ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लकडाउनको २ महिनाको अवधिमा ३० जना सुत्केरी तथा गर्भवती महिलाहरुको मृत्यु (भिडियोसहित)


एबीसी न्यूज
२१ जेष्ठ २०७७, बुधबार   १२ : ३८   बजे

काठमाडौँ, २१ जेठ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार लकडाउनको २ महिनाको अवधिमा ३० जना सुत्केरी तथा गर्भवती महिलाहरुको मृत्यु भएको छ । लकडाउनका कारण स्वास्थ्य संस्था तथा यातायातमा असर पुगेपछि गर्भवती तथा सुत्केरी महिलाहरु निरुन्तर रुपमा स्वास्थ्य सेवाको पहु“चबाट टाढा रह“दै आएका छन् । त्यसो त क्वारिन्टनहरुबाट नै संक्रमणको जोखिम बढिरहेको बेला संक्रमित गर्भवती एवम् सुत्केरी महिलाहरु थप उच्च जोखिममा परिरहेका छन् ।

संखुवासभा खा“दबारी नगरपालिका ६ की एक ३२ वर्षिया गर्भवती महिला गंगा कार्कीलाई गत चैत ४ गते खा“दबारी जिल्ला अस्पतालमा भर्ना गरिएको थियोे । शिशु अप्ठ्यारो अवस्थामा रहेको पत्ता लागेपछि उनलाई विराटनगरस्थित नोबेल अस्पतालमा रिफर गरियो । नोबेल अस्पतालमा मृत शिशु जन्माएर बेहोस अवस्थामा पुगेकी उनलाई पुनः काठमाडौंस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पताल थापाथलीमा रिफर गरियो, तर समयमै भेन्टिलेटर उपलब्ध हुन नसकेपछि गत जेठ ९ गते उनको अकालमा ज्यान गयो ।

यस्तै डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका ४ राजपुरको सुजङ अस्पतालमा सुत्केरी व्यथा लागेर ३ दिन अघि नै भर्ना भएकी केआइसिंह गाउ“पालिका–४ वायलकी २९ वर्षीया नारु कार्कीको पनि यही जेठ १८ गते ज्यान गयो । उनको शल्यक्रियामार्फत सुत्केरी गराईएको थियो । त्यसो त नेपालमा पहिलोपटक कोरोनाका कारण सिन्धुपाल्चोककी ९ दिने सुत्केरी महिलाको नै ज्यान गएको थियो ।

गर्भवती तथा सुत्केरी महिलाहरु उपचार अभाव लगायतको समस्यामा अकालमै कसरी ज्यान गुमाईरहेका छन् भन्ने यी त प्रतिनिधि पात्रहरु मात्रै हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार लकडाउन अवधिमा ३० जना गर्भवती तथा सुत्केरी महिलाहरुले ज्यान गुमाएका छन् । अघिल्ला वर्षहरुको तुलनामा यो मृत्युदर झण्डै ४ गुणाले बढी हो । गत वर्ष भने यो समयमा ८ जना गर्भवती तथा सुत्केरी महिलाहरुले ज्यान गुमाएका थिए । लकडाउनमा नियमित स्वास्थ्य जा“च एवं यातायातको असुविधा बढेपछि गर्भवती तथा सुत्केरी महिलाहरुको स्वास्थ्यमा पनि उच्च जोखिम बढिरहेको छ । यस विषयमा सरकारको ध्यानाकर्षणका लागि संसदमा निरन्तर विषय उठिरहेको पनि छ ।

कोरोना महामारीका कारण गर्भवती तथा सुत्केरी महिलाहरुको स्वास्थ्य जोखिममा थप वृद्धि भएको छ । विशेषतः सिमा नाका र सीमावर्ती जिल्लाका क्षेत्रका गर्भवती महिलाहरुमा यो जोखिम अझ बढी छ । कसैको क्वारिन्टनमै मृत्यु भईरहेको छ, कसैको अस्पतालबाट डिस्चार्जपछि पनि मृत्यु भईरहेको छ । लकडाउनको समयमा स्वास्थ्य सेवाहरु सधैं खुला राखिनुपर्ने माग संसदमा पनि निरन्तर उठिरहेको छ । बर्दिया लगायतका भारतबाट नेपाल छिर्ने नाकाहरुमा कोरोना परीक्षणका लागि आरडिटी र पीसिआर मेसिनहरु समेत छैनन् । क्वारेन्टिनहरु पनि दयनिय र अस्तव्यस्त छन्, उल्टै क्वारिन्टिनहरु नै कोरोना उत्पादन केन्द्र बन्छन् कि भन्ने त्रास बढिरहेको छ । यी विविध विषय यतिबेला संसदको बहसको विषय बनेका छन् ।

लकडाउनका कारण यातायातका साधन ठप्प छन्, यति मात्रै होईन स्वास्थ्य संस्थाहरु समेत प्रभावित बनेका छन् । यो अवस्थामा अन्य बिरामीहरु पनि उपचार अभावमा स्वास्थ्य सेवाको पहु“चबाट टाढा रहिरहनुपरेको अवस्था छ भने कमजोर अर्थात् गर्भवती तथा सुत्केरी महिलाहरुको मृत्यु दिनहु“जसो भईरहेको छ । यसर्थ, लकडाउनमा यि विषयलाई मध्यनजर गर्दै लकडाउनमा स्वास्थ्य सेवालाई व्यवस्थित गर्नसक्नुपर्ने सरोकारवालाहरुको सुझाव छ ।

देशैभरमा लकडाउनमा मृत्यु हुने गर्भवती तथा सुत्केरी महिलाहरुको संख्या ३० भन्दा अझै बढि हुन सक्ने अन्दाज पनि एकातिर गर्न सकिन्छ । लैंगिक हिंसा, असुरक्षित गर्भपतन एवम् उच्च रक्तश्राव र उपचार सेवाको अभावमा गर्भवती र सुत्केरी महिलाहरुमा थप चुनौती बढिरहेको छ । त्यसो त, सरकारले यस्ता महिलाहरुको उद्धारका लागि पहल नगरेको पनि हैन, तर यसले गर्भवती तथा सुत्केरी महिलाहरुको मृत्युदरलाई रोक्न सकेको छैन । यस्ता संवेदनशील विषयहरुमा थप संवेदनशील भई अघि बढ्नु अतिआवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group