मानिसहरुले सोचेजस्तो स्वतन्त्रता, आधुनिकता अधिकार अनि जीवनप्रतिको बुझाई र भोगाइको तालमेल नमिल्नाले पनि सायद आजकल सम्वन्धहरु निकै कमजोर बनिरहेका छन् ।
खुला समाज अनि आधुनिकताको नाममा गरिएका गलत प्रहसन प्रबिधिको गलत प्रयोग अनि बैबाहिक संस्थाप्रति र सम्वन्ध अनि खुशी प्रतिको अपुष्ट बुझाई सेल्फ अनुशासनको कमिले गर्दा हरेक परिवारहरुमा बिघटन आइरहेको छ । पश्चिमा देशहरुमासमेत परिवार र जीवन कसरी ब्यवस्थित गराउन सकिन्छ भनेर बहस चलिरहेको बेला हाम्रो जस्तो समाजमा स्वतन्त्रताको गलत प्रयोग हुन खोज्नु सोचनीय बिषय हो । बिबाह एक अनुशासित र मर्यादित संस्था हो । हरेक संघ संस्थाका आ–आºनै अनुशासन र नियम हुन्छन् ।
ति नियम र अनुशासनलाई फलो गरिएका हरेक संस्थाहरु सफलताका साथ अगाडि बढिरहेका हुन्छन् । जहा“ अनुशासन र नियमहरुको उल्लङ्घन हुन थाल्छ त्यस्ता संस्थाहरु बिघटन तिर जान्छन् यो स्वभाबिक हो । हिजो हामीले पार्टी सङ्गठनमा काम गर्नेताका हरेक कुराहरु पर्टीभित्र नै बहस गरिन्थ्यो र निचोड बाहिर निकालिन्थ्यो । आन्तरिक रुपमा जति धेरै समास्या र अन्तबिरोध भए पनि आफुभित्रनै समानाध गरेर बाहिर आउदा एक भएर आएको हुन्थ्यो ।
तर आज खुला समाज प्रबिधिको प्रयोगले मानिसहरु धेरैनै अपडेट हुन थाले जस्ले गर्दा आफूभित्र समाधान गर्ने कुराहरु प्नि बिषय नउठ्दै बाहिर आउन थाले जस्को कारण अनेक विभाजनहरु देखिए र देखिइरहेका छन् । सम्वन्ध भन्ने कुरा पनि त्यहि हो । परिवार परिवार मिलेर समाज बन्ने हो । जहां परिवारनै रहंदैनन कल्पना गरौ ति समाजहरु कस्तो समाज बन्लान । आजकल मानिसहरुलाई बुझ्दा केही त्यस्ता सोचहरु प्नि हावी भएको देखिन्छ, जहा“ स्वतन्त्रताको बहानामा आफ्नै खुशीको गला रेटिंदै गएको छ । वैवाहिक संस्थाहरु बोझ हुन भनेर लिभिगं टुगेदरमा रहेकाहरुको समस्या झनै बिकराल बन्दै गइरहेको छ, त्यहां भन्दा समस्या सेल्फ अनुशासनमा रहन नसक्दा आउने बिकृतिहरुले पारेको छ ।
मानिस भनेको चेतनशिल प्राणी हो । के गर्ने के नगर्ने भन्ने कुराको बिवेक पु¥याउन सक्नु मानिसहरुको अनुशासन हो सामान्य अनुशासनमा रहन नसक्दा मानिस भित्र जनावरको रुप आइरहेको छ । आजकल समाजमा अनेक प्रकारका विकृतिहरु देखा परेका छन् । एकातिर खुला समाज र प्रविधिलाई बुझ्न नसक्नु अर्को तिर स्वतन्त्रताको गलत प्रयोग हुनु बिनास र विसर्जनको बाटो हो यसको मतलव सहनै नसक्ने कुराहरुलाई पनि अनुशासन मान्ने नाममा तड्पिएर बा“च्नु भन्दा त्यसको छिनोफानो गर्नु नै बेस हुन्छ, तर न्युनतम मुल्य र मान्यताहरुको धज्जी उडाएर स्वतन्त्रताको नाममा देखाइने प्रहसनको कारण नै आजकल समाज समाज बन्न चाहिने परिवारहरु दिनानुदिन बिसर्जनको बाटोमा छन् । दुइजना मान्छे मिलेर बनाइने परिवारमा जब दुइजनामानै एकअर्का प्रति बिस्वास हुंदैन सम्मान हुदैन आदर हुदैन सगै रहने कुनै कारणनै हुंदैन । सम्वन्ध भनेको निकै सुन्दर र सभ्य इनर्जी हो उर्जा हो । जुन सम्वन्धमा उर्जा छ इनर्जी छ त्यो सम्वन्ध सम्वन्ध हो । तर जुन सम्वन्धमा स्वार्थ छ छलकपट छ त्यो सम्वन्ध सम्वन्ध नै हैन । पहिला पहिलाका मनिसहरु एक अर्काप्रति नचिनेको नाता निभाउन सक्षम थिए तर आजका मानिसहरु चिनेको सम्वन्ध निभाउन हैन भत्काउन तत्पर छन किन ? यो निकै गम्भिर समस्या रहेको छ । यसको मतलब पहिलाका मानिसहरुले अर्थात महिलाहरुले जे जस्तो सहेर पनि परिवार बचाउन गरेको प्रयासलाई स्यालुट गरे पनि उनिहरु उत्पिडनमा रहनु पर्छ भन्ने अवस्य हैन ।
समय बदलिएको छ । आजको समाज आफूलाई सभ्य समाज भन्न रुचाउ“छ । समाज समाज बन्न चाहिने परिवार हरु जब अहिलेको रफ्तारमा बिघटन हुदै जानेहो भने सोचौं समाज अनि समाज समाज बनेर बनेको देशकै हालत के होला । सम्वन्धहरु थोपरिएका अर्थात बोझिला बनेका धेरै कुराहरु गरेका छौं हामी । बैबाहिक संस्था बोझ हो भनेर ‘लिभिगङ् टुगेदर’मा रहेकाहरु समेत एक आपसमा खुशी रहन नसकेर डिप्रेसन र आत्महत्या समेत गर्नुपरेको बर्तमानमा के हामीले सांच्चै सम्वन्धलाई बुझेको छौं ? अनि समाजलाई बुझेका छौ । आफुलाई जे अनुकुल पर्छ त्यहि अनुसा ब्याख्या गर्ने भन्दा पनि सम्वन्धले निर्माण गरेका संरचनाहरुको बिषयमा गम्भिर बन्नेकी नबन्ने ? बिहे गरेर लामो समयस“गै बिताएका दुइजना सहयात्री किन अलग भइरहेका छन् ? एकआपसमा मिठो सम्वन्ध गांसेर संगै भएकाहरु फेरि किन अलग भइरहेका छन । यसबिषयमा बहस गरौं । पहिलात समाज समाज भनेर समाजलाई दोस नदिउं किनकी हामीले जोडेका सम्वन्धहरुको सभ्य रुपनै समाज हो भन्ने कुरा बुझौं । अनि सोचौं हामीले निर्माण गर्ने समाजमा हाम्रो योगदान के भनेर ।
हामीले निभाउने भुमिकाहरुले कस्तो समाज निर्माण गर्ने भन्नेकुराको निर्धारण गर्छ । हामी पहिलेत सभ्य मान्छे बन्ने प्रयत्न गरौं । जहां सभ्यताको आशा गरिन्छ त्यहां केही नियमहरु पलना गर्नु पर्छ । अनुशासनको दायरामा रहनु पर्छ । आफुलाई नियन्त्रण गर्न नसक्ने अनि अनेक ब्याख्या गरेर स्वतन्त्रता र खुशीको गलत प्रयोग नगरौं । एक अर्कामा इमान्दार बनौं । इमान्दार बन्न सकिदैन आंफुलाई नियन्त्रण गर्न सकिंदैन भने सम्वन्धमा नरहौ । खुलेर आफ्नो कमजोरी स्वीकार गरौं । एक अर्कामा आलोचना आत्मालोचना गरौं । सम्वन्धमा यो जरुरी छ । जहां पायो त्यहीं लर्वरिनु स्वतन्त्रता हैन । अनि सेल्फ अनुशासनमा रहन नसकेर गरेको गल्ती खुशी अवस्य हैन । यस्ता बिषयमा समाजमा खुलेर बहस चलाउं । परिवार बन्नको लागि सम्वन्धहरु कसिला बन्नु पर्छ । अनुशासन र मर्यादा सम्वन्ध र परिवारमा लागु गर्न नसक्नेले जतिनै चुचुरोमा पुगेको महशुुुस गरे पनि उ खुशी हुन सकेको छैन । जस्को सम्वन्ध बलियो छ त्यो परिवार सुन्दर छ । जहां सम्वन्ध कमजोर बन्न थाल्छ त्यहां सुन्दरता निकै खल्लो हुन्छ । मानिसले परे पछि जस्तो परिबेसको पनि सामना गर्न सक्छ । हामीले थोरै मेहनेत गर्दा हाम्रा सम्वन्धहरु बलिया बन्न सक्छन भने यसलाई बांध्ने कोशिस गरौं । किन भने हामीले काम गर्ने संघ संस्थाका पनि नियम र अनुशासन हुन्छन् । आफुलाई अनुशासित राख्ने प्रयत्न गरौं । सभ्य बन्नको लागि ब्यक्ति भित्रको सोच सफा हुनु पर्छ ।
सम्वन्ध बचाउनको लागि एकजनाले चाहेर मात्र हुंदैन । जहां सामान्य इमान्दारीता निभाउन नसकेर एकले अर्कोलाई चिटिङ गर्नु पर्ने अवस्था आउ“छ त्यतिबेला पनि इमान्दार बनौं । चिटिङ नगरौं । गर्नै परे सम्वन्धलाई सौहार्द रुपमा अन्त गरेर नयां बाटो तय गरौं । आफुले गरेको अपराधले गलेर आफै भित्र लज्जित बनेर बांच्न निकै कठिन हुन्छ मान्छेलाई त्यसैले बस्नै नसक्ने आत्मग्लानी नहोस् । समाज र परिवारको लागि आनेक हिंसा र सहनै नसक्ने कुरा सहेर पनि सम्वन्धलाई बचाउन खोज्दा दुर्घटना हुन सक्छ । त्यसैले आफुभित्रको सोच सहि हो या गलत एकछिनको आवेसमा आएर हामीले निर्णय गदैछौं या अनुशासन र नियममा रहेर । मानिसनै त्यस्तो प्राणी हो जस्ले अनेक नियम बनाउन सक्छ त्यसलाई लागु गर्न पनि सक्छ । समाजमा सुन्ने गरिन्छ परिवार बचाउनको लागि र सम्वन्ध बचाउनकै लागि अºनो खुशीको गला रेट्नु परेको छ । खास खुशी केहो ? घरमा श्रीमान श्रीमती हुंदा ह“ुदै बाहिर रिलेसन राख्नु ? एकछिनको आवेसलाई सुसी सम्झेर बहिर सम्वन्ध बनाउनु ? या अनुशासनमा रहनु पर्दाको घुटनले प्रत्ाँडित बन्नु ? खास खुुुसी केहो भन्ने कुरा आफैभित्र गभ्भिर बनेर सोचौं । सुन्ने गरिन्छ अरुको श्रीमान श्रीमतीसंग रिलेसन भएकाहरु आºनो घरमा सन्तुष्ट हुन नसकेर बाहिर रिलेसन राखेको कुरा के यो सत्य हो ? कि आवेसलाई रोक्न नसकेर अनुशासनमा रहन नसक्नेहरुको मनोदशा हो यो ? बुझौं ।
आज समाजमा बढ्दै गएको विकृति यी नै सम्वन्धहरुबाट सुरु भएका छन् । हरेक अपराध भित्र यस्ता रिलेसनहरुले काम गरेका छन् । र अन्तमा कुनै पक्ष पनि राम्रो र खुुसीको साथ बांच पाएको छैन । हमीले परिवारको कुरा गर्छौं सभ्य समाजको कुरा गछौं । आज बहसको जरुरी छ मानिस जब अनुशासित र सभ्य बन्न सक्दैन परिवार कसरी सभ्य बन्न सक्छ ? जव परिवार सभ्य बन्न सक्दैन समाज कसरी सभ्य बन्न सक्छ ? अनि कसरी देश समृद्ध बन्न सक्छ । हरेक मानिसले आफु अनुुसारको स्वतन्त्रता अधिकार र खुशीको ब्यख्या गर्दै परिवार र समाजका न्युनतम मुल्य मान्यताहरुको धज्जी उडाउंदै जानेहो भने कस्तो समाज निर्माण गर्न सकिएला ? आफ्नो खुशी साच्चै खुशी हो या आवेग भन्ने कुरालाई बीचार गरौं । मैले माथिनै भनेकी छु हरेक संस्थाका अºनै नियम र अनुशासन हुन्छन ती नियम र अनुशसनलाई मनन गर्न सकिएन भने त्यस्ता संस्था ध्वस्त भएर जान्छन् ।
सम्वन्ध र परिवार पनि तीनै संस्था मध्यका महत्वपुर्ण र सभ्य सस्थाहरु हुन । यी संस्थालाई सभ्य समृद्ध बानाउने या ध्वस्त बनाउने भन्ने कुरा हाम्रो हातमा छ । यसको मतलव हामीले हदै प्रयास गर्दा पनि यी संस्था संस्था बन्न नसकेर बिघटन हुन जान्छन भने हानी हामी दुवै पक्षलाई हुन्छ र सम्हालिन बराबर कसरत गर्नु पर्छ । दुइजना मिलेर बनेको संस्था बचाउन एक जनाले मात्र कोशिस गरेर पक्कै पनि हुंदैन तर एकजना गैर जिम्मेवार भयो भन्दैमा अर्कोले पनि हात झिक्ने हो भने त्यसको कुनै अस्त्विनै रहंदैन त्यसैले हजार पटक सोचेर हामीले हाम्रा सम्वन्धहरुलाई धरासायी हुन बाट बचाउने कोशिस गरौं ।
यसको मतलब जस्ता प्रकारका हिंसा पनि सहन जरुरी छैन । तर आजकल लहडमा सम्वन्धहरु बनाउने र तोड्ने हलर चलेको छ यो समाजको विकृती र बिनास हो । हामी महिला पुरुष दुबैले यसमा समान सम्वेदनशील भएर सोच्ने गरौं । किनभने सम्वन्ध निकै मिठो आभास हो यो कुनै ठट्यौली हैन अझ सम्वन्धलाई युग युग निभाउन सक्ने कला भएका मान्छेहरुनै सभ्य र समृद्ध मान्छेहरु हुन त्यसैले बहस अनुशासनको गरौं सभ्यताको गरौं अनि इमान्दारिताको गरौं त्यसपछि मात्र सम्वन्धको गरौं ।
प्रतिक्रिया दिनुहोस्