ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालापानीमा भारतिय सेना यसरी बस्यो – सिमाविद् श्रेष्ठ


एबीसी न्यूज
२२ जेष्ठ २०७७, बिहिबार   ३ : ५७   बजे

सीमाविद् एवं भूगोलविद् बुद्धिनारायण श्रेष्ठका नापी, सिमाना र सिमाना व्यवस्थापन सम्बन्धी एक दर्जन भन्दा बढी पुस्तक प्रकाशित छन् । ‘नेपालको सिमाना’ पुस्तकका लागि २०५७ सालमा मदन पुरस्कार प्राप्त गरेका श्रेष्ठ नापी विभागका पूर्वमहानिर्देशक संग एवीसी न्यूजको आउटलुक कार्यक्रममा गरिएको विषेश कुराकानी–

नेपालका जारी गरेको नया नक्सा  भारतिय मिडियालागि मुख्य मसला बनेको छ । सन् १८१५ मा इष्ट इण्डिया कम्पनी र नेपालबीच भएको सुगौली सन्धिको धारा ५ अनुसार ‘नेपालका राजा तथा तिनका उत्तराधिकारी वावारेसले काली नदीको पश्चिममा पर्ने देशहरूसितका सम्बन्ध र सबै दाबीहरू परित्याग गर्ने तथा ती देशहरू वा तिनका बासिन्दासित कुनैचासो नराख्ने‘ भन्ने सहमति अनुसार नेपालको पश्चिमी सिमाना महाकाली नदीको पूर्व कायम भएको विज्ञहरुको भनाइ छ ।

सन्धिका कारण महाकाली नदीको सिरानीमा रहेको १२ ब्यास र १४ चौदासका अर्थात् व्यास प्रगन्नाका नामले चिनिने ब्यास क्षेत्रका १२ वटा गाउँहरू दुईतिर बाँडिन पुगेको छ । जसमध्ये गुञ्जी, नाभी, कुटी, टिङ्कर र छाङ्ग्रुलगायतका ६ वटा गाउँहरूनेपालतिर पर्न गए भने बाँकी ६ वटा गाउँ भारततिर परे । सुगौली सन्धिपछि भारतले बनाएको नक्सामा भने सन्धिमा भएको सम्झौता मिचिएको श्रेष्ठ दाबी गर्नुहुन्छ । भारत स्वतन्त्र भइसकेपछि सन् १९६२ को भारत–चीन युद्धताका सो क्षेत्रमा नेपाली सुरक्षाकर्मीको अनुपस्थितिको फाइदाउठाउँदै भारतले उक्त नेपालीभूमि अतिक्रमति गरेको उहा बताउनुहुन्छ ।

शुरूमा सीमाचौकी स्थापना गरी केही प्रहरी जवान राखेको भारतले त्यसपछि त अर्धसैनिक बल इण्डो–टिबेटियन बोर्डरपुलिस फोर्स (आईटीबीपी) को ब्यारेक नै स्थापना ग¥यो । सैन्यबलका आधारमा भारतले यतिबेला नेपालको महाकाली नदीको उद्गमलिम्पियाधुरादेखि लिपु भञ्ज्याङसम्मको ३७२ बर्ग किलोमिटरभन्दा बढी भू–भाग अतिक्रमण गरेको छ । उक्त अर्धसैनिक बलआईटीबीपीलाई तुल्सीनुराङ, कुटी, नाभी र गुन्जी सबै नेपाली गाउँहरूमा ब्यारेक संरचनासहित ठूलो सङ्ख्यामा तैनाथ गरेको छ । अत्याधुनिक सुविधासम्पन्न ती सबैतिरका ब्यारेकहरूमा सीसीटीभी क्यामेराहरू जडान गरेको छ ।

कोही छाङग्रु, माथिल्लो कावा, लिपु, टिङ्कर भञ्ज्याङ, पङ्खागाड, गुञ्जी र नाभीदेखि आएगएको दृश्य ब्यारेकभित्रैबाट हेर्नसक्ने व्यवस्था गरेको छ । नेपालले आफ्नोप्रशासनिक नक्सामा नेपालमा पर्ने सबै भू–भागहरू समेटेको भएपनि ३ सय ७२ वर्गकिलोमिटर भू–भागमा भारतीय सेनाले कब्जा गरेको हो । आफ्ना सेनाले कब्जा गरेर राखेको भूभागलाई भारतले आधिकारिकता प्रदान गर्दै आफ्नो नयाँ राजनीतिक नक्सामा समावेश गरेकोदेखिन्छ ।

सिमाविद् बुद्धिनारायण श्रेष्ठ गरिको विषेश कुराकानीको पहिलो भाग एबीसी टेलिभिजनको आउटलुक कार्यक्रममा शुक्रवार राती ९ बजे प्रशारण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu