काठमाडौं – नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको २ सय ७ औं जन्मजयन्ती आज मनाइँदैछ । १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तले ‘अध्यात्म रामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको विजारोपण गर्नुभएको थियो ।
उहाँले नेपाली भाषामा अनुवाद गरेको रामायणका श्लोक आज पनि उत्तिकै लोकप्रिय छन् । उहाँको प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा, रामगीतालगायत तथा धेरै फुटकर कविता प्रकाशित छन् । समाजमा कीर्ति राख्न घाँस काटेर कुवा खन्ने घाँसी भानुभक्त आचार्यका लागि सबैभन्दा ठूला प्रेरणा रहेको मानिन्छ ।
वाल्मीकि रामायणका अनुवादकका रुपमा प्रख्यात भानुभक्तलाई मोतिराम भट्टले पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यको रेखदेखमा भएको थियो।
बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाएका यिनले एउटा घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाएका थिए उहाँको भनाई छ । नेपाली जगतमा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम, जनवात्सल्य जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले आदिकवि तथा नेपालको राष्ट्रिय विभूति जस्ता सम्मान पाउनु भएको थियो ।
भानुभक्तका केही कविता यस्ता छन्
एक दिन नारद् सत्य लोक पुगिगया लोकको गरौ हित भनि
ब्रम्ह्मा ताहि थिया पर्या चरनमा खुशी गराया पनि
क्या सोद्छौ तिमी सोध म भन्च्छु म भनि मर्जि भयेथ्यो जसै
ब्रम्ह्माको करुना भजेर रिसिले बिन्ति गर्या यो तसै ।
हे ब्रम्ह्ना जति हुन् सुभा सुभ सबै सुनि रया छु कछु
बाकि छइन तथा बिसुन्न इछया म यो गर्दछुु
आउ लाज भयो कलि बखतम प्रानि दुराच्रार भइ
गन्र्याछन सब पाप पनि सरलका निस्काम तिमा गइ ।
साच्ह्यो कुरा गरि नकोइ अरुकोइ गर्नन् त निन्दा पनि
अर्कको धन खानलाई अभिला गर्नन् तद यो भनि
कोहि जान् परत्रिमा रत हुनन कोही त हिम्सा महा
दिनइलाई त आत्मा जानि रहलान् नत्तिक पसु झहि कहा ।
भरजन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो
मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति
अमरावती कान्तिपुरी नगरी
कतिका दिन याहिँ बिते सुखले
यतिका कविता रचिए मुखले ।
अब झल्झल भो म भुलूँ कसरी
अमरावति कान्तिपुरी नगरीू
कहीं घर्घर ज्यावल मेशिनको
कहीं चिर्वीर गान् रसिला चरिको
हरियो गहुँ झुल्दछ फाँटभरी
अलकापुरि कान्तिपुरी नगरी ।
कटि कूच कसी हिँडन्या युवती
चलन्या पथमा नलजाई रति
सँगमा छ युवादल वरिपरि
अमरावति कान्तिपुरी नगरी ।
मृत मूषिकको बुटि झर्छ जहाँ
हिँड्दा डुलँदा टुपि जल्छ जहाँ
कुतिको कलरव् अँझ ओरिपरि
अमरावति कान्तिपुरी नगरी ।
थलियाभरि पस्कि झिँङ्गालु रस
अटियाउपरै कुतिसाथ बस
खूब खाऊ चपाउ पिऊ सुमरी
अलकापुरि कान्तिपुरी नगरी ।
एक् मन् चित्त लगाइ चाकरि गर्याँ खूसी भया छन् हरि।
मान्माथी पनि भुक्तमान् थपिदिया कैल्यै नछुट्न्या गरी।
रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू।
रात् भरनाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छु।
लामखुट्टे उपियाँ उडुस् इ सँगि छन् इन्कै लहड्मा बसी।
लाम्खुट्टेहरु गाउँछन् इ उपियाँ नाच्छन् म हेर्छु बसी।
बिन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली।
बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन् भन्दछन् भोलि भोली।
की ता सक्तीन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् यि भोलि।
भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।
प्रतिक्रिया दिनुहोस्