ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङमा चुनावी सरगर्मी


admin
१३ मंसिर २०७४, बुधबार   १ : ५९   बजे

दाङ, १३ मंसिर । दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सरगर्मी दाङमा अहिले ह्वात्तै बढेको छ । विभिन्न राजनीतिक दल र त्यसका उम्मेदवारले चुनावी घरदैलो कार्यक्रम, सभा र प्रचारप्रसार अभियानलाई तीव्र पारेर मतदातासामु आ–आफ्नो पक्षमा मत माग्न व्यस्त छन् ।

दाङ क्षेत्र नं १ मा द्विपक्षीय प्रतिस्पर्धा देखिएको छ । त्यसैले सो क्षेत्रमा चुनावी सरगर्मी पनि निकै बढेको छ । थारू समुदायको बाहुल्यता भएको सो क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा थारू उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेको देखिन्छ । दाङ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसले नेत्री सुशिला चौधरीलाई उम्मेदवार बनाएको छ भने वाम गठबन्धनबाट एमालेका मेटमणि चौधरी चुनावी मैदानमा हुनुहुन्छ ।

त्यसैगरी सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि संघीय समाजवादी फोरमबाट अशोककुमार यादव, नेपाली काँग्रेस बिपीबाट अशोक खड्का, राजमोबाट कपिलदेव खनाल, मालेका रेखा केसी, संघीय खुम्बुवान् लोकतान्त्रिक नेपालका लीलाराम चौधरी, नयाँ शक्तिबाट होमप्रसाद शर्मा र स्वतन्त्रबाट सुरेन्द्र चौधरी, गौर सिं महत र प्रभुनारायण चौधरी चुनावी मैदानमा हुनुहुन्छ ।

त्यस क्षेत्रमा काँगे्रसबाट उम्मेदवार बन्नुभएका चौधरी पूर्वसांसदसमेत हुनुहुन्छ भने वाम गठबन्धनका उम्मेदवार चौधरी एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ । त्यहाँ मुख्य प्रतिस्पर्धा उहाँहरुबीच हुने देखिएको छ । चुनावी अभियान लिएर थारू बस्तीमा पुगेका उम्मेदवारले संविधानमा भएका अधिकारलाई कार्यान्वयन गर्दै किसानको पक्षमा काम गर्ने बताएका छन् ।

उनीहरुले दाङको देउखुरीलाई कृषि हवका रुपमा विकास गर्दै किसानलाई प्रविधिसँग जोड्ने कार्यक्रम ल्याउने प्रतिबद्धतासमेत जनाउँदै आएका छन् । देउखुरी क्षेत्रमा रहेको उर्वर भूमिमा व्यावसायिक खेतीको सम्भावना उच्च रहेकाले त्यसतर्फ कार्यक्रम अगाडि बढाउने र परम्परागत खेतीलाई विस्थापित गरेर वैज्ञानिक रुपमा कृषि क्षेत्रको विकास गर्नेमा उनीहरुले जोड दिदैं आएको छ ।

त्यसैगरी दाङ क्षेत्र नं १ को प्रदेश (क) बाट प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसबाट प्रदीप थापा र वाम गठबन्धनबाट माओवादी केन्द्रका इन्द्रजित थारू, नयाँ शक्तिका एकराज चौधरी, राजमोका जगतप्रसाद पौडेल, राष्ट्रिय जनमुक्ति पार्टीबाट रणबहादुर यादव, नेकपा मालेबाट सबिता जिसी पाण्डे, संघीय समाजवादी फोरमबाट सीताराम यादव र स्वतन्त्रबाट चुडामणि चौधरी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । त्यहाँ पनि काँग्रेस र वाम गठबन्धका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने निश्चित छ ।

त्यसैगरी सोहि क्षेत्रको प्रदेशसभा (ख) बाट काँग्रसका जानकीलाल बस्नेत, वाम गठबन्धनबाट एमालेका रेवतीरमण शर्मा, नेकपा मालेबाट कृष्णबहादुर क्षेत्री, राजमोबाट ठाकुरप्रसाद भण्डारी, नयाँ शक्तिबाट दिलबहादुर महतरा, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट नरेन्द्रबहादुर बंजाडे, संघीय खुम्बुवान् लोकतान्त्रिक पार्टीबाट भक्तबहादुर घर्ती मगर, संघीय समाजवादी फोरम नेपालबाट भरतलाल चौधरी, राप्रपा प्रजातान्त्रिकबाट किरणकुमार बुढाथोकी र स्वतन्त्रबाट दिक्पाल योगी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

चुनावी अभियान लिएर थारू बस्तीमा पुगेका उम्मेदवारले संविधानमा भएका अधिकारलाई कार्यान्वयन गर्दै किसानको पक्षमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्ने गरेका छन् । मुख्य प्रतिस्पर्धी दलका नेता र त्यसका उम्मेदवारले यस क्षेत्रका नागरिकको समस्यालाई समाधान गर्न र देउखुरी क्षेत्रलाई डुबानमुक्त गराउनेजस्ता विकासका एजेण्डा बोकेर मतदातलाई आकर्षित पार्न तल्लिन देखिन्छ ।

यस क्षेत्रमा गढवा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, लमही नगरपालिका र घोराही उपमहानगरपालिका–१, २, ३ र ५ वडा पर्दछन् । कुल एक लाख ११ हजार ९६ मतदाता रहेको सो क्षेत्रमा २४ वटा मतदानस्थल र ६८ मतदान केन्द्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

खाँडाचक्र नगरपालिका क्षेत्रमा पहिरो, घर जोखिममा

गुल्मीको तम्घास बजार दृश्य

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

खाँडाचक्र नगरपालिका क्षेत्रमा पहिरो, घर जोखिममा

गुल्मीको तम्घास बजार दृश्य

देउवा समूहको धार्मिक राष्ट्रियताको प्रयासले समाजमा तरंग

अमेरिकी अभिनेत्री हेडन प्यानेटियरको ३६ वर्षको उमेरमा निधन

पृथ्वीराजमार्गको मादी पुलमा दोस्रो आर्कको काम सुरु

German Christian Democrats Face Crisis as Far-Right Support Surges

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu