ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ का गांउहरुमा अव मोबाईल ‘भिडीयो एक्सरे’


sharan sharan
२८ फाल्गुन २०७६, बुधबार   १० : १२   बजे

बुटवल, २८ फागुन ।
प्रदेश ५ मा मातृ मृत्युदर र मातृशिशु रुग्णता न्युनिकरण गर्न प्रदेश सरकारले बिशेष उपकारण सहितको दक्ष जनशक्ति परिचालन गर्ने भएको छ । प्रदेश सरकारको बिशेष अनुदान कार्यक्रम अन्तर्गत प्रदेशमा गर्भवती महिलाहरुले गांउका स्वास्थ्य निकायबाटै ग्रामिण भिडीयो एक्सरे देखि बैज्ञानीक उपकरणको प्रयोगबाट प्रसुतिको सेवा प्राप्त गर्ने सरकारले ब्यवस्था मिलाएको छ । प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै प्रदेशसमा मातृ मृत्युदर र मातृशिशु रुग्णता न्युनिकरण गर्न बिशेष कार्यक्रम संचालन गर्न थालिएको जानकारी गराएको छ ।
प्रदेश सरकारले यसै आर्थिक वर्ष देखि प्रदेशका ग्रामीण क्षेत्रका प्रसुति कक्षहरुलाई अत्यावश्यक उपकरणहरु उपलब्ध गराउनुका साथै ग्रामीण क्षेत्रमा कार्यरत मातृशिशु क्षेत्रमा काम गर्ने कर्मचारीलाई बिशेष तालिम प्रदान गर्ने कार्यक्रम सार्वजानीक गरेको छ । सरकारको कार्यक्रम अनुसार प्रदेशमा २ सय ९० जना नर्शहरुले प्रसुति तथा मातृशिशु सम्बन्धी तालिम पाउनेछन् भने १२ जना मेडिकल अफिसरहरुलाई प्रसुति बिषयमा दक्ष बनाउनुका साथै ३० जना स्वास्थ्य परिचालिकालाई ग्रामिण अल्ट्रासाउण्डको तालिम प्रदान गरिने छ । तालिम प्राप्त जनशक्तिले प्रदेशका १२ जिल्लाका दुरदराजमा रहेका गर्भवती महिलाको गर्भ परिक्षण गरि सुबिधा सम्पन्न अस्पताल वा उपकरणयुक्त प्रसुतिगृहहरुमा रिफर गर्नेछन् । उपकरण र दक्ष जनशक्तिबाट सेवा दिन सकिए मातृमृत्यु दरमा न्युनिकरण हुने प्रदेश सरकारले बिश्वास गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै प्रदेश ५ सरकारका साकाजिक बिकास मन्त्री सुदर्शन बरालले ग्रामिण क्षेत्रका बर्थिङ सेण्टरको अवस्था नाजुक देखिएकाले सरकारले बिशेष योजना लागु गरेको बताउनु भयो । उहांले यस अघि ग्रामिण क्षेत्रमा बर्थिङ सेण्टर खुले पनि उपकरण पनि नभएको र मापदण्ड अनुरुप पनि नभएको कारण त्यसको स्तर उन्नती गर्न सरकारको बिशेष कार्यक्रम फलदायी हुने बताउनु भयो । मन्त्री बरालले प्रदेशमा १७ सय बढी स्वास्थ्य परिचालिकाहरु नर्शहरु कार्यरत रहेपनि तालिम प्राप्तहरुको संख्या ४ सयको संख्यामा मात्र रहेको जानकारी दिनुभयो ।
प्रदेश ५ मा बांके, रुपन्देही र पाल्पा बाहेक ९ जिल्लामा सुरक्षित सुत्केरी गराउनेको संख्या धेरै कम भएको प्रदेश सरकारको तथ्यांकमा उल्लेख गरिएको छ । मातृ मृत्युदरको अनुपात पनि पुर्वी रुकुम, अर्घाखांची, नवलपरासी, कबिलवस्तु, बर्दिया लगायतका जिल्लामा चिन्ताजनक अवस्था रहेको तथ्यांक प्रदेश सरकारले प्रस्तुत गरेको छ ।
बिकसित मुलुकहरुमा प्रति ३ हजार ७ सय सुत्केरी महिलामा जटिलताका कारण १ जनाको मृत्यु हुने गरेको तथ्यांक रहेपनि नेपालमा प्रति २ सय महिलाहरुमा १ जना जटिलताका कारण मृत्यु हुने गरेको छ ।
कार्यक्रममा प्रसुति स्वास्थ्य आपुर्ति बिभागका निर्देशक दिनेश कुमार चापागाईले २ करोड ९४ लाखको बजेटमा प्रदेशमा उपकरण र दक्ष जनशक्तिका लागि प्रक्रिया अगाडी बढाईएको जानकारी दिनुभयो । सन २०१६ को नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा कुल प्रजनन् दर २ दशमलब ३ प्रतिशत रहेको छ । नेपालमा ४ वा त्यसभन्दा बढी गर्भवती परिक्षण गर्ने महिलाहरु ६९ प्रतिशत रहेकाछन् भने एक पटक मात्र जांच गर्ने महिला ८४ प्रतिशत रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

सम्बन्धित

अमेरिका र इरानको अवसरको अनौठो क्षण

ओली–प्रचण्डको नयाँ ‘गेम प्लान’: वडाबाट सुरु हुने वाम सहकार्य

सिंहदरबारको फेरिएको मुड : ‘उद्घाटन–संस्कृति’ को अन्त्य कि शक्ति केन्द्रीकरणको सुरुवात ?

पराजयपछि फेरि ब्युँतियो वाम एकताको बहस : पुनर्गठन कि अवसरवादी ध्रुवीकरण ?

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu