ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुम्लामा सांसद विकास कोषबाट ‘नमूना स्याउ बगैँचा’


shreedhar Gautam
१८ असार २०७७, बिहिबार   ९ : ०७   बजे

जुम्ला, १८ असार । जुम्लाका सांसद गजेन्द्रबहादुर महतको सांसद विकास पूर्वाधार कोषको आगामी वर्षको सम्पूर्ण बजेट नमूना स्याउ र ओखर बगैँचामा लगानी गरिने भएको छ । टुक्रे योजनाले खासै परिवर्तन नहुने भन्दै सांसद महतले ‘नमूना बृहत् स्याउ तथा ओखर बगैँचा’ बनाएर पूरै बस्तीलाई नै समेट्ने गरी एक वर्षको सांसद विकास पूर्वाधारको सबै बजेट प्रयोग गरिने सांसद महतले बताउनुभयो ।

बृहत् बगैँचाका लागि कृषि क्षेत्र तथा पशुपक्षी विज्ञ, कृषि अनुसन्धान विज्ञहरुसँग राय सल्लाहसमेत मागिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालयको सहजीकरणमा सुपरजोनसहित कृषि विकास कार्यालय, कृषि अनुसन्धान केन्द्र, उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान, पशुपालन तथा भेटेरिनरी अस्पताल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भेडाबाख्रा केन्द्र गुठिचौरका प्रमुखहरुको सहभागितामा बृहत् चक्लाबन्दी बगैँचाका लागि कसरी अगाडि बढ्ने, प्राविधिक विषयहरु के के हुन् र कसरी सफल हुने भन्ने विषयमा छलफल गरिएको छ ।

तातोपानी गाउँपालिकाको गौतमबाडादेखि डाँगीवाडासम्मको जमीनलाई घेरबार, सिँचाइदेखि संरक्षण गरी नमूना उत्पादन क्षेत्र बनाइने सांसद महतले जानकारी दिए ।

छलफलमा कृषि अनुसन्धान केन्द्र राजिकोटका प्रमुख राजकुमार गिरीले गुणस्तरीय कलमी व्यवस्थापन, सिँचाइदेखि प्राविधिक विषयमा बढी ध्यान दिने हो भने स्याउ बगैँचा उत्तम हुने बताउनुभयो । कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बगैँचा क्षेत्रको जग्गालाई २० वर्षका लागि लिजमा लिनुपर्ने, स्वादिष्ट र उन्नत जातको स्याउ रोप्नुपर्ने, बगैँचा क्षेत्रमा ‘एप्पल कटेज’ समेत योजना बनाइनुपर्ने सुझाव दिनुभयो ।

पशुसेवा तथा भेटरिनरी अस्पतालका प्रमुख गोविन्द महतले बगैँचा क्षेत्रमा पशुपालनको प्याकेज पनि थपे राम्रो हुने बताउनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख अमित भुषण सुमनले स्याउका परिकार बनाउने कुरामा लागनी आवश्यक रहेको बताउनुभयो । उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक डा तीर्थ रिजालले जुम्ला प्रकृतिको वरदानका साथै कृषिको सम्भावित क्षेत्र भएकाले अनुसन्धानलाई जोड दिएर अगाडि बढ्न सूझाव दिनुभयो । उहाँले अहिले मार्सी धानको विकल्पमा चन्दननाथ १ को अनुसन्धान भइसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group