ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मतदाता शिक्षा प्रभावकारी नहुँदा मत बदर हुने संभावना


admin
१५ मंसिर २०७४, शुक्रबार   ९ : ३९   बजे

काठमाडौँ, १५ मंसिर । स्थानीय तहलगत्तै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएका कारण मतदातामा पर्याप्त मात्रामा मतदाता शिक्षा पुग्न सकेको छैन ।

प्रतिनिधि चुन्न मत दिने अधिकार प्राप्त मतदातालाई प्रभावकारी रुपमा मतदाता शिक्षा दिनुपर्ने जरुरी भए पनि समय अभाव र ठूल्ठूला निर्वाचन एकै पटक गराउनुपर्ने हुँदा संभव नभएको होे ।
दोलखाकी ५८ वर्षीय रमिला थापाले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारको मत चिह्नमा छाप लगाउनुभयो तर समानुपातिक मतदान गर्ने चिह्न धेरै भएकाले एउटामा मत दिन छुटाउनुभयो । “तीनवटा मतपत्र थियो, मैले साना साना दुईमा लगाए अनि ठूलो मतपत्रमा एक छाप लगाए”, उहाँले थप्नुभयो । प्रतिनिधिसभा वा प्रदेशसभाको समानुपातिक उम्मेदवारलाई भने मत दिन उहाँले छुटाउनुभयो ।

पतपत्रको चिह्नमा छाप लगाउन राम्ररी ज्ञान नभएकी रमिलालाई जस्तै ४० वर्षीय सुनिता थामीले पनि मतदानका क्रममा समानुपातिक मतपत्रमा छाप लगाउँदा झुक्किनु भएछ । “रातो रंगको ठूलो मतपत्रमा धेरै चिह्न थिए, माथिको दुई चिह्नमा मात्र छाप लगाँए”, मतदानपछि उहाँले आफ्ना साथीहरुलाई सुनाउनुभयो । सुनिताले पनि प्रतिनिधिसभा र प्रदेशसभाका कुनै एक एक उम्मेदवारलाई मत दिनुपर्नेमा माथि नै दुईवटा छाप लगाउनुभएछ ।

मतदान गर्न जाँदा मतदाता शिक्षाको ज्ञान नभएर छाप लगाउँदा बिगार्ने रमिला र सुनिता प्रतिनिधि पात्र मात्र हुन् । यस्तै ज्ञान नभएर कतिले बिगारे होलान् । त्यो मतगणनापछि नै थाहा हुन्छ । निर्वाचनका बेला खेतीपाती भित्र्याउने मौसम भएका कारण पनि मतदाता शिक्षा प्रभावकारी हुन नसकेको देखिन्छ । धान भित्र्याउने चटारोमा लागेका मतदातालाई घरदैलो पुगेका मतदाता शिक्षा दिनेहरुले भेटेर सिकाउने मौका नै पाएनन् ।

निर्वाचन आयोगले पनि अन्तिममा मतपत्र फरक छाप्नुपर्ने भएकाले कात्तिक २८ गतेदेखि मात्र निर्वाचन शिक्षाका लागि टोली खटाएको हुँदा मतदाता शिक्षा दिनका लागि समय पनि कम भएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालको भनाइ छ ।

अर्यालले थप्नुभयो, “मतपत्र फरक तरिकाले छाप्नुपर्ने हुँदा समय पनि एकदम कम भएकै हो, पहिलो चरणको १० गतेको निर्वाचनका लागि मतदाता शिक्षा हतारमा दिइएको हो, मतदातालाई राम्ररी सिकाउने समय नै भएन ।”

उहाँका अनुसार पहिलो चरणको मतदानमा कति प्रतिशत मतपत्र बदर भयो भन्ने कुरा मतगणनापछि मात्र थाहा हुन्छ । प्रतिनिधिसभाको एक हरियो, प्रदेशसभाको एक हरियो र समानुपातिकको रातो मतपत्रमामा माथि र तल एक–एक चिह्न लगाउनुपर्नेमा माथि नै दुईवटा लगाएको भन्ने कुरा आएको छ । त्यसलाई ध्यानमा राखेर आयोगले दोस्रो चरणका निर्वाचनमा दलका नेताहरुलाई मत छाप लगाउने तरिका समेत सिकाउन जरुरीे छ । बुझेकाहरुले अरूलाई पनि बुझाउनसमेत आयोगले आग्रह गरेको छ ।

आयोगले १९ हजार ८०९ वटै मतदान केन्द्रका प्रत्येक केन्द्रमा एक–एक कर्मचारी मतदाता शिक्षाका लागि खटाएको छ । सञ्चारमाध्यमका साथै कतिपय गैरसरकारी संस्थाले पनि निर्वाचन शिक्षाका लागि सहकार्य गरेका छन् ।

मतदाता शिक्षा अभियान सञ्चालन गरेको नेपाल मतदाता शिक्षा मञ्चका अध्यक्ष भक्त विश्वकर्माले भन्नुभयो, “मतदातालाई कतिवटा मतपत्रमा छाप लगाउने, कसरी चिह्न लगाउने भन्ने विषयमा सामूहिक भेला गराएर मतदाता शिक्षा दिएका छौ ।” उहाँका अनुसार केन्द्रले एकै ठाउँमा ४०÷५० जना मतदाता जम्मा गरी मतदाता शिक्षा दिने कार्यक्रम सञ्चालन ग¥यो । निर्वाचन शिक्षा अभियान सञ्चालन गरेको प्रत्येक जिल्लामा नमूना मतदान तीन÷चार घण्टा दुई दिनसम्म कार्यक्रमसमेत सञ्चालन गरेको थियो । उक्त केन्द्रले दोलखा, रामेछाप, ओखलढुंगा, धादिङ, काभ्रे, सिन्धुपाल्चोकमा निर्वाचन कार्यक्रम सञ्चालन गरेको थियो ।

आयोगले पनि घरघरमै गएर पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । खेतीपातीको भित्र्याउने समय भएको हुँदा मतदातालाई पर्याप्त जानकारी गराउन कठिन भयो । स्थानीय तहको निर्वाचनमा बदर मत भएको कुरालाई ध्यानमा राखी दोस्रो चरणका प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा मत बदर हुन नकिन सर्तकता अपाउनुपर्नेमा सम्बद्ध पक्षको जोड छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group