ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वगुणी बेसारः महिमा अपार


एबीसी न्यूज
७ असार २०७७, आइतबार   ३ : १४   बजे


चितवन, ७ असार । जानेर वा नजानेर नेपालीको घरघरमा प्रयोग हुने बेसार बहुउपयोगी भएको ज्ञान कमैलाई छ । कतिपयले रङका लागि मात्रै प्रयोग गरेको भए पनि यसले औषधिको काम गरिरहेको कमैलाई थाहा होला ।
नेपालीको भान्सामा मसलाका रुपमा प्रयोग हुने बेसार दर्जनौँ रोगको औषधि हुने विज्ञले बताएका छन् । मुख्य रुपमा रोगप्रतिरोधी क्षमता विकास गर्न सर्वगुणी बेसारले महत्वपूर्ण भूमिका खेल्ने उनीहरुको भनाइ छ ।

पतञ्जलि आयुर्वेद मेडिकल कलेज धुलिखेलका प्राचार्य, द्रव्यगुणविज्ञ प्रा डा श्याममणि अधिकारी बेसार रोगविरुद्ध लड्नका लागि उपयोगी हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बेसारले शरीरको शक्ति बढाउन मद्दत गर्छ ।” कोरोना जस्ता हजारौँ भाइरस प्रकृतिमा रहेको जनाउँदै उहाँले बेसारले भाइरसविरुद्ध लड्न केही न केही सहयोग पु¥याउने बताउनुभयो ।

बेसारमा पाइने गुणकारी तत्वले शरीरमा भाइरसले जन्माउने अरू भाइरस (प्रतिकृति) रोक्न मद्दत गर्ने तथा भाइरसको सङ्ख्या कम गर्ने विज्ञ बताउँछन् । प्रा डा अधिकारी बेसार मधुमेह, सुन्निनु, दुखाइ, घाउखटिरा, छालाका रोगको उपचारका साथै शरीरमा बोसो एवं चिल्लोको मात्रा घटाउन तथा आमाको दूधमा खराबी भएमा र दमखोकीमा पनि उपयोगी छ ।

यस्तै अप्राकृतिक रुपमा बढ्ने शरीरका कोष रोक्न यसले मद्दत गर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “शरीरभित्रै पनि विष बन्छ, त्यो विष नाश गर्न वा पचाएर स्वस्थ राख्न बेसार उपयोगी छ ।” शरीरमा बाहिरबाट आएको एलर्जी नाशका लागि पनि बेसार प्रयोग गरिने उहाँले बताउनुभयो । जीवाणु मार्न, रगत सफा गर्न तथा खाएको कुरा पचाउन बेसारले काम गर्ने अधिकारीको भनाइ छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनका प्रमुख डा कोपिला अधिकारी आयुर्वेदका प्राचीन र अर्वाचीन (आधुनिक) ग्रन्थमा बेसारको प्रशस्त महिमा उल्लेख भएको बताउनुहुन्छ । विशेषतः व्याधिक्षमत्व(रोग प्रतिरोधात्मक क्षमता वृद्धि), प्रतिश्याय(रुघा),प्रमेह(मधुमेह), पाण्डु(रक्तअल्पता), व्रण(घाउखटिरा), कृमी(जुका)नाश र सौन्दर्य वृद्धिमा यसको प्रयोग गरिने उहाँको भनाइ छ ।
मस्तिष्कको ट्युमर रोकथामका लागि बेसारलाई तातो दूधमा फिटेर खानु उत्तम हुने उहाँ सुझाव दिनुहुन्छ । डा अधिकारी भन्नुहुन्छ, “वैज्ञानिक शोधहरुमा प्रकाशित तथ्याङ्कअनुसार बेसारमा भएका रासायनिक तत्वहरुमा नाकको एलर्जी, घाँटीको सङ्क्रमण, नेत्राभिष्यं(आँखासम्बन्धी रोग) जीर्ण व्रण(घाउखटिरा), ढुसीजन्य सङ्क्रमण र क्यान्सरविरुद्ध लड्ने क्षमता हुन्छ ।”

कोरोना सङ्क्रमितको प्रयोगशाला परीक्षणबाट सङ्क्रमणको पहिलो हप्तामा सेतो एवं रातो रक्तकोशिका र हेमोग्लोबिनको सङ्ख्या घटेको पाइएको छ । यसले गर्दा सङ्क्रमितमा खतराका लक्षण देखिन सक्छ । साथै रोगसँग लड्ने क्षमता राम्रो भएको व्यक्तिमा दोस्रो हप्तादेखि सो सङ्ख्यामा वृद्धि भएको र खतराका चिह्न पनि नदेखिएको पाइएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कोरोनासँग लड्ने क्षमता वृद्धि गर्नु जरुरी छ ।”

छिमेकी मुलुक भारतले आयुर्वेद र योग तथा चीनले परम्परागत चिनियाँ उपचार पद्धतिको प्रयोगबाट कोरोना भाइरस एक्टिभ केस सङ्ख्यामा उल्लेखनीय गिरावट ल्याउन सफल भएको अधिकारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले पनि नेपालमा उपलब्ध हरिद्रार९बेसार०, तुलसीलगायत भाइरसविरुद्ध सक्रिय औषधीय गुण भएका एवं गुर्जो, अश्वगन्धालगायत रोगसँग लड्ने क्षमता बढाउने खालका जडीबुटीको नियमित सेवन, योग, प्राणायामको नियमित अभ्यास, स्वस्थ आहार एवं जीवनशैलीको अवलम्बन गर्नुपर्छ ।”

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गोरखाका प्रमुख डा प्रशान्त पण्डित बेसार कोरोना रोगसँग लड्न सहयोगी हुने जिकिर गर्नुहुन्छ । मानिसमा रोगप्रतिरोधी क्षमता बढाउन बेसार उपयोगी हुने उहाँको भनाइ छ । छाला र रुघाखोकीको समस्या हटाउन तथा रोगप्रतिरोधी क्षमता बढाउन बेसारको उपयोगिता बढी भएको डा पण्डितको भनाइ छ । परापूर्वकालमा मसलाका रुपमा भान्सामा प्रयोग हुने बेसार शरीरको सौन्दर्यका लागि हुँदै आयुर्वेद औषधिका रुपमा प्रयोग हुन थालेको उहाँको भनाइ छ ।

भरतपुर अस्पतालका फिजिसियन डा महेन्द्र अग्रहरि पनि बेसारले सङ्क्रमणलाई कम गर्न सहयोग पुग्ने जिकिर गर्नुहुन्छ । यसले चिसोबाट हुने सङ्क्रमण रोक्ने काममा भूमिका खेल्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group