ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

(नेकपा) भित्रको विवाद उत्कर्षमा, मिलेरै अघि बढ्न संसदहरुको सुझाव (भिडियोसहित)


एबीसी न्यूज
१७ बैशाख २०७७, बुधबार   १० : ०५   बजे

काठमाडौं, १७ बैशाख । सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि शुरु भएको नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ । सरकारले अध्यादेश फिर्ता लिइसकेको अवस्थामा पनि विवाद झन भन्दा झन बढ्दै गएको छ । शीर्ष नेताहरु एकल र सामुहिक रुपमा गुट उपगुटको भेलामा ब्यस्त रहेका छन् । यद्यपी सांसदहरुले भने नेताहरुको छुट्टै भेलाको औचित्य नभएको भन्दै विधि र पद्धतीमा पालना गर्दै पार्टी चलाउन र सामुहिक रुपमा अगाडी बढ्न माग गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ । लामो समयदेखि आन्तरिक रुपमा असहमती र असमझदारी बढिरहेको नेकपाभित्र बैशाख ८ गते सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि त्यसको पार्टीभित्र तिव्र आलोचना भएको थियो । त्यसपछि नै नेकपाको विवाद बाहिर आएको छ भने शक्ति संघर्ष शुरु भएको छ ।

सरकारले बैशाख १२ गते विवाद कम गराउने हिसाबले अध्यादेश फिर्तालिए पनि पार्टी भित्रको विवाद रोकिएन । झनझन बढेर गइरहेको छ । विवादको विचमा शिर्ष नेताहरु एकपछि अर्को गर्दै अनौपचारिक भेटघाट तिव्र पारिरहेका छन् । बिभिन्न गुट, उपगुटमा नेताहरु विभक्त भएपनि खासगरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालको दौडधुप र सक्रियता बढेको छ भने आफु पक्षिय नेताहरुको भेला छुट्टाछुट्टै रुपमा तिव्र पारेका छन् । नेताहरुको यि भेलाहरुले पार्टीमा आन्तरिक शक्ति सन्तुलन पेचिलो बनेको निष्कर्ष निकाल्न गाह्रो छैन ।

नेताहरु समुह समुहको भेलामा लागेपछि नेकपा पार्टी फुट्नसक्ने, सरकार परिवर्तन हुनसक्ने सम्मको अड्कलबाजिहरु हुन थालेका छन् भने सहमती, सहकार्य र एकताको प्रयासपनि नेताहरुले थालेका छन् । तर कुन विन्दुमा पुगेर सहमती हुनेछ र विवाद साम्य हुनेछ भन्ने एकिन साथ भन्न सकिएको छैन । अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल लगायतका बहुमत सदस्यले पार्टी सचिवालय बैठकको माग गरेका छन् । २० जना स्थायी कमिटी सदस्यहरुले पनि स्थायी कमिटी बैठकको माग गरिरहेका छन् ।

तर अध्यक्ष ओली सचिवालय बैठक राख्न तयार भएपनि आन्तरिक रुपमा विवाद साम्य पार्ने मोडालिटीमा सहमती नभई बैठक राख्न सकेका छैनन । सहमतीमा ल्याउने प्रयत्न ओलीले जारी राख्नुभएको छ । नेताहरु यो र त्यागे मेरो पक्षको सांसद भनेर सांसदको जोड घटाउमै लागिरहेको अवस्थामा सांसदहरुले भने शिर्ष नेताहरुलाई मिलेर जान सुझाव दिएका छन् । सामुहिक निर्णय र एकतामा विधि सम्मत् ढंगले पार्टी चलाउन सांसदहरुको सुझाव छ । अहिले नेकपा भित्र देखिएको विवाद पार्टीलाई र सरकारलाई संस्थागत ढंगले अगाडी बढाउनको निम्ति भएको नेकपाका सांसद झपट रावल बताउनुहुन्छ ।

नेताहरु सांसद किनबेच गर्नसम्म लागेको सामाजिक सञ्जालमा पार्टी नेता कार्यकर्ताहरुकै प्रतिक्रिया आइरहेका छन् । नेताहरुले सांसदहरुलाई विभिन्न चरणमा भेला गर्न पनि शुरु गरेका छन् । यद्यपी सांसदहरु यता र उता तानातानमा नपरेको सांसद पार्वती कुमारी बिशंखे बताउनुहुन्छ । पार्टी भित्र शक्ति सन्तुलन मिलाउने प्रयत्न भइरहेको भएपनि नेताहरु एउटै थलोमा बसेर निर्णय गुर्नपर्ने उहाँको भनाई छ ।

नेकपाका नेताहरुको दौडधुप तिव्र रहेको छ । शिर्ष तिन नेताका आ–आफ्नै दाउ रहेका छन् । यद्यपी वार्ता र सहमतीको प्रयास भने तिनै नेताहरुबाट भईरहेको छ । सांसदहरुले नेताहरुलाई चौतारामा बसेर आ– आफ्नो भेला नगरी विधिसम्मत् ढंगले पार्टी कमिटीमा बसेर छलफल गर्न र विवाद सुल्झाउन अनुरोध गरेका छन् ।

नेकपा भित्रको अहिलेको विवादको सहमतीय स्वरुप कस्तो रहला त्यो भने हेर्न बाँकी नै छ । तर राजनीतिक स्थिरता र स्थायित्वको निम्ति नेकपालाई दिइएको जनमतको एक आपसमा जुँगाको लडाइँ गरेर अपमान गर्नु हुँदैन । सत्ता र शक्तिको निम्ति नै राजनीति गरिरहेको परिभाषालाई बदलेर राजनीतिक स्थिरता र स्थायित्वको निम्ति, जनताको निम्ति राजनीति गरिरहेको जनतालाई आश्वस्त पार्नु आवश्यक छ । नेकपा भित्रको विवाद र फुटले सरकार र सिंगो देशको राजनीतिक वृत्तमा दिर्घकालिन असर पर्छ । पद लोलुपता र शक्तिको लोभमा नलागि नेताहरु मिल्नुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu