ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०१९ विश्व मानव हितका लागि कति उपयोगि रहयो (यहीवर्ष पहिलोपटक एचआइभी संक्रमित दुई व्यक्ति ठीक हुन सफल)


एबीसी न्यूज
१५ पुस २०७६, मंगलबार   ७ : ५०   बजे

एजेन्सी । २०२० नजिकिँदै जाँदा २०१९ कतिका लागि यो वर्ष साचेजस्तै रह्यो भने कति चाहिँ अनपेक्षित घटनाको शिकार हुनुपर्यो । यसबीच वर्ष २०१९ मा सबैभन्दा बढी जनप्रदर्शन भएको छ । दुर्घटना, जलवायु परिवर्तन, आर्थिक युद्ध लगायत विश्वले निकै तरंगित भयो । तर सबै क्षेत्रमा २०१९ ले केही न केही सुखद्र उपलब्धी पनि दिलाएको छ ।

वैश्विक सफल घटनाहरु अन्तर्गत यसवर्ष भारतले हालसम्मकै पहिलो महिला पाइलटलाई स्वागत गरेको छ भने अष्ट्रियाले पहिलो महिला चान्सलर पाएको हो । त्यस्तै युरोपेली कमिसनले पनि पहिलो महिला अध्यक्ष चयन गरेको छ ।
यसैगरी फिनल्यान्डको संसदमा हाल चार प्रमुख पार्टीमा महिलाहरुको बाहुल्यता रहेको छ ।

२०१९ मा पहिलोपटक विश्वका चारैवटा महत्वपूर्ण सौन्दर्य अवार्ड काला वर्णका महिलाले प्राप्त गरेका हुन् । यता मेकेडेनिया पुनः नामाकरणपछि ग्रीससँगको दशकौँदेखिको लडाईँ अन्त्य भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियामा कदम राख्ने पहिलो कार्यकालिन राष्ट्रपतिको नयाँ इतिहास रचेका छन् ।

त्यस्तै यसै वर्ष पोप फ्रान्सिस अरब मुलुक भ्रमण गर्ने पहिलो क्रिस्टियन पूजारी बनेका हुन् ।

अमेरिकामा भने यस वर्ष सिकागोले हालसम्मकै पहिलो अफ्रिकी अमेरिकी महिलालाई मेयरका रुपमा छनोट गरेको हो । त्यस्तै अलबामाले पनि २०० वर्षपछि कालो वर्णका मेयरलाई स्वागत गरेको छ । आईएसआईएसका लिडरको एन्काउन्टरमा सहयोग पुर्याएको सैनिक कुकुरलाई सम्मान दिएको खबरले पनि २०१९ मा विश्वव्यापी चर्चा पायो ।

मानव अधिकारवादीहरुका लागि पनि यो वर्ष केही हद्सम्म फलदायी नै साबित भएको छ । २०१९ मै इन्डोनेशियाले बालविवाह अन्त्य गर्न बेहुलीको न्युनतम उमेर निर्धारित गरिदिएको छ । त्यस्तै अब साउदीका महिलाहरु बिना रोकावट स्वतन्त्र रुपमा भ्रमण गर्न पाउने भएका छन् भने समलिङ्गी विवाहको पक्षमा प्रस्ताव पारिद गर्ने ताइवान एसियाकै पहिलो मुलुक बनेको छ ।

यता इरानका महिलाहरुले भने ४० वर्षपछि पहिलोपटक फुटबल स्टेडियममा बसेर हेर्न पाउने भएका हुन् । यसैगरी वर्ष २०१९ मा वातावरणीय सफलता पनि हासिल गरिएको छ । यो वर्ष ‘सिङ्गल–युज प्लाष्टिक’ माथि प्रतिबन्ध लगाउने देशहरुको सङ्ख्यामा अधिक वृद्धि भएको छ ।
त्यस्तै हम्पब्याक ह्वेललाई दक्षिण अट्लान्टिकमा लोप हुनबाट बचाइएको छ ।

यसैगरी लोप भइसकेको भनिएको एउटा प्रजातिको कछुवा अनि दुर्लभ कालो चितुवा १०० वर्षपछि फेला परेका हुन् । नासाका अनुसार पृथ्वी आजको २० वर्ष अगाडि भन्दा धेरै हरियो भएको छ । वैज्ञानिकहरुले विभिन्न जीवजन्तु र बोटविरुवाका ७१ वटा नयाँ प्रजातिको आविस्कार गरेका छन् ।

नर्दन ह्वाइट राइनो नामक दुर्लभ प्रजातिको अन्तिम गैँडालाई बचाउन जीवविद्हरुले नयाँ अण्डा विकसित गराएका छन् । क्यानडाले पनि यसै वर्ष मात्र ह्वेल र डल्फिनलाई कैद गर्नमाथि प्रतिबन्ध लगाएको हो । स्वास्थ्य र विज्ञानको क्षेत्रमा पनि २०१९ सफल रहेको बताइएको छ ।
वैज्ञानिकहरुले पहिलोपटक अल्जाइमरको लक्षण देखा पर्नु भन्दा १६ वर्ष अगाडि नै यसलाई पत्ता लगाउन सक्ने बताएका छन् ।

विश्व स्वास्थ्य संगठनले समलिङ्गीहरुलाई मानसिक रोगका बिरामीका रुपमा वर्गीकृत नगर्ने भएको छ । अल्जेरिया र अर्जेन्टिनाबाट मलेरिया पूर्ण रुपमा नष्ट भएका छन् । त्यस्तै यहीवर्ष पहिलोपटक एचआइभी संक्रमित दुई व्यक्ति ठीक हुन सफल भएका हुन् ।
र, एचआइभी पोजिटिभ भएर पनि पहिलोपटक एक महिलाले मिर्गौला दान गरेकी हुन् ।

मानव जातिसँग सम्बन्धित नयाँ प्रजातिको खोजी भएको छ । यसैगरी अफिकालाई पोलियोमुक्त गराउने उल्लेखनीय उपलब्धी पनि हासिल गरिएको हो ।

यता नासाले यो वर्ष पहिलोपटक ‘ब्ल्याक होल’ को तस्बिर लिन सफल हुनुले पनि यो वर्ष अन्तरिक्ष विज्ञानका निम्ति अधिक महत्वपूर्ण साबित भएको छ । त्यस्तै हाम्रो वायुमण्डलमा पृथ्वी बाहिर पहिलोपटक पानी भेटिएको घटनाले पनि पृथ्वी बाहिर जीवनको नयाँ सम्भावना जगाएको छ । (सीएनएन बाट)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

एआई एजेन्टको अँध्यारो पाटो: शक्ति छ, पारदर्शिता छैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group