ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकता भइसक्यो, घोषणा मात्र बांकी छ : ओली -प्रचण्ड


ABC News

काठमाडौं १ मंसिर । केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले विहीबार बागलुंग, स्यांजा र पर्वतका ३ वटा सभालाई सम्वोधन गर्दै पार्टी एकता भइसकेको घोषणा मात्र बांकी रहेको बताएका छन् । वाम गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्न स्याङ्जाको पुतलीबजार पुगेका अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले देशलाई आर्थिक विकासको लागि वामपन्थी गठबन्धन आवश्यक रहेको सविस्तार व्याख्या गरे ।

स्याङ्जा बजार र वालिङ बजारको दुईवटा सभा, बागलुंगको गल्कोट र पर्वतको कुश्मामा आयोजित सभालाई सम्बोधन गर्न पुगेका एमाले अध्यक्ष ओली र मा‌ओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पाँच वर्षको लागि स्थायी सरकार बनाएर विकासको लहर अगाडि बढाउन वामपन्थी सरकार जरुरी रहेको बताए । ‘हामी कुनै स्वार्थको लागि तालमेल गरेका होइनौं’ओलीले भने, ‘हामी नजिक हुँदा बाहिरी शक्तिहरु आत्तिएको छ । अब ५ वर्ष सरकारमा जान पाउँदैनौ कि भनेर । विकासको नीती, मिति र तिथी नभएकाहरुले सत्ता ओगट्ने मात्र हुन् ।’उनले राष्ट्रले खोजेका नेताहरु अब जनताले आफैं तयार गर्ने बेला आएको रोचक ढंगले बताए ।

‘अबको मार्ग भनेको संघीय शासनको व्यवस्थामा जोड दिनु हो’ ओलीले भने ‘दिगो विकासको रुपमा नेपाललाई अगाडि सार्नुपर्छ भनेर संयुक्त राष्ट्र संघले पनि प्राथमिकतामा राखेको छ । कृषि, उद्योग, व्यापार, उर्जा र पुर्वाधारको क्षेत्रमा जोड दिनुपर्छ ।’ यही कुरा बामपन्थी सरकारले पूरा गर्नेछ ।

जनता के चाहन्छन् भन्दा पनि सत्ता कसरी हात लिने र आफूले सत्ताको दुरुपयोग गर्ने भनेर लागीपरेको बाह्य शक्तिको आयु बढी नरहने भन्दै ओलीले नाकाबन्दी जस्तो अप्ठ्यारो समयमा पनि कसैको सामु शिर नझुकाएको नेपाल अब उठ्न लागेको छ । ओलीले भने ‘स्वार्थको लागि भारतसँग शिर झुकाउदिन’, पाँच वर्षभित्र स्थायी सरकार बनाएर विपक्षीहरुले उडाउने मजाकलाई यथार्थमा बदल्ने लक्ष्य छ ।’ पूर्व–पश्चिम, पोखरा–लुम्बिनी र काठमाडौं रेलमार्ग, हिन्द र प्रशान्त महासागरमा नेपालको झन्डा फरफराउँदै पानी जहाज गुडाउने दिन अब धेरै समय छैन ।
ओली र प्रचण्डले पार्टी एकीकरण भइसकेको र आधिकारिक रुपमा घोषणा गर्न बाँकी रहेको बताएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एउटै एजेण्डा र एउटै भाषाका साथ वाम गठबन्धन अगाडि बढेको बताए । ०१९ सालबाट विभाजित भएको कम्युनिष्ट आन्दोलन अब एउटै धारमा हिँड्ने बताउँदै उनले अबको आवश्यकता नै वाम गठबन्धन मात्र होइन पार्टी एकता रहेको बताए । ‘७० वर्ष पछि अब ५ वर्षीय स्थायी सरकार बन्छ’ ०४६ मा नै वामपन्थी पार्टीहरु एउटै बनाउन मदन भण्डारीसँग सल्लाह भइसकेको थियो । एकीकरण गर्ने तयारी भइरहँदा उहाँको मृत्यु भयो । जसकारण आजसम्म वामपन्थी एक हुन सकेनन् । नेता र नेतृत्वले समयमा बुद्धि पुर्‍याउन नसके कि त इतिहास सय वर्ष पछि धकेलिन्छ कि त सय वर्ष अगाडि ।’प्रचण्डले सुनाए ।

 

‘निर्वाचन पछाडि पार्टी एकीकरण आधिकारीक रुपमा घोषण गरिन्छ’ प्रचण्डले भने ‘आजसम्म कम्युनिस्टसँग खेलेर अरुले शासन गरे वाम गठबन्धबारे कांग्रेसका मान्छे पनि खुसी छन् । विकासको लहरसँगै उनीहरु पनि कम्युनिस्टमा नै आउनेछन् । जनताले पहिलो पटक लामो समयसम्म वामपन्थी सरकार पाउने छन् ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com