ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ मा कृषकलाई बिना धितो १ करोड सम्म कृषि कर्जा


sharan sharan
१५ फाल्गुन २०७६, बिहिबार   २ : ०७   बजे

बुटवल, १५ फागुन ।
प्रदेश ५ सरकारको कृषि भुमि ब्यवस्था र सहकारी मन्त्रालय तथा कृषि बिकास बंैकका बिच किसानलाई शुलभ कर्जा सहजिकरण तथा ब्याज अनुदान कार्यक्रम कार्यक्रमका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता संगै किसान तथा कृषिमा आधारित ब्यवसाय गर्ने ब्यवसायीलाई बैंकबाट प्राप्त गर्ने कर्जा र कर्जामा लाग्ने ब्याजलाई सहज बनाउन तथा ब्याजमा सरकारले घोषणा गरेको अनुदान कार्यान्वयन हुने बिश्वास गरिएको छ । प्रदेश ५ कृषि भुमि ब्यवस्था मन्त्रालयले कृषि क्षेत्रको ब्यवसायीकरण एवंम आधुनिकरणका लागि ब्यवसायीक कृषकहरुलाई सहुलियतपूर्ण कृषि ऋण तथा ऋणको ब्याजमा अनुदान उपलब्ध गराई सहज बित्तयि पुंजीबाट लगानी बृद्दी गर्ने उद्देश्यले कृषि बिकास बैंक र मन्त्रालयका बिच सम्झौता पत्रमा हस्तामक्षर गरिएको हस्ताक्षर गरिएको समझौता पत्रमा उल्लेख गरिएको छ ।
कृषि मन्त्रालयले प्रस्ताबित गरेको कार्यबिधी अनुसार प्रदेश भित्र कार्यरत बाणिज्य बैंकहरुले कार्यबिधि अनुसारको प्रकृया पुरा गरी कृषक उद्यमी, फर्म, कम्पनी, कृषक समुह तथा सहकारीहरुलाई राष्ट्रबैंकले तोकेको प्राथमिकता क्षेत्र कर्जाको रुपमा कृषि ऋण उपलब्ध गराउन सक्नेछन । यसरी उपलब्ध गराएको कृषि कर्जामा नेपाल सरकारले उपलब्ध गराउने ब्याज अनुदानको अतिरिक्त मन्त्रालयबाट कार्यबिधि अनुसारको थप ब्याज अनुदान दिने ब्यवस्था मिलाइनेछ । तर नेपाल सरकाले तोकेको क्षेत्र भन्दा बाहिर प्रदेश सरकारको कार्यबिधिले तोकेको क्षेत्रमा कृषि ऋण लगानी गर्दा मन्त्रालयले तोकिएको सिमा सम्म ब्याज अनुदान उपलब्ध गराउन सक्नेछ । सम्झौता भए पछि मन्त्रालयले तयार पारेको शुलभ कर्जा सहजीकरण तथा ब्याज अनुदान कार्यक्रम संचालन कार्यबिधी बनाई कार्यान्वयन गरिने मन्त्रालयले जनाएको छ ।
सम्झौता पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश कृषि भुमि ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले हस्ताक्षर गरि पछि सेलाउने र सम्झौता कार्यान्वयनमा अलमल नगरिने प्रतिबद्धता ब्यक्त गनुभयो ।
कार्यक्रममा बोल्दै कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले मन्त्रालय र बैंक बिच भएको सम्झौता कायान्वयन हुन सके कृषि क्षेत्रले धेरै प्रगति गर्न सक्ने बिश्वास ब्यक्त गर्नुभयो ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रदेश कार्यालय, भैरहवाका प्रमुख चन्द्रसिंह थापा र मन्त्रालयका तर्फबाट मन्त्रालयका सचिव तेजबहादुर सुबेदीले हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रममा आजै प्रदेश कृषि मन्त्रालय र कृषि तथा बन बिज्ञान बिश्वबिद्यालय रामपुर तथा कृषि तथा बन बिज्ञान क्याम्पस पक्लीहवाका बिच छुट्टाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौतापत्रमा कृषि तथा बन बिज्ञान बिश्वबिद्यालय रामपुरको तर्फबाट बिश्वबिद्यालयकी उपकुलपति शारदा थपलिया र पक्लीहवा क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख कन्हैया प्रसाद सिंहले हस्ताक्षर गर्नुभएको थियो ।
सम्झौपत्रका अनुसार सम्झौता कार्यान्वयन भए लगत्तै किसान तथा कृषिमा आधारित उद्योगी ब्यवसायले धितो वा बिना धितो सहलियत ब्याजदरमा ऋण पाउने छन् । ब्यवसाय र परियोजनालाई आधार मानेर बैंकले ऋण लगानी गर्नेछ भने मन्त्रालयले त्यस्ता किसानहरु प्हिचानगरि लगानीका लागि सिफारिस गर्ने छ । कृषि बिकास बैकको देशका ७७ वटा जिल्लामा २८० शाखा तथा ६ वटा तालीम केन्द्र रहेकाछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group