ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुन चरणमा पुग्यो कोरोना संक्रमण : कपिलवस्तुमा फैलिएको संक्रमणमा समस्या, दैलेखमा खतरा


एबीसी न्यूज
१५ असार २०७७, सोमबार   १२ : २७   बजे

काठमाडौं, १५ असार ।   पछिल्ला साताहरुमा कोरोना संक्रमणको विस्तार तीव्र भएसँगै नेपालमा यसले समुदायस्तरमै महामारीको रुप लिन सक्ने जोखिम बढेको छ ।

स्वास्थ्य सतर्कता नअपनाउनु, क्वारेन्टाइन अव्यवस्थित हुनु र कन्ट्याक्ट ट्रेसिङ सही तरिकाले नहुनुले जोखिम बढाएको हो । संक्रमण यही क्रममा विस्तार हुने तर स्वास्थ्य सतर्कतामा कडाइ नगरिने हो भने समुदायमा फैलिने प्रबल सम्भावना रहेको विज्ञहरुले चेतावनी दिएका छन् । हालसम्म सरकारले कोरोना भाइरस संक्रमण समुदायमा नफैलिएको दाबी गर्दै आएको छ । केही विज्ञले भने यो संक्रमण विस्तारै समुदायमा फैलिने अन्तिम चरणमा रहेको बताएका छन् । सरकारी अधिकारी र जनस्वास्थ्य विज्ञहरूबीच नै फरक–फरक धारणा छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम कोरोना संक्रमण दोस्रो चरणमै रहेको बताउनु हुन्छ  ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा. बाबुराम मरासिनी भने संक्रमण तेस्रो चरणमा गइसकेको हुन सक्ने बताउनुहुन्छ  । ‘सरकारले अहिलेसमेत दोस्रो चरणमै रहेको किन भन्छ, बुझ्न सकिएन,’ उहाँ भन्नु हुन्छ ‘केही समयपछि संक्रमण चौथो चरणमै जान सक्छ ।’ उहाका अनुसार चौथो चरण भनेको देशव्यापी महामारीका रूपमा कोरोना फैलिनु हो । बाहिरबाट कोरोना संक्रमित आएर घरका मान्छेमा सारे, त्यसपछि घरकाबाट छरछिमेकी र समुदायमा संक्रमण देखिन थाल्यो,’ डा. मरासिनीले भन्नुभयो, ‘हाल संक्रमण पकेट क्षेत्रमा गरी विभिन्न ठाउँमा देखिएको छ ।

उदयपुर, बाँकेमा देखिएको संक्रमण नियन्त्रण भयो । त्यसपछि कपिलवस्तुमा फैलिएको संक्रमणमा अझै समस्या देखिएको छ, दैलेखमा खतरा बढिरहेको छ ।’

‘क्वारेन्टाइनमा रहेकाको परीक्षण भएकाले बढी संक्रमण देखिएको हो,’ प्रवक्ता डा. गौतम बताउनुहुन्छ  । पहिला परीक्षण एकदमै कम र काठमाडौंमा मात्रै हुन्थ्यो । अहिले २३ ठाउँका प्रयोगशालामा परीक्षण भइरहेको छ । परीक्षण बढेकाले पनि संक्रमण धेरै देखिइरहेकोछ । अहिले मुलुकमा १२,७७२ जना कोरोना संक्रमित देखिए पनि समाजमा लुकेको केससमेत गरी यो एक लाखभन्दा बढी हुन सक्ने आशंकासमेत डा. ठाकुरले व्यक्त गर्नुभयो ।

डा. गौतमका अनुसार अहिले दिनहुँ भारतबाट २ हजारदेखि २ हजार ५ सय जनासम्म आइरहेका छन् भने अन्य देशबाट करिब १ हजारदेखि १ हजार ५ सय जना स्वदेश आइरहेका छन् । नेपालमा हाल संक्रमणको वृद्धिदर ८ प्रतिशत छ । विगत दुई साताको कोरोना परीक्षणमा एक सय नमुना जाँच्दा ८ देखि १० प्रतिशतसम्म पोजिटिभ केस देखिएको छ । कम परीक्षण गर्दा पनि संक्रमणको वृद्धिदर उल्लेख्य रहेकाले यो क्रम अझै बढ्ने चिकित्सकहरू बताउँछन् । ‘यसरी बढ्दै गयो भने साउन अन्त्यसम्म एक लाखभन्दा बढी संक्रमित हुन सक्छन्,’ डा. ठाकुरले भन्नुभयो । मुलुकमा कोरोना निको हुने दर हाल २३ प्रतिशत छ ।

विज्ञहरूले यो दर कम भएको बताउँदै आएका छन् । ‘हामीकहाँ बिरामीलाई निको बनाउने दर २३.५९ प्रतिशतमात्र छ, जुन धेरै कम हो, यसलाई न्यूनतम ५० प्रतिशतमा पुर्‍याउनुपर्छ,’ डा. ठाकुर भन्नुहुन्छ  । नेपालमा कोरोनाले हुने मृत्युदर ०.२२ प्रतिशत छ । कोरोनाका कारण सोमवारसम्म २८ जनाको मृत्यु भइसकेको छ । वृद्ध, दीर्घरोगी आदिमा कोभिड–१९ संक्रमण नदेखिएकाले मृत्यु दर खासै बढी नदेखिएको विज्ञहरूको तर्क छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले पनि देशभर लकडाउन छ । सरकारले हाल अत्यावश्यक नभएसम्म घरबाहिर ननिस्कन भनेको छ । यसमा पनि बूढापाका र कोरोना संक्रमणका जोखिममा रहेकाहरूलाई थप चनाखो हुन भनिएको छ । सार्वजनिक यातायात, स्कुल, कलेज आदि नखुलेकाले अहिले पनि संक्रमण अत्यधिक रूपमा बढ्न पाएको छैन । ‘चौथो चरणमा संक्रमण गएपछि नियन्त्रणको जतिसुकै प्रयास गरे पनि गाह्रो हुने देखिन्छ ।

त्यसैले सवैले जान्नुपर्ने कुरा के छ भने सवै सुरक्षित तरवले आफ्नो दैनिकलाई चलाउनु पर्छ र सार्वजनिक तथा निजी सबै संस्था र स्थानमा सरकारद्वारा निर्धारित जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को गाइडलाइन पालना गर्नुपर्छ । अनावश्यक आवागमन रोक्नुपर्छ । व्यक्ति–व्यक्तिबीच देखिएको संक्रमणको कडी तोड्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group