काठमाडौं, २९ पुस । देशमा लगानीमैत्री वातावरणको निर्माण भईरहेको उद्योग मन्त्रालयले दाबी गरिरहेको छ । लगानी, उद्योग र व्यवसायका लागि उपयुक्त वातावरण बनेस“गै यसविषयमा तीव्र रुपमा बहसहरु पनि भईरहेका छन् । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले समावेशी साझा आर्थिक विकासमा जोड दिदै साना, मझौला तथा लघु वित्त उद्योगको प्रवद्र्धन गरिनुपर्नेमा जोड दिएका छन् ।
राजधानीमा ‘मिश्रित अर्थव्यवस्था र लैङ्गिक मैत्री लगानी’ विषयमा छलफल भएको छ । अन्तराष्ट्रिय आर्थिक विकास संगठन मेननोनाईट ईकोनमिक डेभ्लप्मेन्ट एशोसिट्स (मेडा), महिला उद्यमी संघ र समृद्धि फाउन्डेसन लगायतका संस्थाद्धारा राजधानीमा आयोजित यो छलफलले उदीयमान बजारमा निजी पू“जी प्रवाह परिचालनको विकासका लागि सकारात्मक सुझाव दिने आशा गरिएको छ । छलफलमा सहभागी अर्थमन्त्री डाक्टर युवराज खतिवडाले समावेशी साझा आर्थिक विकासमा जोड दिदै साना, मझौला तथा लघु वित्त उद्योगको प्रवद्र्धन गरिनुपर्नेमा जोड दिएका छन् । सबै उद्यमहरुलाई सुधारेर लानुपर्ने अहिलेको आवश्यकता रहेको बताउदै मन्त्री खतिवडाले उद्यममा महिलाहरुको सहभागीतामा पनि जोड दिएका छन् ।
ठूला तथा मझौला भन्दा साना तथा घरेलु उद्योगमा तुलनात्मक रुपमा महिलाहरुको सहभागीता बढी देखिन्छ । यद्दपी पुरुषको दा“जोमा महिलाहरुमा अझै पनि उद्योग सञ्चालन, चुनौती व्यवस्थापन र लगानी क्ष्ँमताको विकास हुन नसकिरहेको सरोकारवालाहरु बताउ“छन् । देशको झण्डै ५१ प्रतिशत जनसंख्या ओगटेका महिला जनशक्तिको प्रतिनिधित्व उद्यमशील क्षेत्रमा सन्तोषजनक छैन । यसमा सूचना प्रविधिले पनि प्रभाव पारिरहेको उनीहरुको भनाई छ ।
त्यसो त ब्लेन्डेड् फाईनान्स अर्थात् मिश्रित वित्त नेपालको लागि नया“ विषय हो । अन्य मुलुकमा दिगो विकासको प्राप्ती, चुनौती व्यवस्थापन एवम् उद्योगमैत्री वातावरणको निर्माणका लागि यो वित्तिय प्रणालीको अभ्यास के कसरी भईरहेको छ भनेर अन्तराष्ट्रिय आर्थिक विकास संगठन मेडा जस्ता विदेशी संस्थाले नेपालमा पनि बहस चलाईरहेका छन् । यस्ता बहस एवम् कार्यक्रमले देशमा साना तथा घरेलु एवम् लघु वित्तिय क्षेत्रको वर्तमान अवस्थाको मूल्यांकन गर्दै भावी दिनमा यस क्षेत्रमा नया“ सूचना प्रविधि सहितको विकास गराउन सहयोग पुग्ने उद्यमीहरुको भनाई छ । विशेष गरी वित्तिय क्षेत्रको परिचालन र दिगो विकासमा यसले महत्वपूर्ण भूमिका राख्ने उनीहरुले बताएका छन् ।
सरकारले आर्थिक समृद्धि र विकासको मूल नारालाई आत्मसात् गरिरहेको बेला उद्योग एवम् व्यवसाय क्षेत्रमा साना ठूला उद्योगहरुमा पनि रुपान्तरण आउन आवश्यक छ । विशेषगरी यी सबै उद्योगहरुको विकासका लागि वित्तिय क्षमता र यसको अधिकतम परिचालन हुन आवश्यक छ । ठूला पू“जीपति र आम सर्वसाधारणको जीवनशैली सुधारउन्मुख उद्योगमैत्री वातावरणको निर्माण गर्न सके दिगो विकासको लक्ष्य सार्थक हुनुमा टेवा पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्