएको छ ,साथसाथै चुनौती पनि छन् । चुनौतीलाई अवसरमा बदलेर अगाडि बढ्ेमा नेपालको खेल क्षेत्रमा सुधार गर्न सकिनेमा दुइमत छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको बाढीले तहसनहस बनायो त्रिशूली मावि, समयमै विद्यार्थी निकालिँदा ठूलो मानवीय क्षति टर्‍यो

 भोटेकोशीको बाढीमा सुरक्षाकर्मीसमेत बेपत्ता, ४४ नेपाली सेना सम्पर्कविहीन

सम्बन्धित

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu