काठमाडौं, २१ माघ । बजारमा केही दिनयता कुखुराको मासुको भाउ निरन्तर बढिरहेको छ । शनिबारदेखि जिउदो ब्रोइलर कुखुराको मासु प्रतिकेजी ४ सय ३० र खसीको मासु प्रतिकेजी १३ सय रुपैयासम्म पुगेको छ । कुखुरा, खसी–बोका लगयत पशुजन्य स्वदेशी उत्पादन न्यून तथा भारतबाट आयात गर्न पनि सरकारले कडाई गरेका कारण मासुजन्य सामाग्रीको भाउ बढिरहेको जानकारहरुले बताएका छन् ।
बजारमा कुखुरा, खसी–बोका लगायतका मासुजन्य सामाग्रीको भाउ निरन्तर बढिरहेको छ । गत एक महिनादेखि निरन्तर रुपमा बढिरहेको ब्रोइलर कुखुराको भाउ अहिले प्रतिकेजी ४ सय ३० र खसी–बोकाको भाउ प्रतिकेजी १३०० रुपैंया सम्म पुगेको छ । गत असार १० गते प्रतिकिलो ३ सय रुपैंया रहेकोे कुखुराको मासुको भाउ बढेर असार १७ गते ३ सय १५ रुपैंया पुगेको थियो । त्यसपछि असार २३ मा रु ५ रुपैंयाले बढेर ३ सय २० र असार मसान्तसम्म प्रतिकिलो ३ सय ५० पुग्योे । असारमा मात्रै ४ पटक बढेको ब्रोइलर कुुखुराको मासुको मूल्यमा अत्याधित्र वृद्धि भई अहिले ४ सय देखि ४ सय ३० रुपैंयासम्म पुगेको छ ।
यो वर्षको सुरुवातमै खसीको भाउ २ सयको हाराहारीमा वृद्धि भई प्रतिकिलो १२ सयसम्म पुगेको थियो जहा“ जिउ“दो खसी–बोकाको मूल्य पनि १ सय ५० ले वृद्धि भएको थियो । पशु बधशाला तथा मासु जा“च ऐन २०५५ लाई कडाईका साथ कार्यान्वयन गर्ने उद्येश्यका सरकारले मापदण्ड नपुगेका खसी–बोकालाई नेपाल आयातमा रोक लगाईएको सरकार पक्षले बताईरहेको छ । त्यसो त भारतबाट वार्षिक ६ लाख संख्याको हाराहारीमा खसी आयात हु“दै आएकोमा पछिल्लो वर्ष ५ लाख खसी आयात भईरहेको तथ्यांक छ । स्वदेशमै उत्पादित खसी–बोकाको उचित बजार व्यवस्थापन हुन नसकेका कारण पनि मासुजन्य सामाग्रीहरुको भाउ स्थीर हुन नसकेको सरोकारवालाहरु बताउ“छन् । खसी–बोका लगायत पशुपालनको क्षेत्रमा पहिलेभन्दा किसानहरु आकर्षित त भएका छन् तर पनि यसको बजारीकरण एकदमै झन्झटिलो छ, व्यापारी तथा किसानहरुले एउटा–एउटा खसीको छुट्टा–छुट्टै कर तिनुपर्छ, स्थानीय तहमा गएर स्वकीकृति लगायत प्रत्येक खसीको पशु चिकित्सकहरुस“ग चेक, जा“च गराउनुपर्छ । आधारभूत बजारको अभावमै ती पशुजन्य उत्पादनहरु खरीबिक्री तथा आयातनिर्यातमा समस्या छन् । उता भारतबाट कपिलवस्तु लगायतका तराई जिल्ला हु“दै चरणका नाममा पशुहरु लिलाम हुने गरेका छन् । तिनीहरुको भने न त, कर छ । न त, स्वास्थ्य जा“च नै, त्यै पनि सोझै आमउपभोक्ता माझ आईपुग्छन् । यसबाट राज्य पनि ठगिन पुगिरहेको छ नै, आम स्वास्थ्यप्रति पनि खेलवाड भईरहेको छ । स्वदेशी उत्पादन कम भएकै कारण मात्रै मासुजन्य उत्पादनको भाउ नबढेको सरोकारवालाहरु बताउ“छन् । भन्सारमा जिउ“दो खसीको मूल्य प्रतिकिलो ३ सय पर्छ, बजार आईपुग्दा ६ सय रुपैंयाभन्दा माथी तिनुर्पछ, यहा“का व्यापारीले २० रुपैंया नाफा लिएर त बेच्नैप¥यो, उनीहरु बताउ“छन् ।
गत मंसिर मसान्तमा कुखुरा चल्ला उत्पादकहरुले ४० लाख चल्ला र ६० लाख निशेचित अण्डा नष्ट गरेका थिए । यो कामलाई मानव अधिकारवादीहरुले क्र्र र आतंक सिर्जना गर्न खोजेको भन्दै आरोप पनि लगाईरहेका छन् । पैसाकै लागि प्राणाी माथीको संवेदनशीलतासमेत गुमाउनेहरुबाट स्वस्थकर र गुणस्तर उपभोग्य सामाग्रीहरुको आशा गर्न नसकिने उनीहरुको भनाई छ । त्यसो बजार नियन्त्रणको अभाव र फितलो अनुगमनको कारण पनि बारम्बार बजार भाउमा ठूलो अन्तर हुने गरेको छ । यतिमात्रै होईन, महंगो मूल्य तिरेपनि स्वस्थकर मासु उपभोक्ताले खान पाएका छैनन् । त्यस्तै प्रत्येक बधशालामा रागा भन्दै बुढो भैसीहरु बेचिरहेका छन्, बाटोमै मरेका कुखुराहरु पनि गाडिदैैनन्, त्यो पनि बजारमा नै बेचिन्छन् । संविधानले आम उपभोक्ताको गुणस्तरी वस्तुको उपभोग गर्ने अधिकार सुनिश्चित गरेको छ । तर, छरपष्ट रुपमा रहेको बजारलाई नियन्त्रण, नियमन र अनुगमन गर्ने संयन्त्र कमजोर रहेका कारण आम उपभोक्ता मारमा परिरहेका छन् । यसतर्फ, राज्य लगायत सम्बन्धित निकायले कहिले गम्भिरतापूर्वक सोच्ने ?
प्रतिक्रिया दिनुहोस्