ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसीको भिजिट २०२० एबीसी अर्थात् अन्नपूर्ण बेस क्याम्पबाट विशेष (भिडियो)


ABC NEWS
२२ पुस २०७६, मंगलबार   २ : ४५   बजे

काठमाडौं । नेपालले सन् २०२० लाई भ्रमण वर्षंको रुपमा अघि सारेर सरकारको समृद्ध  नेपाल र सुखी नेपाली बनाउने नारालाई सार्थक बनाउने प्रमुख योजनाका रुपमा पर्यटन क्षेत्रलाई विशेष महत्व दिएको  छ।
भिजिट २०२० (ट्वान्टी—ट्वान्टी) को भव्य समारोहका बीचमा राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको रंगशालामा उद्घाटन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको समृद्धिमा सघाउन नेपालको पर्यटन क्षेत्रले विेशेष महत्व राख्ने  बताउँदै नेपालमा रहेका कुटनीतिज्ञ मार्फत संसारभरिका नेपालीलाई माया गर्ने देशहरुलाई नेपाल भ्रमणको निम्तो समेत दिनुभएको छ ।
त्यसो त पर्यटन तथा संस्कृति मन्त्री योगेश भट्टराईले यस वर्षमा २० लाख पर्यटक नेपाल भित्राउने योजना रहेो बताउँदै नेपालले आगामी एक दशकलाई नै भिजिट दशकका रुपमा अघि बढाउनु पर्ने बताउनुभएको छ ।
नेपालले संसारलाई बेच्न सक्ने सा¥है थोरै चीजहरु मध्ये विकल्पहीन तत्व पर्यटन नै हो । नेपालमा विश्वका १५ वटा ८ हजारभन्दा अग्ला हिमश्रृंखला मध्ये १० वटा हिम श्रृंखला नेपालमा मात्र पर्दछन् । यस्तो प्राकृतिक बरदान नेपालले मात्र पाएको छ । संसारको सबैभन्दा अग्लो हिम चुुचुरो सगरमाथा नेपालमा नै छ।
त्यतिमात्र होइन संसारको सबैभन्दा अग्लो स्थानमा रहेको ताल तिलिचो लेक पनि नेपालको मनाङ जिल्लामा नै रहेको छ ।
यस भन्दा केही समय पहिले हामीले तिलिचो लेकको बारेमा विस्तृ विवरण प्रसारण समेत गरिसकेका छौं । हामी सन् २०२० को विहानीमा नेपालका ८ हजारभन्दा अग्ला हिमश्रृंखला मध्येको एक र विश्वकै सवैभन्दा प्रसिद्ध ट्रेकिङ रुटबाट पुगिने स्थान अन्नपूर्ण बेस क्याम्प पुगेका थियौं । त्यस दिन काठमाडौंको मौसम अलिक धुमिल बनिरहेका बेला पोखरा र अन्नपूर्ण बेस क्याम्पको मौसम हामीलाई नै स्वागत गर्न तम्सेजसरी खुलेको थियो । अन्पूर्ण हिमालको उचाई ८०९१ मिटर छ भने अन्नपूर्ण बेस क्याम्पको उचाई ४१३० मिटरमा चारैतिर हिउँले ढाकिएको र विचित्र सुन्दरताले भरिपूर्ण खोंचमा रहेको छ ।
अन्नपूर्णको फेदमा रहेको बेस क्याम्पबाट पूर्वमा माछापुच्छ«े हिमालले पोखरा उपत्यकालाई छेकेको छ । बेस क्याम्पलाई अन्नपूर्ण, माछापुच्छ«े र हिमचुली ३ वटा हिमालले घेरेका छन् ।
अन्नपूर्ण बेस क्याम्को हिमालको दृश्यबाट आनन्द लिनका लागि जाने सिजन जनवरदेखि मे सम्म र सेप्टेम्वरदेखि डिसेरमबर सम्म हो । तर ट्रेकिङका लागि जनवरीदेखि मार्च पहिला हप्तासम्म अहिल बढी खतरापूर्ण मानिन्छ । पोखराबाट अन्नपूर्ण बेस क्याम्प सम्म पुग्न झण्डै दुई हप्ता लाग्दछ ।
ट्रेकिङबाट जाँदा पोखरा बाटा नयाँ पुलसम्म सडक यातायातबाट गएपछि ट्रेकिङ शुरु हुन्छ।  नयाँ पुलबाट तिखेढुङ्गा वा उल्लेरीमा हुँदै २७५० मिटरको घोरेपानी अर्को एउटा पर्यटकीय स्थल बन्दछ ।
ट्र्ेकिङबाट जाँदा सबैभन्दा आनन्ददायक स्थल हो पुन हिल । पुन हिलको उचाई ३२१० मिटर छ  । पुन हिलबाट अन्नपूर्णमाथि सूर्य उदाएको मनमोहक दृश्य हेर्न पाइन्छ । त्यसका लागि कतिपय पर्यटकहरु दुई दिनसम्म पनि त्यहाँ बस्ने गर्दछन् ।
त्यसछि विभिन्न स्थानको बसाई हुँदै अन्नपूर्ण बेस क्याम्प पुगिन्छ ।
तर समयको चापका कारण केही वर्षदेखि पोखराबाट अन्नपूर्ण बेस क्यामप जाने हेलिकप्टर सेवा समेत उपलव्ध रहेको छ  । पोखरबाट १५ मिनेटको उडानमा अन्नपूर्ण बेस क्याम्प पुगिन्छ । हवाई ट्रेकिङको मजा के हुन्छ भने हिउँ र हिमाल छोइला छोइएला  जसरी जान पाईन्छ ।
१ जनवरी २०२० दिन विहान हामी त्यहाँ पुग्दा झण्डै २० जनाजति विदेशी पर्यटक पुगिसेका थिए । उनीहरु हिउँसँग रमाएको, खेलिरहेको र कतिपय फोटो खिच्नमा व्यस्त रहेको भेटिएका थिए । ति सबै पर्यटकले भिभिट ट्वान्टी ट्वँन्टीको सेलेव्रेशन गरिरहेका थिए ।
विमानबाट पोखरा फर्किंदा त झन हेलिकप्ट हिमालमा ठोक्किएला ठोक्किएला जस्तो हुँदै हिमालय श्रृंखला पार गरेर पोखरा भ्याली प्रवेश गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

एआई एजेन्टको अँध्यारो पाटो: शक्ति छ, पारदर्शिता छैन

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

दिल्लीमा रविको ‘आर्थिक ढोका’ : ‘राजनीतिक ठगी’

प्रिय जेन्-जी, प्रणालीमा सामेल हुनुहोस्: परिवर्तन सामान्य राजनीतिमा हुन्छ- शशी थरुर

इरानको नयाँ ग्रान्ड स्ट्राटेजी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group