ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइसोलेसनमा मृत्यु भएका बाबुरामको शव ११ दिन पछि दाहसंस्कार । मृत्युको कारण भने अनुत्तरित


sharan sharan
२६ चैत्र २०७६, बुधबार   ९ : ३७   बजे

बुटवल, २६ चैत्र । कोरोना [विशेष] अस्थायी अस्पताल बुटवलको आइसोलेसमा उपचारका क्रममा ज्यान गुमाएका बाबुराम थापाको ११ दिनपछि शव बुझ्ने सहमति भएपनि थापाको मृत्यु के कारणले भएको भन्ने बिषय अनुत्तरीत बनेको छ ।
३४ वर्षिय थापाको मृत्यु प्रकरण बल्झिदै गएपछि ११ औं दिनमा परिवार, प्रदेश सरकार र [सरोकारवाला] पक्षबिच सहमति भएर शव बुझ्ने निर्णय भएपनि थापाकी श्रीमतीले के कारणले श्रीमानको मृत्युको भएको हो ? भन्ने प्रश्न भने अनुत्तरीत बनेको छ । मृत्यु पछि कोरोना भाईरसको रिपोर्ट नेगेटिभ भेटिएपछि मृतक थापाकी श्रीमती रिता थापाले श्रीमानको मृत्युको कारण माग गर्दै शव बुझ्न अस्विकार गर्दै आएकी थिईन् ।

मृतक थापाका् शव आजै धार्मिक परम्परा अनुसार दाहसंस्कार गरिएको छ । अस्पतालबाट पिपिई लगाएका अस्पतालका कर्मचारीहरुले शबदाह गृहसम्म शव पुर्याई अन्त्येष्ठी गरिएको थियो । मृतक थापाको शव पिपिई लगाएका स्वास्थ्य कर्मचारीले छुट्टै ट्याक्टरमा राखेर स्मशानघाट सम्म पुर्याइएको थियो । परिवार एम्बुलेन्समा र मलामी अर्कै सवारी साधनमा घाटसम्म पुगेका थिए । त्रासपुर्ण वाताबरणमा दाहसंस्कार गरिएबाट बाबुराम थापा कोरोनाको कारणले मृत्यु भएको हो कि भन्ने आशंका बढाएको छ ।
प्रदेश ५ को सामाजिक बिकास मन्त्रालयमा आज भएको सर्बपक्षिय छलफलले सहमति जुटाएको हो ।
आज भएको सहमतिमा परिवारलाइ दिनेगरि आधारभूत राहत कोष बनाउने जसमा शुरुमा ५ लाख ५ हजार रकम रहने भनिएको छ । त्यसमा आर्थिक सहयोग थप जुटाइने उल्लेख गरिएको छ । कोषमा दाताहरुको सहयोगबाट आजमात्रै साढे ८ लाख रकम संकलन भैसकेको उद्यमी जगत पोखरेलले बताउनुभयो ।
सहयोग जुटाउन तथा ब्यवस्थापन गर्न पूर्व सांसद बिनोद पहाडी, उद्यमी जगत पोखरेल, अधिकारकर्मी पदम कार्की, होटल ब्यबसायी समुद्र जिसिको पहल र जिम्मेबारीमा रहनेगरि कोष बनाइएको सहमतीमा लेखिएको छ ।
सहमतीमा २ वटा छोराहरुलाई उच्च शिक्षासम्म पठनपाठन र मृतककी श्रीमती रिता थापा क्षेत्रीलाइ सैनामैनामै स्थानीय सरकारले योग्यता अनुसारको रोजगार दिने समेत निर्णय भएको पुर्व सभासद विनोद पहाडीले बताउनुभयो ।
सहमती पछि लुम्बिनी प्रादेशिक अस्पतालको शवग्रहमा रहेको शव परिवारले बुझेर अन्तिम संस्कार गर्ने भएकाछन् ।
पाल्पा रिब्दिकोट ५ कुसुमखोला स्थायी घर भई थापा परिवार सैनामैना नगरपालिका ४ सिसौंडाडामा डेरामा बस्दै आएको छ । दुबईबाट चैत्र पहिलो साता नेपाल फर्किएका थापा उपचारका लागि चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए ।
अस्पतालमा भर्ना भएको चौथो दिन चैत्र १६ गते धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा उनको ज्यान गएको थियो । उनको मृत्यु भएको दिन मात्रै स्वाब परीक्षणका लागि पठाइएको थियो भने दोस्रो दिन मात्रै रिपोर्ट नेगेटिभ आएको थियो । मृत्यु भएको केहि दिन कोरोना भाइरसकै कारण मृत्यु भएको आशंकामा शव उठाउन आफन्त नजुटेपछि पछि स्थानीय अधिकारकर्मी तथा स्थानीय राजनितीकदलहरुले पिडीत परिवारलाई न्याय दिलाउन आवाज उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्वी नवलपरासीको गैंडाकोटका बस्तीमा बाढी

उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी उपत्यकामै होल्ड

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu