काठमाडौँ, २१ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार लकडाउनको २ महिनाको अवधिमा ३० जना सुत्केरी तथा गर्भवती महिलाहरुको मृत्यु भएको छ । लकडाउनका कारण स्वास्थ्य संस्था तथा यातायातमा असर पुगेपछि गर्भवती तथा सुत्केरी महिलाहरु निरुन्तर रुपमा स्वास्थ्य सेवाको पहु“चबाट टाढा रह“दै आएका छन् । त्यसो त क्वारिन्टनहरुबाट नै संक्रमणको जोखिम बढिरहेको बेला संक्रमित गर्भवती एवम् सुत्केरी महिलाहरु थप उच्च जोखिममा परिरहेका छन् ।
संखुवासभा खा“दबारी नगरपालिका ६ की एक ३२ वर्षिया गर्भवती महिला गंगा कार्कीलाई गत चैत ४ गते खा“दबारी जिल्ला अस्पतालमा भर्ना गरिएको थियोे । शिशु अप्ठ्यारो अवस्थामा रहेको पत्ता लागेपछि उनलाई विराटनगरस्थित नोबेल अस्पतालमा रिफर गरियो । नोबेल अस्पतालमा मृत शिशु जन्माएर बेहोस अवस्थामा पुगेकी उनलाई पुनः काठमाडौंस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पताल थापाथलीमा रिफर गरियो, तर समयमै भेन्टिलेटर उपलब्ध हुन नसकेपछि गत जेठ ९ गते उनको अकालमा ज्यान गयो ।
यस्तै डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका ४ राजपुरको सुजङ अस्पतालमा सुत्केरी व्यथा लागेर ३ दिन अघि नै भर्ना भएकी केआइसिंह गाउ“पालिका–४ वायलकी २९ वर्षीया नारु कार्कीको पनि यही जेठ १८ गते ज्यान गयो । उनको शल्यक्रियामार्फत सुत्केरी गराईएको थियो । त्यसो त नेपालमा पहिलोपटक कोरोनाका कारण सिन्धुपाल्चोककी ९ दिने सुत्केरी महिलाको नै ज्यान गएको थियो ।
गर्भवती तथा सुत्केरी महिलाहरु उपचार अभाव लगायतको समस्यामा अकालमै कसरी ज्यान गुमाईरहेका छन् भन्ने यी त प्रतिनिधि पात्रहरु मात्रै हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार लकडाउन अवधिमा ३० जना गर्भवती तथा सुत्केरी महिलाहरुले ज्यान गुमाएका छन् । अघिल्ला वर्षहरुको तुलनामा यो मृत्युदर झण्डै ४ गुणाले बढी हो । गत वर्ष भने यो समयमा ८ जना गर्भवती तथा सुत्केरी महिलाहरुले ज्यान गुमाएका थिए । लकडाउनमा नियमित स्वास्थ्य जा“च एवं यातायातको असुविधा बढेपछि गर्भवती तथा सुत्केरी महिलाहरुको स्वास्थ्यमा पनि उच्च जोखिम बढिरहेको छ । यस विषयमा सरकारको ध्यानाकर्षणका लागि संसदमा निरन्तर विषय उठिरहेको पनि छ ।
कोरोना महामारीका कारण गर्भवती तथा सुत्केरी महिलाहरुको स्वास्थ्य जोखिममा थप वृद्धि भएको छ । विशेषतः सिमा नाका र सीमावर्ती जिल्लाका क्षेत्रका गर्भवती महिलाहरुमा यो जोखिम अझ बढी छ । कसैको क्वारिन्टनमै मृत्यु भईरहेको छ, कसैको अस्पतालबाट डिस्चार्जपछि पनि मृत्यु भईरहेको छ । लकडाउनको समयमा स्वास्थ्य सेवाहरु सधैं खुला राखिनुपर्ने माग संसदमा पनि निरन्तर उठिरहेको छ । बर्दिया लगायतका भारतबाट नेपाल छिर्ने नाकाहरुमा कोरोना परीक्षणका लागि आरडिटी र पीसिआर मेसिनहरु समेत छैनन् । क्वारेन्टिनहरु पनि दयनिय र अस्तव्यस्त छन्, उल्टै क्वारिन्टिनहरु नै कोरोना उत्पादन केन्द्र बन्छन् कि भन्ने त्रास बढिरहेको छ । यी विविध विषय यतिबेला संसदको बहसको विषय बनेका छन् ।
लकडाउनका कारण यातायातका साधन ठप्प छन्, यति मात्रै होईन स्वास्थ्य संस्थाहरु समेत प्रभावित बनेका छन् । यो अवस्थामा अन्य बिरामीहरु पनि उपचार अभावमा स्वास्थ्य सेवाको पहु“चबाट टाढा रहिरहनुपरेको अवस्था छ भने कमजोर अर्थात् गर्भवती तथा सुत्केरी महिलाहरुको मृत्यु दिनहु“जसो भईरहेको छ । यसर्थ, लकडाउनमा यि विषयलाई मध्यनजर गर्दै लकडाउनमा स्वास्थ्य सेवालाई व्यवस्थित गर्नसक्नुपर्ने सरोकारवालाहरुको सुझाव छ ।
देशैभरमा लकडाउनमा मृत्यु हुने गर्भवती तथा सुत्केरी महिलाहरुको संख्या ३० भन्दा अझै बढि हुन सक्ने अन्दाज पनि एकातिर गर्न सकिन्छ । लैंगिक हिंसा, असुरक्षित गर्भपतन एवम् उच्च रक्तश्राव र उपचार सेवाको अभावमा गर्भवती र सुत्केरी महिलाहरुमा थप चुनौती बढिरहेको छ । त्यसो त, सरकारले यस्ता महिलाहरुको उद्धारका लागि पहल नगरेको पनि हैन, तर यसले गर्भवती तथा सुत्केरी महिलाहरुको मृत्युदरलाई रोक्न सकेको छैन । यस्ता संवेदनशील विषयहरुमा थप संवेदनशील भई अघि बढ्नु अतिआवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्