काठमाडौं, २२ पुस। अमेरिकाद्वारा इरानी सैन्य कमाण्डर अमेरीका र इरानको सैन्य शक्तीको जबरजस्त होडले अहिले विश्व तरंगित भएको छ । युद्धको सन्त्रासले विश्व जगतमा भयको स्थिति पैदा भएको छ । इरान र भारतको व्यापारमा खस्कदो छ ।
जस्को प्रत्यक्ष असर नेपाल जस्ता मुलुकमा देखा परेको छ । हाल अमेरिकासगं तनाव बढ्दै गएपछि इरानले शक्ति राष्ट्रहरुसगं सन् २०१५ मा गरेको आणविक सम्झौता पालना नगर्ने स्पष्ट पारेको छ । शुक्रबार अमेरिकी सेनाको कारवाहीमा इरानी सेनाका शीर्ष जनरल कासिम सोलेमानीको हत्या पछि उसले यस्तो निर्णय गरेको हो ।
इरानले आफूसगं परमाणु हतियार निर्माणका लागि पर्याप्त सामग्री भएकाले अमेरिकालगायतका देशसँग भएको परमाणु सम्झौता पालान गरिहन नपर्ने निर्णय गरेको हो । सन् २०१५ मा भएको सम्झौताअनुसार इरानले आफ्नो संवेदनशील आणविक गतिविधिलाई सीमित गर्ने र अन्तर्रा्ष्ट्रिय निरीक्षणका लागि अनुमति दिने उल्लेख थियो । त्यसलगत्तै इरानमाथि लागेको आर्थिक प्रतिवन्ध फुकुवा भएको थियो । तर अब उसले उक्त सम्झौता भङ्ग भएको स्पष्ट पारेको छ ।
अमेरिकाले एकतर्फी रुपमा उक्त सम्झौता २०१८ मा भंग गरिसकेको छ । यो निर्णयले मध्यपूर्वमा फेरि तनाव बढ्ने आशंका गरिएको छ । यसअघि इरान र इजरायलले आणविक बम उत्पादन नगर्ने प्रतिज्ञा गरेका थिए । अमेरिकी शक्तिप्रति अन्धभक्त नरहेका र विखण्डनवादी घृणा नराख्ने मानिसले स्पष्ट देख्नेछन् कि इरानले दशकौँदेखि अमेरिकाको घेराबन्दी र शासन परिवर्तनको प्रयासलाई प्रतिरोध गरिरहेको छ । त्यो सन् १९७९ को इस्लामिक क्रान्तिपछि सुरु भएको हो ।
सन् १९७९ को क्रान्तिले अमेरिकाप्रति निष्ठावान कठपुतली सरकार र इजरायलका मित्र शाह राजालाई शासनबाट हटाएको थियो । सन् १९८० मा पश्चिमा शक्तिले सद्दाम हुसेनले इरानलाई गरेको आक्रमणलाई समर्थन ग¥यो । त्यस आक्रमण ८ वर्षे युद्धमा रुपान्तरित भयो र लाखौँ इराकी र इरानीको जीवन गयो । अमेरिकी, ब्रिटिस, फ्रेन्च र जर्मन कम्पनीले इराकलाई सेना उपलब्ध गराउनुका साथै रसायनिक हतियार निर्माण गर्ने दक्षता प्रदान गरे । (युद्धपछि आफूलाई क्षेत्रिय शक्तिको ठान्न थालेका सद्दाम हुसेनले कुवेतमाथि आक्रमण गरे । आफ्नो उद्देश्यविरुद्ध गएको देखेपछि अमेरिका इराकविरुद्ध लाग्यो । त्यसले लामो प्रतिबन्ध र युद्ध सुरु गरायो । यी सम्पूर्ण कारबाही ‘प्रोजेक्ट फर न्यु अमेरिकन सेन्चुरी’ नामक थिङ्क ट्याङ्कले अघि बढाएको योजना अनुरुप अघि बढेको देखिन्छ । उक्त थिङ्क ट्याङ्कले अमेरिका र इजरायलको प्रभुत्व कायम राख्नको लागि मध्य–पूर्वका कुन शासन परिवर्तन गर्नुपर्छ भन्ने प्रस्ताव अघि बढाएको छ ।
