ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लालबकैया खोलाका घाट–घाटमा पक्की पुल निर्माणसँगै छिमेकी जिल्ला लाभान्नित


admin
१३ मंसिर २०७४, बुधबार   १ : २४   बजे

रौतहट, १३ मंसिर । पुर्व–पश्चिम महेन्द्र राजमार्गको चन्द्रपुर नगरपालिका चन्द्रनिगाहापुरबाट करिब २५ किलोमिटर सिधा दक्षिण लागेपछि जयनगर चोकमा पुगिन्छ । यहाँबाट पनि करिब १२ किलोमिटर पश्चिम हानिएपछि पुगिन्छ रौतहटका ग्रामीण क्षेत्र । त्यहाँ पुग्ने जो कोहीलाई लाग्न सक्छ, के यो पनि नेपालकै मधेशको गाउँ हो त ? तर, यथार्थत यही नै हो, यो रौतहटकै एक ग्रामिण क्षेत्र हो । मौलापुर नगरपालिकाले परिचित यो ठाउँमा विकासको मूल फुटेको छ । यहाँको विकासको रफ्तारले भन्छ, अब रौतहट अरु भन्दा कम छैन ।

रौतहटका यी गाउँमा पुग्न पहिला हरेक समय लालवकैया खोलाबाट यात्रा गर्नुपर्ने बाध्यता थियो । समथल खोला बहनको क्षेत्र खोजेर तर्न जाँदा घण्टौ लाग्दथ्यो । तर, अहिले यहाँ विकासप्रेमी मन्त्री एवम् माओवादी केन्द्रका नेता प्रभु साहको पहलमा पुल बनेपछि दैनिकै निकै सह बनेको स्थानीयहरु बताउँछन् । यस पुलले आसपासका रौतहट, बारा, पर्साको वीरगञ्जसम्मका स्थानीयबासिन्दालाई प्रत्यक्ष फाइदा पुगेको छ । देवाही–गोनाही नगरपालिका र मौलापुर नगरपालिकाका स्थानीयबासिन्दालाई यस पुलले प्रत्यक्ष फाइदा भएको छ । २०६७ सालमा पुल निर्माण भएस“गै यात्रा निकै सहज हुदै गएको हो ।

लालबकैयामा मात्र होइन रौतहट जिल्ला भित्र बहने खोला नदीहरुमा यतिबेला धेरै पुलहरु निर्माण भएका छन् भने आसपासका जिल्ला जोड्ने नदिहरुमा पनि पुल निर्माण भएसँगै यात्रा निकै सहज र छोटो भएको छ । विभिन्न स्थानमा निर्माण भएका पुल माओवादी नेता तथा मन्त्री साहले संसद्मा सहभागी भएसँगै निरन्तरको प्रयासले सफल भएको भन्दै आफुहरुको दैनिकी निकै सहजभएको बताउँछन् स्थानीयबासिन्दा धीरज पटेल ।


यस्तै पुल दर्जनौं ठाउँमा निर्माणाधीन छन् । विभिन्न नदी, खोला र खोल्साहरुमा गरी साना ठूला पुलनिर्माण गर्न ४० स्थानमा सर्वे भई निर्माणको प्रक्रियामा छन् । पुल पुलोसे नहुँदा यसवर्षको बाढीमा रौतहटबासी जनताले पनि निकै कष्ट व्यहोर्नुपर्यो तर, प्रभु साहको पहलमा बन्न लागेका यी पुलपुलेसाले रौतहटबासीका साथै छिमेकी जिल्लालाई धेरै ठूलो गुन लगाएको छ । यस क्षेत्रमा भकुवा खोला आवात जावतलाई सहज बनाउन पुल तथा कलबट समेत निर्माण गरिएको छ । पुल निर्माण भएपछि ग्रामीण सडकहरुलाई समेत राजमागसँग जोड्न थालेका छन । लालबकैया खोलामा आधा दर्जन पक्कीपुल निर्माणाधीन छन भने हरेक घाटघाटमा निर्माण भएका पुलले दैनिकै सहज बनेको छ । बागमती नदिमा पुल निर्माणले सर्लाही र रौतहटको सम्बन्धलाई थप उचाईमा पु¥याएको छ । आगामी वर्षहरुमा यहाँका जनताले कम्तिमा पनि खोलाले बगाएर मृत्यु भएको समाचार सुन्न पर्नेछैन । सबै नगरलाई राजमार्गसँग जोड्ने र सबै नगर बस्तीहरुमा आधुनिक आवाससहित ढल निकासको कामले अभियानै सुरु भएको स्थानीयबास जगदिश बैठाको भनाइ छ ।

यतिमात्र होइन रौतहटका चोक–चोकमा आरामदायी र व्यवस्थित चौतारी निर्माण गरिएका छन् । परम्परागत चौतारी तथा चोकलाई आधुनिक तरिकारले व्यवस्थित गरिएसँगै स्थानीयको उपयोगिमा बृद्धि भएको छ । पुराना पार्टी पौवाहरुको जिर्णोद्वार प्रक्रिया समेत जारी छ । मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह ‘कविता’ पनि अहिले जुन गतिमा विकास निर्माण भएको त्यो गतिलाई झनै बढाउदै लैजाने तयारीमा लागेकी छन् । साहले व्यवस्थित ढल, सडक, खानेपानी, सिंचाई, सञ्चार स्वास्थ्य शिक्षा जस्ता क्षेत्रमा उल्लेखनीय काम गरी स्मार्ट सिटीको रुपमा विकसित गर्ने दाबी छ ।


स्वास्थ्यकर खानेपानीका लागि विभिन्न स्थानमा खानेपानीको ट्रयाङकी निर्माण गरी वितरण समेत गरिएको छ भने केही स्थानहरुमा निर्माण प्रक्रिया जारी छन् । स्वच्छ खानेपानीको वितरणसगै पानीबाट लाग्ने रोगमा निराकरण हुने विश्वासका साथ अभियान संचालन गरिएको छ । मौलापुर बजारमा जनयुद्धमा वीरगति प्राप्त गर्ने महान् सहिदहरुको सम्झनामा सहिद स्मारक स्तम्भ निर्माण गरिएको छ । मौलापुर बजारको चोकमा निर्माण गरिएको सहिद स्मारक स्तम्भ निर्माण गरिएस“गै यस क्षेत्रका नेता तथा कार्यकर्तालाई सहिदले देखाएको बाटोमा लाग्ने उत्प्रेरणा अझै थपभएको छ ।


मधेशमा समथर फाँटका बीचमा मानिसलाई घुमफिर र समय विताउने स्थान अभाव छ । तर, रौतहट सदरमुकाम गौर जाने पक्की सडकको दाहिनेतर्फ बङकुलमा सहिद स्मृति पार्क निर्माणको काम समेत सुरु भएको छ । यो पार्क बनेसँगै सध्याकालीन विचरण गर्न यहाँका वासिन्दालाई सहज हुने स्थानीयको भनाई छ । यस्तै, गोनाही–देवाही नगरपालिकामा निर्माणाधिन मधेशी सांस्कृतिक संग्राहालय निर्माण गर्न हुन लागेको छ । यो संग्रहालय सञ्चलनमा आएपछि मधेशमा जनयुद्धको ऐतिहासिक वस्तु तथा अन्य सामग्रीका साथै मधेशी कला साहित्यको संरक्षरण र संम्बद्धनमा सहयोग पुग्ने मेयर साहको भनाइ छ । जसको निर्माणका लागि जग्गाको रेखाङ्कन भै काम सुरु भएको छ । सुविधा सम्पन्न भौतिक संरचनाका साथ सञ्चालन भएको प्राथमिक स्वास्थ्य केन्द्रमा स्थानीय जनताले उपचार गर्न पाएका छन । पहिला–पहिला उपचारको नाममा सिटामोल समेत नपाएका स्थानीयहरुलाई अहिले स्वास्थ्य उपचार सेवा पाएका हुन ।

स्वास्थ्यकर खानेपानीका लागि विभिन्न स्थानमा खानेपानीको ट्रयाङकी निर्माण गरी वितरण समेत गरिएको छ भने केही स्थानहरुमा निर्माण प्रक्रिया जारी छन् । स्वच्छ खानेपानीको वितरणसँगै पानीबाट लाग्ने रोगमा निराकरण हुने विश्वासका साथ अभियान संचालन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group