ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लकडाउनको असर : झण्डै पाँच अर्बका योजना अलपत्र


एबीसी न्यूज
२७ असार २०७७, शनिबार   ७ : १४   बजे

काठमाडौं, २७ साउन । लामो समयदेखि लकडाउनका कारण झापामा सञ्चालित ठूला विकास निर्माणका आयोजना अलपत्र परेका छन् । झण्डै रु तीन अर्बभन्दा बढीका विकास निर्माणका ठूला योजना र रु दुई अर्बभन्दा बढीका स–साना विकास निर्माणको काम प्रभावित बनेको जिल्ला समन्वय समिति झापाले जनाएको छ ।

“झापामा सञ्चालित केही ठूला विकास निर्माणका कामको सम्झौता मिति सम्पन्न भएको छ तर काम भने सकिएको छैन”, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पार्तेलले भन्नुभयो, “काम गर्ने मुख्य समयमा लकडाउन भएका कारण निर्माण व्यवसायीले समयमा काम गर्न नसक्दा आयोजनाको काम प्रभावित बनेको हो ।”

“स्थानीय पूर्वाधार तथा कृषि सडक विभागअन्तर्गत ग्रामीण सडक सञ्जाल सुधार आयोजना आरसिआइपी मार्फत झापाका चारवटा सडक निर्माणाधीन छन् । रु ६७ करोड ९३ लाख ७९ हजार ९९५ को लागतमा निर्माण भइरहेका चार सडकको निर्माण कार्य सकिन लाग्दासमेत काम भने सकिएको छैन”, जिसस प्रमुख पोर्तेलले भन्नुभयो, “समय सकिनलाग्दा पनि सडक निर्माणको ५० प्रतिशत काम भएको छैन ।”

एक चिनियाँ कम्पनी जेठसिजीआइएसी र आशीष–प्रेरा जेभी काठमाडौँले सडक निर्माणको जिम्मा लिएर कञ्चन निर्माण सेवा, विष्णु निर्माण सेवा र पशुपति इन्जिनीयरिङ एन्ड बिल्डर्सलाई चारवटा सडक निर्माणका लागि ५२ करोड ८८ लाख ५४ हजार ९९९ रुपैयाँमा पेटी कन्ट्याकमा ठेक्का दिएको थियो । निर्माण कम्पनीले समयमा सडक निर्माणको काम सम्पन्न गर्न नसक्ने अवस्था लकडाउनका कारण सिर्जना भएको जिल्ला समन्वय समिति झापाले जनाएको छ ।

निर्माण भइरहेका चार सडकहरुमा अमलडाँगी–सोलमारी सडकखण्ड रहेको छ । यो सडकखण्ड निर्माणका लागि १३ करोड ६५ लाख ७१ हजार ७३३ रुपैयाँ लागत रहेको छ । ११ दशमलव ५० किलोमिटर सडक निर्माणको जिम्मा पशुपति इन्जिनीयरिङ एन्ड बिल्डर्सले लिए पनि यो सडकको निर्माण कार्य लकडाउनका कारण प्रभावित बनेको छ । त्यस्तै चारपाने–राजगढ सडकखण्ड निर्माणका लागि कञ्चन निर्माण सेवाले काम गरिरहेको छ । १५ दशमलव ४८ किलोमिटर लम्बाइ रहेको यो सडक निर्माणका लागि १९ करोड ५४ लाख ४७ हजार ३४२ रुपैयाँ लागत रहेको छ ।

पाडाजुँगी–खजुरगाछी सडक र खर्सङबारी–अधिकारी चोक दुईवटा १६.५ किलोमिटर सडक निर्माण गर्नका लागि विष्णु निर्माण सेवाले काम गरिरहेको छ । दस दशमलव तीन किलोमिटर लम्बाइ रहेको पाडाजुँगी–खजुरगाछी सडक निर्माणका लागि १२ करोड २८ लाख ७० हजार ७७४ लागत रहेको छ भने खर्साङबारी–अधिकारी चोक ९६.५१ किलोमिटर० सडक निर्माण गर्न सात करोड ३९ लाख ३८ हजार १५० लागत रहेको छ । नेपाल सरकार र एसियाली विकास बैक ‘एडिबी’ सँगको साझेदारीमा निर्माण भइरहेको चारवटा सडकको लम्बाइ ४३ दशमलव पाँच किलोमिटर रहेको छ । सन् २०१८ मार्च ३० मा सम्झौता भएका चारवटा सडकको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ असार १८ गते शिलान्यास गर्नुभएको थियो ।

हुलाकी राजमार्ग आयोजना इटहरीद्वारा सञ्चालित चारआली–केचना सडकखण्ड र झापा चौक–राजगढ सडक खण्ड तथा राजगढ–गौरीगञ्ज सडक खण्डको काम समेत लकडाउनकै कारण प्रभावित बनेको जिसस प्रमुख पोर्तेलले बताउनुभयो । उहाँका अनुसार चारआली–केचना सडकखण्ड ४० किलोमिटर निर्माण भइरहेको छ । विसं २०७३ असोजमा सम्झौता भएर ३० महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि काम पूरा हुन सकेको छैन । सडक निर्माणको जिम्मा कालिका–कनकाई र याक्थुङ जेभीले लिएका थिए ।

सडक निर्माणका लागि भ्याटसहित ४१ करोड ६१ लाख ४८ हजार एक सय ४२ रुपैयाँ लागत रहेको छ । झापा चौकबाट गौरीगञ्ज सम्मको हुलाकी सडक निर्माणको काम पनि अहिले अलपत्र छ । हुलाकी सडक परियोजनाअन्तर्गत ४८ किलोमिटर सो सडक दुई चरणमा निर्माण भइरहेको हो । झापा चौक–राजगढ र राजगढ–गौरीगञ्ज सम्मको सडक निर्माण कार्य लकडाउनका कारण प्रभावित बनेको जिसस प्रमुख पोर्तेलले बताउनुभयो । यता बिर्तामोड–चन्द्रगढी सडकखण्डको चार किलोमिटर चार लेनको बनाउने कामसमेत सम्पन्न हुन सकेको छैन । विसं २०७५ असारबाट रु ३० करोडको लागतमा निर्मण सुरु भएको बिर्तामोड–चन्द्रगढी सडकखण्ड १८ महिनामा सम्पन्न गर्ने गरी २०७५ असार २४ गते ठेक्का सम्झौता भएको थियो । काठमाडौँस्थित आशीष–प्रेरा जेभीले सडक निर्माणको ठेक्का लिएको छ । यो सडक भदौ २८ मा निर्माण सम्पन्न गर्नुपर्ने हो तर समयमा सो सडक निर्माण सम्पन्न नहुने निश्चित छ ।

सडक डिभिजन कार्यालय दमकका सबइन्जिनीयर अमृतप्रसाद यादवका अनुसार सो सडक निर्माणको काम हालसम्म ५० देखि ६० प्रतिशतमात्र भएको बताउनुहुन्छ । झापामा सञ्चालित यी केही ठूला योजना हुन् । अन्य साना योजनाको काम पनि समयमा सम्पन्न हुन नसकेको बताइन्छ । स्थानीय तहले सञ्चालन गरेका साना विकास निर्माणका योजनासमेत लकडाउनका कारण समयमा सम्पन्न गर्न समस्या हुने गरेको निर्माण व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

देशका सबै प्रदेशमा आज पनि भारी वर्षा हुँदै, शतर्कता अपनाउन आग्रह

ध्रुवे हात्तीलाई डार्ट गरी नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिना फेरि विवादमा

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu