हाम्रो देशको राजधानी, हाम्रो महानगर, हाम्रो काठमाडौं । विश्वका नाम कमाएका अखबारहरुले लेखिरहेका छन् । विश्वका सिमित आकर्षक पर्यटकीय गन्तब्यमध्येको एक शहर ।
धन्यवाद, ती अखबार, म्यागेजिन र ट्राभल कम्पनीहरुलाई, जसले हाम्रो काठमाडौंलाई विश्व भरका पर्यटकका लागि लोभ्याईदिए । प्रकृतिले जे दिएको छ त्यसलाई सोही अवस्थामा सुरक्षित राख्न सक्नु पनि पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण हुन्छ । थाहा छैन, काठमाडौंले आफूलाई प्राकृतिक रुपमा बचाएको छ वा बिकासको आधुनिक विश्व गतिसँगै तालमा ताल मिलाएर दौडिएको छ ? विश्वका प्रमुख १० आकर्षक पर्यटकीय गन्तब्यमा काठमाडौंको नाम नछुट्नुमा पक्कै पनि यहाँ भित्र कुनै न कुनै चमत्कार त अवश्य पनि भएकै हुनुपर्छ । वा पशुपति नाथको कृपा भन्नु पर्छ ।
केहि महिना अघि चिनियाँ राष्ट्रपति सी जीन पिङको भ्रमण अवसरमा तीनकुनेमा रोपेको दूबो नेपालीहरुमध्ये केहिले चोरे । नेता वा अरुलाई खराब देख्ने हामीलाई आफ्नो स्वार्थमा चोरिएको दूबो र फूलले कति पोल्यो ? तर हाम्रो सभ्यता र संस्कृतिको गिर्दो स्तरले हाम्रो चेतनालाई चाहिँ उजागर र्गयो ।
हिजो मात्र पशुपतिमा महाशिवरात्रीमा यस पटक सजाईएको मन्दिर परिसर निकै भव्य र हेरौं हेरौं लाग्ने थियो । शिवरात्रीको विहान पशुपति क्षेत्रमा पुग्दा गेटहरुम सजाईएको फूलैफूलको सुन्दरताले जो कसैलाई लोभ्याउँथ्यो ।
पूजा गर्न जाने र पूजा गर्न जानेहरु सुन्दर गेटमा आफूलाई राख्न सेल्फी पोजमा रमेका दृष्यहरु निकै आनन्ददायक थिए । निकै नै लोभ्याएको थियो त्यो सिंगारले पशुपति पुग्ने जो कोहिलाईपनि । तर असभ्यताको पराकाष्टा बढ्दा फूलैफूलले सजिएका पशुपतिका गेटहरु चौबिस घण्टा पनि सुरक्षित रहन सकेनन् । करौडौंको फूलले सजाईएका गेटहरु केही स्वार्थी र असभ्य चेतनाले फिक्का बन्दै गए । सुरक्षा गार्डले गाली गरेको देख्दादेख्दै आँखा छली चोर्नेहरुको समेत कमी देखिएन ।
लाग्छ सवै भन्दा मानिसलाई सवै भन्दा खराव उप दिनुपर्दा बादर भन्निछ तर त्यस क्षेत्रमा रहेको बादरबाट करौडौंको फूल बचाउन सकियो तर निकै चेतान भएको आफुलाई संसारको चेतनशलि भन्नेहरुबाट बचाउन सकिएन । अझ सुन्दर फूलहरु चोर्न अभिभावकले आफ्ना साना नानीहरु प्रयोग गरेको देख्दा शिवरात्रीमा समेत सत्कर्म होईन् चोर्न सिकाउने बाबुआमाले भविष्यमा उनीहरुलाई कस्तो नागरिक बनाउने होलान् भन्ने जिज्ञास मन मनै उब्जीएको छ । आफ्नो लाज ढाक्न चोर्नेहरु वा चोराउने अभिभावकहरु मन्दिरको प्रसाद लिएको भनेर गर्व गर्लान् तर चोरिएको फूल पशुपतिनाथ मन्दिरको होइन् बाहिर गेटमा सजाईएको हो ।
अझ दुःख लाग्दो पाटो के भने सजाईएको गेटबाट फूल चोर्दा त्यसको सैेन्दर्यतामा कुरुपता आउँछ भन्ने बुझ्नेहरु नै बढी थिए । विद्यालयका बालबालिका मात्र होइन् विश्वविद्यालयका तन्नेरीदेखि बच्चा च्याप्दै गरेका अभिभावक समेत चोरीमा संलग्न देखिन्थे । चोरी गरेको फूलहरु सोही ठाउँमा राख्न लगाउने सुरक्षाकर्मीको आँखा छली फूल लुकाएका दृष्यहरुले चोर्नेलाई भन्दा देख्नेलाई लाज लागि रहेको थियो । शिवरात्रीको लागि फुलैफुलले सजाइएको पशुपति क्षेत्र एकाएक रंग उडेको जस्तो देखियो ।
बिहीवार र शुक्रवार रंगिचंगी फुलले सजाएर आकर्षित देखिएको पशुपति फुल चोरी भएपछि रंग उडेको कपडा जस्तै देखिएको छ । शिवरात्रीको लागि पशुपति विकास कोषले ठूलै खर्चमा फूलहरुले सजाएको थियो । तर, त्यो सजावट शिवरात्री सकिएको केही घण्टासम्म टिक्न सकेन जो चेतनशिल भन्नेहरुवाटै । जुन राष्ट्रका नागरिक आफ्नो कर्तव्यमा दृढ हुन्छन, त्यही राष्ट्र सबल बन्छ ।
जुन समाजमा चरित्रवान् मानिसको वर्चश्व हुन्छ त्यो समाज सभ्य बन्छ । सामाजिक सुख, शान्ति र प्रगतिको मापन पनि त्यही हो । बोलेको र सपना देखेको भरमा न कुनै समाज सभ्य हुन्छ, न हाम्रो राष्ट्र सुन्दर र भव्य मानिन्छ न त देखाइएको सपना पूरा हुन्छ । यसका लागि हरेक क्षेत्रमा कर्मशील र सक्रिय बन्न सक्नुपर्छ ।
अनि नियम, कानुन र अनुशासनको दायरामा बसेर समाज सभ्य बनाउँदै राष्ट्रको भव्यता झल्काउन सक्ने छौं । नागरिक र नैतिक शिक्षा सभ्य, अनुशासित, सहयोगी, परोपकारी समाज निर्माणका आधार हुन् । यो घरबाटै लिइने शिक्षा पनि हो । तसर्थ आफ्ना सन्तानलाई कस्तो शिक्षा प्रदान गर्ने यो अभिभावकको हातमा छ ।
प्रतिक्रिया दिनुहोस्