ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलमा जनयुद्ध दिवस भुमिगत शैलीमा


sharan sharan
१ फाल्गुन २०७६, बिहिबार   २ : २३   बजे

बुटवल, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयले फागुन १ गते जनयुद्ध दिवसकारुपमा शहीदप्रति श्रद्धान्जली कार्यक्रम गरेर मनाउने निर्णय गरे पनि नेकपाको रुपन्देही जिल्ला कमिटीले भने भुमिगत शैलीमा जनयुद्ध दिवस मनायो ।
सीमित कार्यकर्ताहरूलाई मात्र सुचना गर्दै पार्टीको प्रदेश ५ कार्यालय बुटवलमा सानो औपचारिक कार्यक्रम गरेर पार्टीले जनयुद्ध दिवस मनाएको छ । सञ्चारकर्मी र आम पार्टीका कार्यकर्ताहरूलाई थाहा नदिई मनाईएको दिवसमा प्रदेश ५ सरकारका उद्योग, वन तथा पर्यटन मन्त्री लिला गिरीको उपस्थिती रहेको थियो । विगतदेखि जनयुद्धप्रति आलोचक नेकपा रुपन्देहीका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीको चाहाना अनुसार जनयुद्ध दिवसलाई कम महत्व दिईएको बताईएको छ ।
तर अध्यक्ष सुबेदीले भने आफुमाथि लागेको आरोप अस्वीकार गर्छन् । आफु बुटवल बाहिर रहेको र पार्टीका सचिवलाई सुचना गर्न जिम्मा दिईएकोमा खबर नभएको सुवेदीको भनाई छ । “कमजोरी भएको सबै जिम्मा म लिन्छु, त्यसरी जनयुद्धलाई कम आंकलन गरेको भन्ने नबुझौं” अध्यक्ष सुवेदीले भने ।
पार्टी सचिव निर्मल जीसीलाई जनयुद्धलाई किन महत्व दिईएन भनेर सोध्दा उनले समेत महत्व कम नदिईएको बताउँछन् । नगरका साथीहरूलाई जिम्मा दिएकोमा कमजोरी गरेको सचिव जिसीको भनाइ छ । पुर्व एमालेबाट महत्व कम दिईएको हो की भन्ने जिज्ञासामा सचिव जिसी भन्छन् “त्यस्तै सम्झनुस्” ।
प्रदेश ५ सभामा सचेतक समेत रहेका दधीराम न्यौपानेलाई जनयुद्ध दिवसका बिषयमा प्रतिक्रिया लिन खोज्दा यो जिल्ला पार्टीको आयोजना भएकाले खबर गर्ने काम अध्यक्ष र सचिवको भएकाले त्यतै सोध्न भन्दै उम्कन खोजे ।
पार्टीका तीन नेताहरूको भनाइले जिल्ला पार्टीमा रहेको भावनात्मक एकताको अवस्थालाई उजागर गरेको छ । पार्टी एकता भए पनि भावनाको एकता हुन नसकेको चर्चा चलिरहँदा बुटवलमा पार्टी केन्द्रको निर्देशन विपरित सुटुक्क जनयुद्ध दिवस मनाउनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । जिल्ला अध्यक्षले सचिवलाई र सचिवले नगरका कार्यकर्तालाई दोषारोपण गरेर आफुलाई बचाउ गर्न खोजे पनि आम कार्यकर्ताहरूले भने भावनात्मक एकता हुन नसकेको महसुस गर्ने गरी नेतृत्वले चरित्र प्रदर्शन गरेको गुनासो गरेका छन् । प्राविधिक मिलन भावनात्मक मिलनमा परिणत नभए नेकपालाई नै घाटा हुने देखिन्छ ।
गत माघको पहिलो साता प्रेस संगठनको प्रदेश भेलामा नेकपाको प्रदेश ५ ईन्चार्ज तथा प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भावनात्मक एकता हुन नसकेको लामो फेहरिस्त सुनाएका थिए । पुर्वमाओवादी र पुर्वएमाले भन्ने कुरा मनबाट निकाल्न निर्देशन दिँदै भावनात्मक एकता नभई परिणाम ननिस्कने बताएका थिए ।
पार्टी एकिकरण भएको २ वर्ष पुग्नै लाग्दा समेत हरेक नियुक्ति, मनोनयन, पार्टी कमिटीहरू गठन पुनर्गठनदेखि राज्यले गर्ने राजनीतिक नियुक्ति जस्ता हरेक बिषयमा अलग अलग पार्टीका हैसियतले भागवण्डा हुँदै आएको छ ।
अहिलेपनि जनयुद्धलाई अपराधको नजरले हेर्ने र पुर्व एमालेलाई कुनै बेला राजाको दर्शनमा दाम चढाएकै पार्टीकारुपमा दृष्टिकोण बनाउने प्रवृति देखिएको छ । शिर्ष नेताहरूमा समेत एकाथरी नेताहरूमा ठुलो पार्टीमा भासिएको लघुताभाष देखिन्छ । उनीहरूले हरेक विषयमा आफ्नो भाग खोज्नु त्यसैको परिणाम हो भन्न सकिन्छ । उता अर्कोथरीमा केहि नलागेर आफुमा समाहित भएको निश्कर्ष निकाल्दै सकेसम्म कसरी पेल्न सकिन्छ त्यति पेल्ने नियत पनि उजागर हँुंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

बालेनलाई किन संसद् मन पर्दैन ?

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group