अनुसन्धानकर्ता ग्रेग शुपकको विचारमा ‘अमेरिका र इजरायली नीति–निर्माता इरान एक स्वतन्त्र क्षेत्रीय शक्ति भएकाले’ घृणा गर्छन् । सन् २००१ सेप्टेम्बर ११ को आक्रमणपछि अमेरिकाले इरानको पूर्वी छिमेकी अफगानिस्तानमा आक्रमण ग(यो । दुई वर्षपछि जर्ज डब्लू बुस प्रशासनले इरानको पश्चिमी छिमेकी देश इराक आक्रमण ग¥यो र कब्जामा लियो । त्यसपछि बुस प्रसाशनभित्रका नव–कन्जरभेटिभ सदस्यहरुमा अर्को लक्ष्य दमास्कस र तेहरान हुने भन्ने उत्साह छाएको थियो ।
यी सम्पूर्ण कारबाही ‘प्रोजेक्ट फर न्यु अमेरिकन सेन्चुरी’ नामक थिङ्क ट्याङ्कले अघि बढाएको योजना अनुरुप अघि बढेको देखिन्छ । उक्त थिङ्क ट्याङ्कले अमेरिका र इजरायलको प्रभुत्व कायम राख्नको लागि मध्य–पूर्वका कुन शासन परिवर्तन गर्नुपर्छ भन्ने प्रस्ताव अघि बढाएको छ । अनुसन्धानकर्ता ग्रेग शुपकको विचारमा ‘अमेरिका र इजरायली नीति–निर्माता इरान एक स्वतन्त्र क्षेत्रीय शक्ति भएकाले’ घृणा गर्छन् ।
इरान विरोधीमा इरानप्रतिको घृणा यो हदसम्म देखिन्छ भने एक अर्बपति शेल्डन एडेल्सनले विगतमा अमेरिकालाई इरानमाथि आणविक आक्रमण गर्न आह्वान नै गरेका थिए । शेल्डन इजरायल पक्षधर हुन् र उनी अमेरिकी राष्ट्रपति ट्रम्प तथा रिपब्लिकन पार्टीलाई सबैभन्दा ठूलो आर्थिक सहायता दिने व्यक्ति हुन् । सुलेमानीको हत्या प्रकरणपछि मध्यपूर्व तनावमा छ । इरान, इराक, लेबनान, सिरिया लगायतका मुलुकहरु रहेका छन् । अमेरिकी नेतृत्वको पश्चिमा मुलुकसहित इजरायल, साउदी अरब लगायत मुलुक इरानको विपक्षमा छन् । सैन्य शक्ति राष्ट्र चीन, रसियाले सुलेमानीको हत्याको दुख व्यक्त गरेका छन् । र फ्रान्सले थप युद्ध चर्किन नदिन दुवै पक्षले संयता अपनाउन आग्रह गरेको छ । इरानको पक्षमा रहेका मुलुकहरु विगत देखि नै अमेरिकी निशानामा रहदै आएका छन् । विशेष गरि गल्फ मुलुकको तेलमा हस्तक्षेप गर्न इरान इराक लगायतका मुलुकमा सधै तनाव बढाउदै लगेको छ । मध्यपूर्वमा बढेको तनावले युद्धको संकेत गरेको छ । बदलावको भावनाले दुवै मुलुक उत्तेजित भएकोले युद्धको खतरा देखिएको हो ।
मध्यपूर्र्वी क्षेत्रीय प्रभाव जमाउदै आएको इरानसंग अमेरिकाको विवाद लामो समयदेखि छ । यद्यपी सन २०१५ मा विवाद मत्थर गर्ने प्रयास भएपनि अमेरिकाले सन २०१८ मा एकतर्फी रुपमा अस्विकार गरेको थियो । मध्यपूर्वी मुलुक इजरायलले जनरल कासिम सुलेमानी र मिलिसिया महादी अल–मुहान्दीसलाई मार्ने अमेरिकी आक्रमणको स्वागत गरेको छ। जनरल सुलेमानी इरानको रिभोलुसनरी गार्डको विदेश विभाग कुड्सका प्रमुख हुन् । अल–मुहान्दिस आईएसलाई हराउन महत्त्वपूर्ण भूमिका खेल्ने इराकी मिलिसियाका नेता हुन् ।
