ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन शान्तिपूर्वक हुनेमा ढुक्कछन् खोटाङवासी


admin
६ मंसिर २०७४, बुधबार   २ : २०   बजे

खोटाङ, ६ मंसिर ।  पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको व्यग्र प्रतिक्षामा रहेका छन्—खोटाङवासी ।

पूर्वमा भोजपुर, पश्चिममा ओखलढुंगा, उत्तरमा सोलुखुम्बु र दक्षिणमा उदयपुर जिल्ला रहेको पूर्वी पहाडको सुन्दर र शान्त खोटाङ जिल्लावासीले संविधान कार्यान्वयनका लागि हुन लगेको यो निर्वाचनमा आफ्ना जनप्रतिनिधि चुन्न तम्तयार भएर बसेका छन् । उता, निर्वाचन आयोग तथा स्थानीय प्रशासन सम्पूर्ण तयारी पूरा गरी निर्वाचन सु–व्यवस्थित र शान्तिपूर्वक हुनेमा ढुक्क देखिन्छन् ।

कुल एक लाख २५ हजार १८३ मतदाता रहेको खोटाङमा प्रतिनिधिसभा सदस्यका लागि एक क्षेत्र कायम गरेको छ भने प्रदेशसभाका लागि दुई क्षेत्र ।

निर्वाचनको दिन नजिकिँदै गर्दा विभिन्न दलबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवार आफ्नो अन्तिम चुनाव प्रचारप्रसारका क्रममा ग्रामीण भेगतिरै केन्द्रित भएका छन् ।

जिल्लाको वस्तुस्थितिको बारे बोल्दै खोटाङका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले भन्नुभयो, “जिल्लामा निर्वाचनको पूर्ण तयारी भइसकेको छ । कर्मचारी तथा सुरक्षाकर्मी खटाउने काम भई मतपत्र तथा मतपेटिका सम्बन्धित केन्द्रमा पुग्न थालेका छन् ।”

उहाँले जिल्लाको शान्ति सुरक्षाको स्थिति मजबुत रहेको र जिल्लास्थित दलहरुको आपसी संयमले हालसम्म कुनै अप्रिय घटना नभएको बताउँदै मतदान शान्तिपूर्ण रुपमा सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

प्रजिअ अधिकारीले दुर्गमस्थानका मतदान केन्द्रबाट मतपेटिका ढुवानी कार्य भने चुनौतिपूर्ण हुने र हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था आउने बताउनुभयो । जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले कर्मचारी, मतपत्र र मतपेटिका मतदान केन्द्रमा पठाउने कार्य भइरहेको र यथासमयमा पुग्ने बताउनुभयो ।

जिल्लाका सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब उपरीक्षक धनबहादुर बानियाँ तथा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जिल्लामा सुरक्षा व्यवस्था मजबुत रहेको र सुरक्षाकर्मी मतदान केन्द्रमा खटाइसकिएको जानकारी दिनुभयो ।

जिल्लामा ४६० नेपाली सेना, ३१९ सशस्त्र प्रहरी, ८२६ नेपाल प्रहरी र ९८२ म्यादी प्रहरी गरी कुल दुई हजार ५८७ सुरक्षाकर्मी खटाइएको छ । प्रजिअ अधिकारीकाअनुसार जिल्लामा कुल १३६ मतदानस्थलका १७९ मतदान केन्द्रमा एक हजार ४३२ कर्मचारी खटाइएको छ ।

सशस्त्र प्रहरी जिल्लाका दशवटै स्थानीय तहका १२ ठाउँमा खटाइएको छ । नेपाली सेना भने, जिल्लाका दश स्थानीय तहमा ३३ जनाका दरले ३३० जना खटाइएको प्रजिअ अधिकारीले बताउनुभयो । जिल्लाका २८ वटा मतदानस्थल अतिसंवेदनशील मानिएको छ ।

जिल्लाका दश स्थानीय तहमध्ये दुई मात्र नगरपालिका रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ रहेका छन् । प्रतिनिधिसभाको एक सिट र प्रदेशसभाको दुई सिटमा जिल्लामा क्रियाशील दश राजनीतिक दलबाट १९ जना उम्मेदवार हुनुहुन्छ । जसमध्ये एक मात्र महिला उम्मेदवार हुनुहुन्छ ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धनबाट एमालेका वैकल्पिक केन्द्रीय सदस्य विशाल भट्टराई तथा नेपाली काँग्रेसबाट पूर्व सांसद सरस्वती बजिमय प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ ।

प्रतिस्पर्धी अन्य दलमा संघीय समाजवादी फोरम नेपालबाट कृष्णकुमार राई, नयाँ शक्ति नेपालबाट मदन राई र राप्रपा (प्रजातान्त्रिक)बाट धर्मराज पोखरेल उम्मेदवार हुनुहुन्छ ।

प्रदेशसभामा वाम गठबन्धनका साझा उम्मेदवार एमाले वैकल्पिक केन्द्रीय सदस्य राजन राई क्षेत्र नम्बर १ (क) र क्षेत्र नम्बर २ (ख)मा गठबन्धनकै साझा उम्मेदवार माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा पूर्व सभाषद रामकुमार राई (पासाङ) उम्मेदवार हुनुहुन्छ भने, नेपाली काँग्रेसबाट (क) मा सुवासकुमार पोखरेल र (ख)मा विष्णुकुमार राई रहनुभएको छ ।

स्थानीय तहको निर्वाचनमा एमालेले पाँच, काँग्रेसले चार र माओवादी केन्द्रले एक तहमा जित हासिल गरेको थियो । आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा वामगठबन्धनका उम्मेदवार र काँग्रेसका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपालाई थप समावेशी बनाइँदै, चुनावी कार्यतालिका संशोधन

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group