सायद अहिलेको दशंैमा प्रचण्ड र बाबुराम मेरो घरमा भन्ने लेख लेख्दै गर्दा अहिले भन्दा सात बर्ष अगाडि मलई लागेको थिएन यति छिटै देश बामपन्थीमय बन्छ भनेर । दुनियामै नभएको इतिहास रच्दै जब देश शान्तिप्रक्रिया बाट अगाडि बढ्यो, दुनिया चकित खायो । अन्यत्र भएको आन्दोलन र युद्ध भन्दा हाम्रोमा भएको युद्धले फरक प्रकारको सेफल्यान्डिङको मोड लियो । जसले दुनिया तर्सिनु स्वभाविक थियो । अचम्म रहेछ अनेक शक्तिकेन्द्रहरुले बनिराखेको राम्रो कुरालाई कसरी गिजोल्ने भन्नेमा समय खर्चिने अनौठो प्रयत्न गर्ने रहेछन् । जसको कारण प्रधानमन्त्री बनिसकेका बाबुराम भट्टराई समेत माओवादी छोडेर बाहिरिए ।
फुटाउ र राज गर भन्नेहरुको चपेटामा जनताको लडाई लडेर आएको पार्टी धुजा धुजा बन्यो । त्यसको वावजुद पनि अध्यक्ष् प्रचण्डले अत्यन्तै कुशलताको साथ पार्टीलाई कसरी जनताको माध्यम र प्रत्यक्ष सरोकार राख्ने अंग बनाउन सकिन्छ भन्नेमा लाग्नुभयो । माओवादीलाई फुटाएर टुक्रा टुक्रा बनाउनेहरुको सपना पुरा त भयो । तर त्यतिबेलै सिङ्गो वाम अवधारणाको विकास भैसकेको थियो । इतिहासले कुनै दिन एकताका सूत्रधारहरुको मसिनो खोजी गर्ने हिम्मत गर्यो र इमान्दार बनेर लेख्ने हिम्ँमत गर्यौं भने त्यतिबेला केही गुमनाम पात्रहरुको पनि नामले बुंदाहरु उल्लेख गर्न पक्कै पनि बाध्य हुनेछ । खैर। यी कुराहरु छोडौं ।
जब सिङ्गो वाम एकताको अवधारणाको साथ तपाईंहरु दुईजना पार्टी एकतामा लाग्नु भयो । त्यतिबेला पार्टीकै सेकेण्ड लेयरमा एकता भांडिन सक्ला भनेर तपाईंहरु निकै सचेतताको साथ अगाडि बढ्नु पनि भयो । देशमा जब केपी ओली र प्रचण्डको एकताको कुरा आयो, कतिपय तपाईंका नेता कार्यकर्ताहरु नै खिसीट्युरीमा उत्रिए ।
आम नेपाली जनता देशमा दिगो शान्ति चाहान्थे । शुसासन र समृद्धि चाहन्थे । त्यसैले तपाईंहरुको एकतामा मनै बाट दिपावली गरे । देशका दुई ठूला पार्टीको एकता आजको आवश्यकता हो भन्ने बुझ्न हामीजस्ता पार्टीमा नरहेकालाई पनि गाह्रो भएन ।
सिंगो कम्यनिष्ट एकताको सपना देखेर नेपाली जनताले तपाईंहरुलाई आ“खा चिम्लेर समर्थन गरे । सिस्टमकासाथ अगाडि बढ्ने परिपाटीमा तपाईंहरुलाई भोट दिएर देशको ठूलो पार्र्टी पनि बनाए । आज तपाईंहरु जुन ठाउ“मा हुनुहुन्छ, जनताले बलजफ्ती भोट दिएर हैन, मनबाट नै खुसीका साथ भोट दिएर हो । तर जुन उत्साहाका साथ तपाईंहरुलाई जनताले साथ दिए । त्यसको पाइ पाइ चुकाउन तपाईंका नेता कार्यकर्ताहरु नै जनताको दोहन गर्न लागे । ठुलो पार्टी र अझै जनताको पार्टी भएकाले जनताले तपाईंहरुबाट आशा गर्नु स्वभाविक नै थियो ।
अनेक अप्ठ्याराहरुलाई निकै नजिकबाट चिर्दै र अनेक भावनात्मक विघटनहरुलाई नजिकबाट देखेका तपाईंहरु दुई जनालाई जनताले आफ्ना दुई आ“खा सम्झे, जुन आ“खाबाट विकास र समृद्धि मात्र छचल्कियोस् ।
तपाईंहरुको चाहाना निश्चल छ, तपाईंहरुको योजना बृहत छ, तर हेर्नु न प्रधानमन्त्री र अध्यक्षज्यू तपाईंहरुका नेता कार्यकर्ताका न आचरण सही छन् न ब्यवहार ? सांच्चै छोटी मुख बढी बात नभन्नु होला । देशमा तपाईंहरुका बृहत योजनाहरु छन् । तर प्रत्यक्ष रुपमा चिया पसलेको चियामा समेत किराना पसलेको बिस्कुटमा समेत तपाईंका कार्यकर्ता हप्ता उठाउंछन् । अरु ठाउ“को कुरै नगर्नुस् । यसको मतलब सबैलाई यौटै टोकरीमा राखेर हेर्नु उचित अवस्य हुंदैन । तर जब कामहरु जहा“ पनि बिग्रिन थाल्छन् त्यहा“ प्रश्न त उठ्ने भयो नि हैन र ?
देश संबिधानसभामा गएपछि तपाईंहरुले ल्याएको संघियताको नयां अवधारणा मात्र छोटे राजाहरुको उदय गर्न बनेको भ¥याङ हो कि जस्तो लाग्न थालेको छ । जनतालाई काम गर्न सजिलो होला भनेर गाउ“ गाउ“मा सिंहदरबार भन्ने अवधारणा राम्रो थियो । तर त्यही आधारमा टेकेर तपाईंका कार्यकर्ता जनतालाई सहयोग गर्न भन्दा बाटो देखाइदिएको पनि कमिसन उठाउन थाले ।
सा“च्चै भन्नु पर्दा मसिना मसिना कुरामा जनताले प्रत्यक्ष लाभ लिन चाहन्छन् । ठूला योजनाको कुरा छोडांै जनताले किन्ने एक किलो चिनी कति सस्तो छ या महङ्गो त्यसले जनतालाई प्रभाव पार्छ । चामल दाल कपडा मट्टितेल जस्ता बस्तुहरुको सहजताले जनतामा प्रभाव बनाएको हुन्छ । चियापसलमा दुइ चार कुरा गरेर चियाको पैसा नतिर्ने तपाईंका कर्यकर्तहरुलाई कसरी काम नगरी धनी बन्ने भन्ने मात्र चासो छ ।
लाजको बिषय छ प्रधानमन्त्रीज्यू न योग्यता चाहिने न क्षमता धम्कीको भरमा आज पनि एक जनाले तीन चार ठाउ“मा जागिर खाने तपार्इंहरुका नेता कार्यकर्ता छन् । तपाईंहरुले दिएको पार्टीको पदलाई भजाएर मागीखाने भा“डो बनाउनेहरुलाइ कार्वही गर्न नसक्दा सम्म जनताले कसरी सहजताको महशुस गर्लान ?
त्यतिमात्र हैन तपाईंहरुले अनेक पापड पेलेर बनाएको एकतालाई कसरी भा“ड्न सकिन्छ भन्नेमा तपाईंहरुका नेता कार्यकर्ता हात धोएर लागेका छन् । सांच्चै तपाईंहरु दुई जनालाई पार्टी एकताको खा“चो र चिन्ता छ भने त्यस्ता प्रबृतिहरुलाई कार्वाही गर्न किन सक्नुहुन्न ? तपाईंहरुको पार्टीमा मात्र हैन, आचरणको बिषयमा भन्नुपर्दा मानवीय स्वभावनै हो आफू कति अनुशासित रहने भन्ने कुरा आफुले जान्ने ? तर तपाईंहरुको पार्टीमा त्यस्ता धेरै मान्छेहरु छन् जस्ले आफ्ना अबैध धन्दा ब्यवस्थापन गर्न सकेकोमा खुसी छन् । कतिखेर कहा“ गएर पापको घैंटो फुटेर तपाईंहरुमाथि आरोप आउने हो ठेगान नै छैन ।
त्यसैले यस्ता बिषयमा केही तहका नेता कार्यकर्ताहरुत सा“च्चै उदाहरणिय हुनुपर्छ नि हैन र ? जसलाई हेरेर हामी जस्ता सामान्य मान्कछेहरुले पनि आफूलाई बदल्न सकियोस् । तर नढा“टी भन्नुपर्दा तपाईंहरुको पार्टीमा त अनेक गलत प्रबृतिहरु छन् । आफूले गल्ती गर्ने अनि शक्तिकेन्द्रले फसाए भन्न मिल्छ र प्रधानमन्त्रीज्यू ? अचम्म छ मानिसका अनेक स्वभाव हुने गर्छन् । खुला परिबेश र बढ्दो प्रबिधिको पहु“चले गर्दा पार्टीमा अनेक मानिसको घुसपैठ हुनु स्वभाविक हो । धेरै जना राम्रो भएको ठाउ“मा दुई चारजना नराम्रो भए पनि तिनले केही गर्न सक्दैनन् तर तपाईंहरुको विशाल यानमा त यस्ता प्रबृतिहरु धेरै भए, जस्ले कुन ठिक र कुन बेठिक तपाईंहरुले नै छुटउन सक्नुभएको छैन । सा“च्चै हो प्रधानमन्त्री र अध्यक्षज्यू तपाईंहरुको वरिपरी रहेर तपाईंहरुको इमानमाथि टेकेर अनेक अबैध धन्दा चलाउनेहरुको हावी भयो ।
साना कार्यकर्ताहरुका कुरालाइ छोडौं । तपाईंका नजिक रहेर तपाईंहरुले निर्माण गरेको धरोहरमा प्वाल पार्न खोज्नेहरुलाई सामान्य कार्वाही पनि गर्न नसक्ने के बाध्यता छ तपाईंहरुमा ?किन तपाइहरु यति धेरै हन्डर खादा पनि पाटी र जनताप्रति जति उत्तरदयी बन्नुपर्ने हो त्यति हुन सक्नुहुन्न सत्ताको खेलमा देशी बिदेशी शक्तिहरुले मात्र हैन यस्तो र उस्तो भनेर तपाइहरुका आफ्ना बनेर तपाइहरुलाइनै समाप्त पार्ने खेललाई अब पनि किन बुझ्न नसकेर अलमलिनु हुन्छ ? देश बनाउने अभियानमा तपाइहरु दुइजना जस्ता तिलस्मी मानिसको सककार्यनै जनताको भरोसाको केन्द्र हुनुपर्ने हैनर ? किन यो भरोसा र धरोहर सामान्य हावाले समेत हल्एिको महशुस गर्न बाध्यहुनु पर्छ हामी जनताहरु । अरुका कुरा धेरै सुन्ने र आफ्नो काम फटाफट गर्दा हुदैनर?
जनताले तपाईंहरुलाई कहिं न कहिं आज पनि विश्वास गरेका छन् । आरोप मात्रै लगाउने भन्दा केही काम त अवस्य भएका छन् । केही उदाहरणीय काम पनि गर्नु भएको छ । ब्यभिचारमा संलग्न हुन् या अन्य आर्थिक कारोवारमा संलग्न हुन् कार्वाही गरेर अपराधमा कोही आफ्नो र पराइ हुंदैन भन्ने उदाहरण त देखाउनु भएको छ । तर यति मात्र कहा“ काफी छ र यहां त ? अनेक ताङ्लाहरु सत्ता र शक्तिको मातमा लमतन्न परेका छन् । यहां न सा“चो लेख्न हुन्छ न बोल्न ? तपाईंहरुका कतिपय नेता कार्यकर्ता वाकयुद्धमा एक अर्काको रामधुलाई गर्न लागिरहेका हुन्छन् । जस्ले तपाईंहरुको एकतालाई कमजोर बनाउने प्रयत्न गर्छन् तिनलाई कार्वाही गर्न किन सक्नुहुन्न तपाइहरु ?
आफुले गरेका कामहरुले जनतालाई प्रत्यक्ष लाभ हुनु पर्छ कि पर्दैन ? र जनताले ती काम बाट लाभ लिन पाए कि पाएनन् भन्नेकुरा महत्वपर्ण हुन्छ कि हुंदैन ? तर तपाईंहरुका कार्यकर्ताबाट पार्टी बिघटनमा लाने हुन कि भनेर चिन्तित छन् जनताहरु । आफ्नै छिमेकी देश भारतमा आज केजरीवालले जितेको छन् । उनका नारा र उनको पार्टीले गरेको जनताको काम तपाईंहरु हेर्नु भएको होला । जनतालाई यति युनिट बिजुलीमा छुट, पढाउने स्कुलमा जनताका छोराछोरीलाई यति फिः छुट । पानीका धारा र घरमा चर्पी अनि यति खाद्यान्नमा यति छुट । यसले गर्दा प्रत्यक्ष जनता लाभान्वित भए नि । जनतालाई हावाबाट चल्ने बिजुली र पानीमा चल्ने जहाज पनि चाहिन्छ । तर तत्काल के कुराको खांचो छ भन्ने बिषय बुझेर तल्कालिन र दिर्घकालिन योजना बनाएर काम गर्दा राम्रो हुंदैनर ?
अव त तपाईंहरु ब्युझिनुस् प्रधानमन्त्री र कार्यकारी अध्यक्ष्ँज्यू तपाईंहरुको यात्रामा निशुल्क सहयोग गर्ने र देशको चिन्ता गर्ने मानिसहरु पनि त छन् । जताततै तपाईंहरुलाई लुट्ने मात्र हैन, तपाईंहरुको यात्रालाई मजवुत बनाउन प्रयत्न गर्ने मान्छेहरु पनि त छन् । तिनकै आधारमा पनि एकताको यान अघि बढ्दै छ । तर यान पूर्ण रुपमा अवतरण भएको छैन, बेलमौका तपाईंहरुको व्यवहारले यान लड्खडाएको देखिन्छ । तर यो स्वार्थी दुनियामा त्यस्ता फकिरहरु त तपाईंहरुलाई अप्ठेरो पर्दा मात्र चाहिने तर सही सलामत चलेजस्तो लाग्दा कुनै मतलवै नगर्ने व्यवहारबाट को आजित नहोला ? सायत त्यस्ता एकताको यान दुर्घटनामा पर्ला कि भनेर चिन्तित हुनेहरुको सम्पर्कमा रहन झन्झट लागेजस्तो महसुस हु“दा अचम्म लाग्छ । के यो दुनिया नै यस्तै हो ? यस्तो किन हुन्छ जनताका प्रधानमन्त्री र पार्टीका कार्यकारी अध्यक्षज्यू ? यो बानी र स्वभावमा तपाईंहरुले पनि सुधार गर्न मिल्दैन र ? देश समृद्ध भएमा यी सबै तपसिलका कुरा हुन् । तर अहिले त यिनै कुरा प्रमुख हुन् कि जस्तो लग्छ ।
सा“च्चै तपाईंहरु जनताप्रति उत्तरदायी हुनुहुन्छ भने यो एकतालाई अझै मजवुत बनाउनुस् । अरुका कुरा सुनेर एकअर्कामा अविश्वास पैदा हुने कुनै पनि काम नगर्नुस् । सरकार तपाईंहरुको छ पार्टी तपाईंहरुको छ । दुबै जनालाई हेर्दा अव तपाईंहरुले त्यतिधेरै लोभ र लालच गर्नुपर्ने कुनै आधार देखिंदैन । पार्टी कार्यकर्तालाई अनुशासित बनाउन प्रशिक्षण दिनुस् । ब्यभिचार दुराचारर खुला कमिसनको अन्त गर्नुस् ।
पार्टी रह्यो भन,े अनि एकता मजबुत बन्यो भने तपाईहरु झनै बलियो बनेर जनताको काम गर्न सक्नुहुनेछ । तपाईंहरुले पनि खोजेको र ताकेको पद पाउनुहोला । त्यसैले आफ्ना वरिपरि रहेका संक्रमणलाई कुनै दकस नमानी गोडमेल गर्दा जस्तोसुकै परिस्थितिको सामना गर्न परोस् जनता र पार्टी अनि सिंगो बाम एकताको पक्षमा बिष नै पिउन परे पनि तयार रहनुस् ।
ु
प्रतिक्रिया दिनुहोस्