ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नया“ वर्षको शुभकामना भन्न सकिन !


ABC NEWS
३० चैत्र २०७६, आइतबार   १० : २०   बजे

धेरै दिनबाट मोबाइलको म्यासेन्जरमा नया“ वर्षको शुभकामना आइरहेको थियो । एक एक गरेर नयां वर्षको शुभकामना दिने स्वभाव त मेरो पहिलेबाट नै हैन । एकमुष्ट शुभकामना दिएर परिवार र साथीभाइहरुसंग रमाउने अवश्य गरिन्थ्यो । तर यसपटक त्यो गर्ने हिम्मत पनि आएन । विश्व नै भाइरसको सन्त्रासले लक्डाउनमा परेको समय अनेक न्युज प्रोटलहरुले पस्किरहेका समाचारहरुमा कोरोना भाइरसकै विषयमा दिइरहेका छन् । ज्यानको बाजी लगाएर अन्तिम समयसम्म बिरामी बचाउन प्रयास गर्ने डाक्टरहरुले समेत ज्यान गुमाउन बाध्य भए । सञ्चारगृहका मान्छे भएर पनि होला हरेक अप्ठयाराहरुलाई छिचोल्दै अन्तिमसम्म जनतालाई सुचना प्रदान गर्नुपर्ने अवस्थामा छांै हामी । चौतर्फी संकट छ । मानवीय अस्तित्वमै संकटको घन्टी बजिरहेको जटिल समयमा एकअर्कामा शुभकामना पनि कसरी भन्नु ? हुन त हामीकहां त्यति धेरै संक्रमित छैनन् । र पनि आम मानिस र हुनसक्ने खतरा कायमै छ । समाचारहरु हेर्दै जा“दा अनेक हस्पिटलमा कोरोनाको कहरले छटपटिएका मानिसहरुको बिलौना एकातिर छ, अर्कोतिर तिनै बिरामीलाई बचाउन खटिएका डाक्टरहरु समेत यही बिमारले छटपटिएका कहाली लाग्दा दृश्यहरु छन ।
मानिस भएपछि एकदिन मर्नु पर्छ । मृत्यु आज आउ“छ या भोली त्यो कसैलाई थाहा त छैन र पनि यस्ता मृत्युको संख्या बेलुकी सुतेर बिहान उठ्दा हजारौंको दरले बढेर अंकमा गनिन थाल्छ मानिसको अस्तित्व । न आफ्नाहरुसंगै रहन सक्ने न संगै रहेर एकघुट्की पानी खुवाउन सक्ने, न दुःख दिएको हिसाब गर्न सक्ने न सुखमा बिताएका पलहरुको बयान गर्न सक्ने न साथीभाइसंग का“धमा टाउको राखेर बिमारलाई अडेस लाउन मिल्ने न दुःखका पहेलीहरु खोलेर बिमारलाई कम गराउन मिल्ने । यति धेरै जटिलताको बीचमा पनि शुभकामना दिनुहुने अनि सामाजिक सन्जालमा शब्द शुभकामना ब्यक्त गर्ने साथीभाई इष्टमित्र कसैलाई पनि शुभकामना भन्न पटक्कै मन लागेको छैन ।
मन उदास भएर जीवन अर्थहीन लाग्न थालेको अवश्य हैन । अनेक अप्ठयरोहरुलाई छिचोल्दै नयां बिहानीको उदय पक्कै पनि हुनेछ । समय उही छ । सुर्य बिहान आफ्नै समयमा उदाइरहेको छ । बेलुकी आफ्नै समयमा अस्ताइरहेको छ । दिनहरु उस्तै छन । कहिले घाम लागेको छ कहिले पानी पनि परेको छ । आकशमा यसो आ“खा घुमाएं, बादलहरुका आफ्नै आकारहरु छन्, कतिखेर गुडियाजस्ता कतिखेर रामायण भित्रका ऋषिहरु जस्ता देखिने । अनेक आकृतिहरुले आफ्नो गन्तब्य बदल्दै केही नभए जस्तै हिंडिरहेका छन् । घरै अगाडिका रुखहरु ठम्म उभिएर मानिसहरुको ब्यग्र प्रतिक्षामा छन् सधंैझंै पातहरु हल्लिएर पहेंला भएका पातहरु झरेका छन् । जमिनमा अनेक किरा फट्यागं्रा लस्कर लाएर बेफिक्रि हिंडिरहेका छन् । एउटा मानिस मात्र घरभित्र बसेर जीवनको गति गनिरहेको छ । कतिखेर त्यो टक्क रोकिन्छ, कस्लाई के थाहा ? सायद यसैले पनि समय र दिनलाई शुभ मानेर शुभकामना भन्न मन तयार नै भएन ।
अनेक हतियार बनाएर दुनिया उडाउन सक्ने क्षमताको उपहास गर्दै नदेखिने भाइरसले जीवन लिएका अनेक पलहरु अलि वढी नै गह्रौ बन्दै छन् । सम्झे विकास र समृद्धिले उचाई छोएका देशहरु घुम्न पाउ“दा मात्र आफुलाई भाग्यमानी सम्झिने हामी मानिसहरु । आज ती देशहरुमा भएको भयाबह र हामीकहां समेत आफ्नो बर्चश्व बिस्तार गर्न सक्षम भएको भाइरसबाट त्रसित भएर घरभित्रै रहनु परेको समय शुभकामना जस्तो शब्द, अनि नयां वर्ष भनेर मानिसले नै राखेको नयां नाम लिएर आएको परिबेशलाई शुभ मान्न पनि निकै कठिन जस्तो भयो ।
अनेक चित्कार र रोदनमा मानिसहरुको जीवन लिला समाप्त हुंदै गइरहेको समयमा नयां कसरी हुन सक्छ ? आखिर यो पनि यौटा दिन हो । जस्को नामाकरण मानिसले नै गर्यो । युग युग बाट चल्दै आएको चलन जस्तै बर्ष पुजन हुंदा हामी नयां भावमा रमायौं । यो पनि त मानिसले नै बनाएको हो । आज त्यही मानिस यचि धेरै सन्त्रासमा बन्धक बनेको छ । अनि कसरी शुभकामना आदान प्रदान गर्ने ? लाग्यो जुन दिन यो भाइरसको अन्त हुनेछ, मानवीय इतिहास बदल्दै नयां बर्षको सुरुवात पनि त्यहींबाट हुनेछ । मनमा अनेक कुराहरु खेल्न थाले । पटक्कै हात चलेन । राम्रो काम गर्दा शुभसाइतमा गर्नुपर्छ । नयां बर्षको पहिलो दिन निकै शुभ हुन्छ भन्ने हजुरआमाको कुरा पटक पटक मनमा आइरह्यो । के सांच्चै भोली बिहानका दिनहरुले मानबीय अस्तित्वलाई नै समाप्त गर्ने भाइरसको अन्त गरेर सुनौलो बिहानी ल्याउने शुभ साइत सिर्जना गर्नेछ त ? केही आशाहरु पक्कै पलाएर आयो र पनि शुभकामना भन्न मन पटक्कै लागेन ।
समाचारहरु आइरहेका थिए । मानिसहरु आफ्नो मृत शरिर राख्ने कवर्डको अभावमा यत्रतत्र छरिइरहेका थिए । जताततै बिलौना थियो । सानो बच्चाले बाबु खेलौना लिएर किन आउंदैन भन्ने प्रश्नको जवाफ दिन नसकेर आमा बलिन्द्र धारा आंशु बगाउंदै थिइन् । आमा कहां गइन भन्ने प्रश्नको उत्तर दिन नसकेर कतै बाबु बच्चालाई चपक्क समाएर क्षितिज नियाल्दै थिए । पल पल संक्रमण बढिरहेको छ । मृत्युका संख्याहरु एकैछिनमा डबल भएका छन् । अनि कसरी शुभकामना भन्ने ? कमजोर भएर पक्कै हैन मन नै लागेन नयां बर्षको शुभकामना भन्न खै किन हो ? यस पटक मृत्युलाई जित्न म पनि घरभित्र बन्धक छु साथी ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

एआई एजेन्टको अँध्यारो पाटो: शक्ति छ, पारदर्शिता छैन

कर्णाली प्रदेशको बजेट २०८३/०८४:“सुशासनको मिठो भाषा र व्यवहारिक अभ्यासको कठिन दूरी”

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group