ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिआरआई परियोजना अमेरिकालाई छेक्न र एमसीसी चीनलाई घेर्न नआएको : सरकारका प्रवक्ता बास्कोटा


admin
१६ माघ २०७६, बिहिबार   ८ : १७   बजे

काठमाडौं, १६ माघ । सरकारका प्रवक्ता गोकुल बास्कोटाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयनमा आइसकेको बताउनुभएको छ ।

बिहीबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बास्कोटाले एमसीसी परियोजना कार्यान्वयनमा आइसकेको बताउनुभएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहनुभएका बास्कोटाले एमसीसी संसदको आगामी बैठकमा पेश हुने पनि बताउनुभयो । अमेरिकी कंग्रेसबाट पारित भएसकेको उल्लेख गर्नुहुँदै बास्कोटाले भन्नुभयो, ‘संसदमा लगिसक्यो । अब संसद जहिले सुरु हुन्छ पेश हुन्छ । यो कार्यान्वयनमा गइसक्यो । मैले यति बताउँछु यो कार्यान्वयनको प्रकृया सुरु भइसक्यो ।’

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पनि एमसीसी पारित गर्ने विषयमा आफ्नो स्पष्ट धारणा राखिसकेकाले पारित हुने उहाँले बताउनुभएको छ । पार्टीको केन्द्रीय कमिटी बैठकबबाट पारित भएर परियोजना अगाडी बढ्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो अगाडी बढ्छ । प्रधानमन्त्रीले पनि स्पष्ट भन्नुभएको छ । यो पास हुन्छ, संसदले पास गर्छ । केन्द्रीय कमिटीले यो पास गर्छ । त्यती हो कुरा मैले भन्ने ।’

बास्कोटाले चीनले अघि सारेको बिआरआई परियोजना अमेरिकालाई छेक्न र एमसीसी चीनलाई घेर्न नआएको स्पष्टिकरण समेत दिनुभएको छ । उहाँले आफुलाई ईण्डो प्यासिफिकका विषयमा भने कुनै जानकारी नभएको उल्लेख गर्नुभयो । इण्डो प्यासिफिक अमेरिकी पोलिसी भएको र नेपाल असंग्न परराष्ट्र नीतिमा अडिक रहेकाले त्यसले कुनै पनि असर गर्दैन, बास्कोटाले भन्नुभयो । देशको आर्थिक, सामाजिक रुपान्तरणका लागि चीनले अघि सारेको परियोजना बिआरआई पनि नेपाल सहभागि रहेको उल्लेख गर्नुहुँदै उहाले त्यसको ब्याख्याता आफुहरु नभएको बताउनुएको छ ।

नेपाल कुनै पनि देशको सैन्य गतिविधिमा संलग्न नहुने उल्लेख गर्नुहुँदै बास्कोटाले भन्नुभयो, ‘‘एमसीसीमा सैन्य प्रस्ताव छ, की छैन भन्ने कुरा अर्को हेर्नुप¥यो । प्रतिवेदनमा पनि छ, छैन भनेर भन्नु पर्दैन् । छ भने पनि देखिन्छ, छैन भने पनि देखिन्छ । यसमा कुनै सैन्य गतिविधिमा संलग्न हुनुपर्ने हो भने हामी त्यो मान्दैनौँ एकमद प्रष्ट छ । जब त्यो कुरा त्यहाँ छँदै छैन भने हामीले ५ वर्षको लागि लिने सहयोगमा हामी आफु पनि केही गर्न नसक्ने अर्काले दिएको सहयोगमा शंका गर्ने हो भने हाम्रो देशमा सुख र समृद्धि कहिले प्राप्त गर्नै ? हामीले कहिले आर्थिक, सामाजिक रुपान्तरण गर्ने हो ? कहीले संसारका अरु देशसँगै हिँड्न सक्ने हो ?’’

एमसीसी सैन्य गतिविधिसँग सम्बन्धित छ भनेर कराउनुभन्दा पनि यति नम्बरमा छ भनेर देखाउन बास्कोटाले चुनौती समेत दिनुभयो । उहाँले भन्नुभयो, ‘सैन्य छ, छ, छ भनेर यो स्याल जस्तो कराउनु पर्दैन् । छ भने यति नम्बर बुँदामा छ भन्यो सकियो त ।’

बास्कोटाले एडिबी, भारतीय तथा चिनियाँ एक्जिम बैंकले समेत ऋण दिँदा आफ्ना शर्तहरु राख्ने गरेको उल्लेख गर्नुहुँदै भन्नुभयो, ‘वैदेशिक सहयोगमा ‘ब्यारिकेट’ खडा गर्नेगरि बहस गर्नु भनेको राष्ट्रवादको जामाभित्र अरुलाई राष्ट्रघाती देखाएर विकास, समृद्धि र परिवर्तनको योजनालाई रोक्ने र भयावह आइसोलेसन टापुको रुपमा विकास गराउने मान्यताभित्र पर्दछ ।’’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group