शुक्रबार नेतान्याहूले अमेरिकी आक्रमणको निर्देशन दिने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गरेका छन् । वरिष्ठ इजरायली राजनीतिज्ञले पनि अमेरिकी आक्रमणको प्रशंसा गरेका छन् । तिनमा अमिर पेरेज पनि छन् । मध्य–वामपन्थी लेबर–गेसर पार्टीका नेता पेरेजले सुलेमानी मर्नैपर्ने नेता भन्दै उनको हत्याको लागि ट्रम्पलाई धन्यवाद दिएका छन् । इरानप्रतिको पेरेजको घृणाको पुरानो इतिहास छ । इजरायलले सन् २००६ मा लेबनानमाथि अतिक्रमण गर्दा उनी इजरायलका रक्षामन्त्री थिए । त्यो समय इरानको समर्थनमा उठेको लेबनानी प्रतिरोधले गर्दा इजरायलले लज्जास्पद हार बेहोर्नुपरेको थियो ।
इजरायल गुप्तचरको पुराना विश्लेषक योसी मेल्म्यानले अमेरिकी–इरानबीचको तनाव वृद्धिलाई ‘इजरायलको लागि राम्रो समाचार’ भने । तिनको बुझाइमा यस तनावले अमेरिकालाई इजरायलको फाइदा हुने युद्धमा तान्नेछ । प्रारम्भिक प्रतिक्रियामा इरानका विदेश मन्त्री जावेद जारिफले सुलेमानीलाई आईएस र अलकायदाविरुद्धको लडाईमा ‘सबैभन्दा प्रभावशाली फौज’को प्रमुखको संज्ञा दिए । जारिफले सुलेमानीको हत्यालाई ‘अन्तर्रा्ष्ट्रिय आतकंवादी’ कार्यको संज्ञा दिएका छन् । परिस्थिति थप विध्वंसात्मक दिशातर्फ लाने कदममा इजरायल र उसका कट्टर समर्थकहरुले ठूलो आनन्द मानेका छन् भन्नेमा कुनै शंका छैन । सिनेटर टेड क्रुजले सुलेमानीको हत्यालाई ‘हाम्रा इजरायली मित्रहरुलाई लामो समयदेखि चाहिएको न्याय’को संज्ञा दिए । पछिल्लो विश्व राजनीतिमा देखिएको बदलावको भावनाले विश्वलाई विभाजित मात्रै गरेको छैन, निर्दाेष मानिसहरुको अनाहकैमा ज्यान जानेछ । अर्बाैको भौतिक क्षति हुने छ ।
इराक अमेरिका तनावले तेश्रो विश्व युद्धको संभावनाको तस्विर देखिएको छ । लामो समयदेखि अमेरिकाको खोजी सूचिमा रहेका सुलेमानीको हत्यापछि मध्यपूर्वमा बदलावको भावना विकास भएको छ । सैन्य होडका कारण यो क्षेत्र पुनः तनावतिर उन्मुख भएको छ । अमेरिकाले युद्धको संकेत गरिसकेको छ, उता इरानले बदलामा ट्रम्पको टाउकोको मूल्य तोकि सकेकोले अब तनावलाई रोक्न कठिन बन्दै गएको हो । इगोको बलमा विकसित युद्धउन्मुख वातावरणलाई कुटनीतिक माध्यमबाट समस्याको हल गर्दै विश्व शान्तिको कामना गर्न विश्वभरका शान्तिकामी मुलुकहरुको पहल कदमी हुन आवस्यक छ । इरान अमेरिका टकरावले विश्वमा युद्धको भय श्रृजना गरको छ । दुवै मुलुकको इगोका कारण सैन्य होडले विश्वजगत पुनः युद्धमा धकेलिन सक्ने काला बादल मडारिन थालेका छन् । पहिलो र दोश्रो विश्व युद्धका घाउ अझै विश्व जगतमा चहराइरहेको बेला इरान अमेरिका तनावले विश्वलाई विभक्त गर्दैछ । ४ दशक लामो इरान अमेरिकी तनाव नसल्टिएको बेला इरानी सैन्य कमाण्डार सुलेमानीको हत्याले विश्व जगतलाई युद्धको भयले तस्राएको हो ।
मध्यपूर्वमा बढेको तनाव पछि बढको शत्रुताले स्वयं मुलुकका लागि घातक हुने नै छ । विश्वका अन्य मुलुकका आम नागरिक प्रभावित भएका छन् । इरान अमेरिकी युद्धको संकेतले गल्फ मुलुकमा अशान्ति मात्रै होइन, त्यस क्षेत्रमा कार्यरत अन्य मुलुकका नागरिकको जीउ धनको सुरक्षा उत्तिकै चुनौति छ । लाखौ नेपालीहरु मध्यपूर्वमा नेपालका ४० लाख बढी युवा कार्यरत छन् ।
जसले आर्थिक सर्वेक्षण २०७५÷७६ अनुसार नेपालको कुल ग्राहस्र्थ उत्पादनमा रेमिटान्सको योगदान छ । सर्वेक्षण अनुसार रेमिटान्सले ३० प्रतिशत योगदान गरेको छ ।सरकारले संभावित युद्धबाट सुरक्षित रहन अपिल गरिसकेको छ । यद्यपी युद्धको अवस्था आइहाल्यो भने, नेपाल जस्ता मुलुकका लागि आर्थिक क्षेत्रीय राजनीतिमा समेत प्रभाव पर्दछ । युद्धले ध्वस्त मात्रै गर्ने छैन, नेपाल जस्ता मुलुकका युवाको रोजगारीको अवसर गुम्ने छ । मुलुकको अर्थतन्त्र थेगेको रेमिटान्स कमी भए अर्थतन्त्र कमजोर हुने मात्रै होइन, ४० लाख युवालाई नेपाल फकाउने विषय पनि उत्तिकै पेचिलो छ ।
यो युद्धको अन्तर्य भनेकै तेल व्यापार हो । यदी इरान र अमेरिकाबीच युद्ध भएमा तेलको हाहाकार विश्वभर मच्चिने छ । विश्व अर्थतन्त्रमा यस्ले ठूलो धक्का दिनेछ । इरानले तेल अन्यत्र नबेचेपनि युद्ध हारेपनि तेल उत्पादन गर्ने अन्य मध्यपूर्वी मुलुकलाई तेल निर्यातमा अवरोध श्रृजना गर्न सक्छ । यसको नजरि केही समय अघि साउदी अरेबियाको तेल उत्पादन गर्ने स्थानमा ड्रोन आक्रमणबाट तेल व्यापारमा संकत पैदा गरेको थियो ।
यो संभावित युद्धले भारत लगायत नेपाल जस्ता मुलुकको अर्थतन्त्र समेत असर गर्नेछ । विशेष गरि नेपाल तेल आयात गर्ने मुलुक भएकोले यसको प्रत्यक्ष असर पर्ने निश्चित छ । सन २०१८ तिर ८० प्रतिशत तेल इरानबाट भारतले आयात गर्दथ्यो । इरान अमेरिका युद्धले भारतीय अर्थतन्त्र समेत प्रभावित हुनेछ । नेपाल जस्ता भारतीय अर्थतन्त्रबाट प्रभावित मुलुक पनि प्रभावित हुनेछन् । यसर्थ संभावित युद्ध टार्नका लागि विश्वभर शान्तिको अयिभान संचालन गर्न थालिनुपर्छ । शक्ति र इगोको मोलमोलाइमा युद्ध निम्त्यिाउनु मानव सभ्यताका लागि नोक्सानी भन्दा केही हुन सक्दैन । यसर्थ पक्षधर राष्टहरुले युद्ध होइन, शान्तिको पहल गर्न थाल्नुको विकल्प छैन । नेपाल जस्ता असंलग्न राष्ट्रहरुले पहल गर्न कुटनीतिक अभ्यासको खांचो हुन सक्छ ।
प्रतिक्रिया दिनुहोस्