ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुरका निजी र सामुदायिक अस्पतालले सबै प्रकारको बिरामी जाँच गर्ने (भिडियोसहित)


एबीसी न्यूज
१७ चैत्र २०७६, सोमबार   ११ : ४८   बजे

काठमाडौं, १७ चैत ।  कोरोना संक्रमणको त्रासका कारण काठमाडौँ उपत्यकाका सरकारी, सामुदायिक तथा नीजि अस्पतालहरुले अन्यखाले समस्या परेका बिरामीहरुको पनि उपचार नगर्दा आम बिरामी मारमा पर्नथालेका छन् । यस्तो अवस्थामा पनि भक्तपुरमा भने कोरोना संक्रमणको त्रासमा आएका बिरामीलाई सहयोग गर्न एउटा समुहले हेल्प डेस्क नै सञ्चालन गरिरहेको छ भने अस्पतालहरुले सबै विरामीलाई नडराई चेकजाँच गरेर पठाइरहेको बताएका छन् ।

कोरोना संक्रमण रोकथामको निम्ति सरकारले लकडाउन घोषणा गरेको हप्तादिन पुगिसकेको छ । नेपालमा हालसम्म पाँच जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । केही शंकास्पद देखिएका विरामीहरुको पनि परिक्षण जारी छ । काठमाडौँ उपत्यकामा सडक र बस्तीहरु सुनसान छन् ।

यातायातका साधन चलेका छैनन् । यस्तो अवस्थामा कोरोना संक्रमणका त्रास बोकेका बाहेकका अन्य नियमित बिरामीहरुलाई पनि उपचारमा समस्या थपिएको छ । अधिकांश अस्पतालका ओपिडी सेवाहरु ठप्प छन् । जसले गर्दा निकै नै एर्मजेन्सी बाहेक नियमित चेकजाँच गर्न अस्पतालहरुले बन्द गरिरहेका छन् ।

अझ सामान्य रुघाखोकी, ज्वरो आएका विरामीहरुको उपचारमा अस्पतालहरु डराईरहेको अवस्था छ । एउटा अस्पतालले अर्को अस्पतालमा रिफर गर्दा बिरामीको विचल्ली हुने अवस्था पनि छ । स्वास्थ्यसंस्थाहरुकै यस्तो गैरजिम्मेवारीपन चलिरहँदा भक्तपुर अस्पतालमा भने स्थानीय स्तरमा गठन भएको आर. एन. ए. १६ समुहले स्वयंसेवी भएर सघाईरहेको छ ।

भक्तपुर अस्पतालबाट कोरोना संक्रमणको आंशकामा १७ स्याम्पल टेकु पु¥याइएको मध्ये १५ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । दुईवटा रिपोर्ट आउन बाँकी छ । स्याम्पल टेकु लिएर जानेदेखि बिरामीलाई आवश्यक सम्पूर्ण प्रकारका सरसहयोग उक्त समुहले गरिरहेको छ । आज कोरोना संक्रमण सर्ने डरले एक मान्छेदेखि अर्को मान्छे डराइरहेका छन् । अवस्था पनि त्यस्तै छ । बिरामी छ भन्ने थाहा पाउँदा त झनै मान्छे तर्किन थालेका छन् । तर आर एन ए १६ समुहले भने यस्तो परिस्थितिमा आवश्यक सहयोग गर्दै हौसला प्रदान गरिरहेको छ भने अस्पताललाई पनि सहयोग गरिरहेको छ ।

निजि अस्पतालहरुले विरामीको जाँच गर्न हिच्किचाइरहेको जनगुनासो छ । तर नीजि अस्पतालहरु यो कुरा स्वीकार्न तयार छैनन् । भक्तपुरमा रहेको अस्पतालमा इर्मजेन्सिका बिरामी लिइरहेको र ज्वरो, रुघाखोकीको उपचारमा पनि चिकित्सकहरु नडराई जाँच गराइरहेको बताउँछन् ।

अस्पताल परिसरमा भेटिएका केही बिरामीहरु पनि सामान्य सेवा अस्पतालबाट पाइरहेकै बताउँछन् । यद्यपी अस्पतालले सञ्चालन गर्ने अथवा सामुदायिक संघ, संस्थाका एम्बुलेन्स चालकहरु भने निकै डराइरहेका छन् । सुरक्षा साधनको व्यवस्था नहुँदा एम्बुलेन्स चालकहरु डराउनुपरेको अवस्था छ् ।

यता, सामुदायिक अस्पतालले पनि थोरै संख्यामा अट्ने भए पनि क्वारेन्टाइन भवन बनाएको बताउँछन् । अस्पतालमा ज्वरो जाँच गर्ने छुट्टै क्लिनिक सञ्चालन गर्न प्रयास गरिरहेको सामुदायिक अस्पतालहरुको भनाई छ । भक्तपुरमा रहेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा पनि कोरोना संक्रमणबाट कत्ति पनि त्रसित नभइ सेवा दिइरहेको बताउँछन् ।

सरकारले नै अत्यावश्यक बाहेक उपचारमा नजानु भनेकाले सबै अस्पतालहरु कोरोना संक्रमणको सम्भावित उपचारको निम्ति तयारी अवस्थामा छन् । तसर्थ अस्पतालमा अन्य प्रकारका विरामीहरुको घुँइचो छैन । अस्पतालमा आवश्यक पर्ने मेडिकल सामग्रीहरुको अपर्याप्तताका कारण अस्पताल डराउने गरेको पनि सत्य हो ।

सरकारले अस्पतालहरुमा आवश्यक मेडिकल सामाग्रीहरु पुराउन ढिलाई गर्नु हुँदैन र अस्पतालहरुले पनि आम नागरिकलाई यस्तो विपतको बेलामा आईपरेको रोगको उपचारमा डराउने, आत्तिने र जिम्मेवारीबाट पन्छिनु हुँदैन । कोरोना संत्रासका कारण अन्य विभिन्न प्रकारका विरामीहरुको अवस्था पनि बिग्रिन सक्छ, सरकारले त्यतातिर ध्यान पु¥याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

माजिद अन्सारी पक्राउ प्रकरणबारे रास्वपा सांसद खरेलको कडा चेतावनी ‘प्रहरीको अनुहारमा बालेन र सुदन गुरुङ’

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu