ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवल मेलामा अवलोकनकर्ताहरुको ध्यान कृषि संग्रालयमा ( भिडियोसहित)


एबीसी न्यूज
२१ पुस २०७६, सोमबार   १२ : १०   बजे

बुटवल, २१ पुस । सामान्यतया मेला र महोत्सवहरु उत्पादित सामानको प्रदर्शन गर्ने, खरिद बिक्री गर्ने तथा मनोरन्जन लिने उद्देश्यमा केन्द्रित हुने गर्दछ ।

अन्तराष्ट्रिय अभ्यासमा त मेलाहरु बिषयगत प्रबिधिको जानकारी गराउने कुरामा नै बढी केन्द्रित हुने गर्छन । तर, नेपालमा मेला भन्ने बित्तिकै नाचगान, खेल, मनोरन्जन सबै परिकार नभै नहुने अवस्था हुने गरेको छ । बुटवलमा जारी मेलामा भने अवलोकनकर्ताहरुको ध्यान कृषि संग्रालयले खिच्न सफल भएको छ ।

बांस वा नियालोले बुनेको सोली, रोटी राख्ने थुन्से, महि मथ्ने मदानी केलाई भनिन्छ भनेर सोधियो भने नयां पुस्ताका युवाहरुले यसको उत्तर दिन नसक्लान आज भोलि । कुनै बेला उज्यालोका लागि प्रयोग गरिने मयन्टोल, दियो, पानस, अन्न सुकाउने मान्द्रो, घिउ जमाउने ठेकी आजभोलीका युवाहरुलाई अनौठो वस्तु लाग्न सक्छ । तर, बुटवलमा जारी औद्योगिक मेलाको २० औं संस्करणमा भने हाम्रा पुर्वजले प्रयोग गर्ने सबै कृषि समाग्रीहरुलाई जस्ताको तस्तै प्रदर्शन गरिएको छ ।

पहिले पहिले फलामको औजार बनाउन अपानाईने प्रबिधी आरन मेलामा देख्न सकिन्छ । धान कुट्ने ढिकी होस् वा गहुं, कोदो , मकै पिस्ने जांतो मेलामा देख्न सकिन्छ । हलो, जुवा, महि मथ्ने नेटी, ठेकि देखि परालको टौवा र मकैको झोट्टा देखि पशुको मुखमा लगाउने मुवालो सम्मका सामाग्रीहरु मेलामा राखिएको छ । आफ्नै पुर्खाले प्रयोग गरेको सामाग्रीको नाम भने हाम्रै नयां सन्ततीलाई थाहा छैन ।

अवलोकन कर्तालाई आफ्नै बिगत तिर झल्काउने गरि मेलामा राखिएको संग्रालय केहि युवाहरुले संयोजन गरेर राखेका हुन् । संग्रालयको संयोजनको अगुवायी गरेका अर्घाखांचीका प्रकाश बेलबासे नयां पुस्तालाई परम्परा चिनाउन र कृषि पेशामा आकर्षित गर्न संग्रालय उपयोगी हुने बिश्वास ब्यक्त गर्छन् ।

बजारमा आधुनिक सेलर मिल, खेतमा सोचालित ट्याक्टर र भान्छामा बिद्युतिय मिक्चर प्रयोग भइरहेका बेला मेलामा राखिएकै औजार प्रयोग गरेर नेपालले बिदेशमा खाद्यान्ह निर्यात गर्दथ्यो । खानेकुराहरु पनि अहिलेका भन्दा स्वस्थकर र स्वादिस्ट हुन्थे । मेलामा पुगेका अवलोकन कर्ताले कृषि संग्रालयलाई निकै रुची पूर्वक नियालीरहेका थिए ।
परम्परा र संस्कृतिलाई संरक्षण गर्नकै लागि कृषि संग्रालय मेलामा राखिएको बुटवल उद्योग बाणिज्यसंघका अध्यक्ष खिमबहादुर हमाल बताउंछन् ।

मेलामा पसल, उद्योगीको उत्पादन र कलाकारको गीत त जहां पनि हेर्न र सुन्न पाईन्छ । तर, बुटवल उद्योग बाणिज्य संघले आयोजना गरेको मेला भित्रको कृषि संग्रालयले छुट्टै पहिचान दिन सफल भएको छ । अन्य, मेलाका आयोजकहरुले पनि बुटवलको मेलाबाट केहि सिक्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय सेवा दल विधेयकमाथि एमाले सांसद इस्तियाक राईको प्रश्न : ‘सेनाको औचित्य के हो ? ‘

सर्वोच्चको प्रक्रियाको सम्मान गर्छौं, संगठन सुदृढीकरणको अभियान रोकिन्न : कांग्रेस महामन्त्री घिमिरे

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu