ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मापदण्ड विपरित क्वारेन्टाइन हुँदा ,क्वारेन्टाइन नै कोरोना प्रसारको केन्द्र बन्दै – डा.खड्का (भिडियोसहित)


एबीसी न्यूज
१८ जेष्ठ २०७७, आइतबार   ४ : ३६   बजे

काठमाडौं, १८ जेठ । कोभिड–१९ रोकथामका लागि देशैभर ‘क्वारेन्टाइन’ बनाइएका छन् । सम्भावित संक्रमित राखिने क्वारेन्टाइनका लागि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले मापदण्ड तोकेको छ ।

तर, स्थानीय सरकार, प्रशासन वा संघ–संस्थाले होडबाजीमा बनाएकामध्ये झण्डै पचास प्रतिशत मापदण्ड विपरित हुँदा क्वारेन्टाइन नै कोरोना प्रसारको केन्द्र बनेको छ । स्थानीय तहमा बनाइएको अधिकांश क्वारेन्टाइन अव्यवस्थित छन भने सबै क्वारेन्टाइनको अवस्था हरिविजोग छ ।

खुला चौरमा, खाली भूईँमा, छाप्रोमा र हुँदा–हुँदा ओढारमा समेत क्वारेन्टाइन बनाइएको छ । विद्यालयका बेन्च जोडेर शैया भन्दै बनाइएका क्वारेन्टाइनका कतिपय ठाउँमा/कोठामा मान्छे राखिएको नभइ कोचिएको कारण नेपाल थप संक्रमण फैलिन सक्ने जीवाणु वैज्ञानीक डाक्टर सुदीप खड्काले बताउनुभयो ।

अमेरिकाको जर्जिया राज्यको इन्स्टिच्युट फर बायोमेडिकल साइन्समा कार्यरत  डाक्टर सुदीप खड्काले एवीसी न्यूजको कोरोना विषेश कार्यक्रममा बोल्दै  नेपालमा अव्यवस्थीत क्वारेन्टाईन भन्दा घरमै केहि निश्चित दायर बनाएर बस्दा कोरोना फैलन सक्ने जोखिम कमगर्न सकिने बताउनुभयो । उहाले यस्ता मापदण्ड विपरीत निमार्ण गरिएका क्वारेन्टीन बन्द गरिनुपर्ने समेत बताउनुभयो ।

अधिकांश ठाउँमा विद्यालय र सामुदायिक भवनलाई क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको छ, जहाँको अस्तव्यस्तताले संक्रमण रोक्ने होइन, सध्दे मान्छेलाई पनि संक्रमित बनाउने खतरा छ । क्वारेन्टाइन व्यवस्थित नहुँदा सम्भावित संक्रमित बस्न नचाहने र बसिरहेका पनि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको आँखा छलेर उम्किने, भाग्ने समस्याले संक्रमणको जोखिम झनै बढाएको डा. खड्काले बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनले तोकेको क्वारेन्टाइन व्यवस्थापनको आधारभूत मापदण्ड

– उपयुक्त र पर्याप्त खाना, पानी र सरसफाइ । संक्रमण रोकथाम तथा नियन्त्रणका न्यूनतम उपायको कार्यान्वयन ।
– स्वास्थ्य अवस्थाको अनुगमन तथा न्यूनतम आवश्यकता पूर्तिको सुनिश्चितता । सम्भव भएसम्म पर्याप्त रुपमा हावामा ओहोर–दोहोर गर्न सक्ने एकल कोठा ।
– रहेका व्यक्तिबीच शारीरिक दूरी कायम । बाहिर रहेका परिवारका सदस्यसँग कुराकानी र सञ्चार गर्ने प्रबन्ध । मनोरञ्जनको व्यवस्था, मनोसामाजिक सहायताको उपलब्धता ।

यसबाहेक नेपाल सरकारको मापदण्डअनुसार क्वारेन्टाइन स्थलमा स्वास्थ्य सामग्रीसहित प्रतिसय जनाका लागि एक–एक मेडिकल अधिकृत, स्वास्थ्य परिचारिका र प्यारामेडिक तथा आवश्कता बमोजिम ल्याब टेक्निसियन र २४ सै घन्टा एम्बुलेन्सको व्यवस्था हुनुपर्ने समेत डा. खड्काले बताउनुभयो ।

अस्पताल सरहकै सेवा–सुविधा हुनुपर्ने भनिएपनि बाँकेको नरैनापुरको घटनाले क्वारन्टाइनको भद्रगोल अवस्था उदाङ्गो पारिसकेको स्वयं चिकित्सक र विज्ञहरुकै भनाइ छ । क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ ले ‘रोगको संक्रमण फैलन सक्ने अवस्थालाई आंकलन गरी सम्भावित जोखिम भएका व्यक्तिलाई बाह्य सम्पर्कबाट छुट्याई तोकिएको स्थान वा घरमा कम्तीमा १४ दिनसम्म अलग्गै राखिने अवस्थालाई ‘क्वारेन्टाइन’ भनिन्छ भनेको छ ।

https://www.facebook.com/abctelevision/videos/680885152489618/

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group