ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

(कोभिड–१९) का कारण मृत्यु भएपछिको जटिल मानिने शव व्यवस्थापनमा सेना र स्काउटले गरेको सहासिक कार्य


एबीसी न्यूज
४ जेष्ठ २०७७, आइतबार   ५ : ५७   बजे

काठमाडौं, ४ जेठ । सिन्धुपाल्चोकी २९ वर्षिया महिलाको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएपछिको जटिल मानिने शव व्यवस्थापनमा नेपाली सेना र नेपाल स्काउटले सहासिक कार्य गरेका छन् ।

जेठ १ गते राति महिलाको मृत्यु भएपनि सबै प्रक्रिया पुरा गरी शनिवार राति शव व्यवस्थापन गरीएको थियो । कोरोनाले मृत्यु भएपछि दाहसंस्कार भने कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले बनाएको शव व्यवस्थापनसम्बन्धी कार्यविधि अनुसार गर्नुपर्दछ । संक्रमण नफैलियोस् भनेर सतर्कता अपनाउन यो नीति अख्तियार गरिएको हो । शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार स्थलमा लानुपर्ने शर्त अनुसार कोरोना पुष्टि भएपछि पशुपतिमा रहेको विद्युतीय शवदाह गृहमा लैजाने निर्णय विपद व्यवस्थापन समितिको बैठकले गर्यो ।

तर, समस्या भने अब आयो । शव काठमाडौ लिएर कसले जाने । नेपालमा कोरोनाबाट मृत्यु भएको पहिलो केस भएकाले शव लिएर जान सबै हिच्किचाए । त्यसपछि भक्तपुर अस्पतालमा रहेको विपद व्यवस्थापनमा फोन आयो । त्यहा छलफलपछि शव व्यवस्थापनमा जान तयार भए, त्यहा रहेका नेपाल स्काउटका दुई स्काउटर र नेपाली सेना ।

विगत केही महिनादेखी भक्तपुर अस्पताल परिसरमा कोरोनाको लडाईविरुद्ध स्थानीय नागरिकलाई सहयोग र स्वयंसेवकका रुपमा कार्यरत अरुण सैंजु र राजेश गाईजू जान तयार भए । उनिहरु विगतमा पनि कोरोनाको शंकास्पद व्यक्ति र अन्य विरामीलाई घरबाट अस्पतालसम्म ल्याउने लैजाने काम गरिरहेका थिए । धुलिखेल अस्पतालको एम्बुलेन्सले शव लैजान नमानेपछि स्काउटको विपत व्यवस्थापन तालिम लिएका दुई स्काउटर र नेपाली सेनाले सो शव पशुपति पु¥याएका थिए । धुलिखेलबाट शवदाह गृह पु¥याउन निक्कै उच्च तरिकाको सुरक्षा व्यवस्था अपनाइएको थियो । रातिको समय भएकाले सडक खाली गरेर शव पशुपति पु¥याइएको हो ।

शव त्यहा पु¥याएपछि कार्यविधि अनुसार अन्तिम संस्कार गरिएको छ । अन्तिम संस्कारमा मृतक २९ वर्षिया महिलाका श्रीमानलाई मात्र सहभागी हुन दिइएको थियो । भक्तपुर स्काउटका जिल्ला आयुक्त रामगोपाल कर्माचार्यका अनुसार शव लैजान सहयोगी भूमिका खेलेका अरुण र राजेश अहिले क्वारेन्टाइनमा बसेका छन् । सुर्य विनायकस्थित नेपाली सेनाको ब्यारेकमा बनाइएको क्वारेन्टाइनमा गएराति देखी नै दुवै जना बसेको उहाले जानकारी दिनुभयो ।

बिरामी भन्दा शव बोक्दा सुरक्षित

राजेश भक्तपुरकै आदर्श आजादमा पनि पढाउँछन् । अरुण पनि भक्तपुरकै एभरेष्ट स्कूलमा अनुशासन इन्चार्ज पनि हुन् । उनीहरुसहित आठजना मिलेर ‘रेसक्यू एण्ड अवेरनेस–१६’ नामक संस्था नै खोलेर काम गरिरहेका छन् ।

लकडाउनको अवधिमा भक्तपुर अस्पतालमा आउने बिरामीको ज्वरो नाप्ने अरु व्यवस्थापनमा चार जना खटिएका छन् । उनीहरु आइसोलेसनमा बसेपछि अस्पतालमा नुज किजु र पुनम कर्माचार्यले ज्वरो क्लिनिक सम्हालेका छन् ।

भक्तपुरको बिरदल गणबाट शव व्यवस्थापनको तालिम लिएका थिए भने रेन्जर महाविर गण छाउनीबाट डेडबडी हयाण्डलिङ र डेमोस्ट्रेसनको तालिम लिएका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरबाट पीपीई लगाउने तालिम पाएका छन् उनीहरुले ।

आइसोलनमा रहेका अरुण र राजेशको शनिबार बिरामी तथा शव व्यवस्थापनको अनुभव नयाँ भने होइन । उनीहरुले लकडाउनको अवधिमा शंकास्पद बिरामी बोकेर पनि हिँडेका छन् । यस्तै मृत्यु भएकाहरुलाई घाटसम्म पनि लगिदिएका छन् ।

‘आरडीटी पोजेटिभ देखिएका, कोरोनाका शंका लागेका व्यक्तिको पनि यसअघि उद्धार गरिसकेको थिएँ,’ अरुणले भने, ‘बिरामी र कोरोना आशंका गरेको व्यक्ति बोक्नुभन्दा शव बोक्नु सजिलो हुन्छ । किनभने शव त राखेपछि एकै ठाउँमा रहन्छ । आफ्नो हिसाबले व्यवस्थापन गर्न सकिन्छ । बिरामीहरु बोक्दा भने केही गरिहाल्ने हो कि भन्ने तनाव भइरहन्छ,’ उनले भने, ‘सुरक्षा सतर्कता हामीले अपनाएकै हुन्छौं । त्यसैले धेरै डर त लाग्दैन । मान्छे हो अब त पचाइ सकें ।’

निजी गाडीलाई कोभिड एम्बुलेन्स
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष केपी ताम्राकारले प्रयोग गरिरहेको गाडीलाई अरुणले एम्बुलेन्स बनाउन मागेर चलाएका हुन् ।

‘अरुण भाईले यस्तो बेला अरु एम्बुलेन्सले कोभिड लागेको बिरामी र मृत्यु भएको व्यक्तिको उद्धार गर्न गाडी भएन भनेपछि मैले दिएको हो,’ ताम्राकारले भने, ‘गाडी त मैले दिएँ, तेल भने उसले नै व्यवस्थापन गरिरहेको छ ।’

ताम्राकारबाट प्राप्त गाडीलाई विरदल गणका कर्णेल शिव पौडेल र अरुणले मोडिफाई गरेर कोभिड एम्बुलेन्स बनाएका हुन् । यो पाकिस्तानी दुतावासले लिलामी गर्दा ताम्राकारका साथीले किनेको टोयटा सर्फ जीप हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group