ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किरात माङ्हिममा यसैपाली जोडिएको थामी समुदायको भुमे पर्व


admin
१९ मंसिर २०७४, मंगलबार   १ : ४४   बजे

काठमाडौं, १९ मंसिर । ललितपुरको हात्तिवनस्थित किराती घरमा किराँती समुदायले वि.स. १९०५ देखि पुजाआजा गर्दै आएको ईतिहास छ। जसलाई राईहरुले किराँतमाङ्खिम र लिम्बु समुदायले किराँतमाङ्हिम भन्ने गर्दछन् । घरलाई लिम्बु भाषामा ‘हिम’ र राई भाषामा ‘खिम’ भनिन्छ । तसर्थ सो किरात घरको नाम किरात भाषामा उल्था गर्दा सो रहन गएको हो ।

किराँतीहरुको महान् चाड उभौली र उद्यौलीमा हजारौं वर्ष अघि देखि नै यस किराँतधार्मिक स्थलमा पुजाहुदै आएपनि किराँती समुदाय कै एक जमात् थामीहरु भने हालै मात्र (वि.स. २०७४) जोडिएका छन् । नेपाल थामी समाज, नेपाल थामी विद्यार्थी संघ, नेपाल थामी युवा संघ र नेपाल थामी महिला समाजको संयुक्त आयोजनामा यसपालीको भुमे पुजा÷पर्व ललितपुरमा सम्पन्न भएको हो ।यस अघि थामीहरुले गाउँ–गाउँमासदियौं वर्ष देखि नै वैशाखी पूर्णिमाउभौली र मंसिरको उद्यौलीमा पुजा गर्दै आएका थिए ।

उद्यौली पर्वमा थामीहरुले भूमे देवताको पुजा गर्ने गर्छन् । यस पुजामा अन्न, जमिनलगायत समग्र प्रकृतिको पुजा हुने गर्दछ । थामी भाषामा देवतालाइ देवा भनिन्छ । तसर्थ, उनीहरु भुमे देवतालाई भुमे देवा भन्ने गर्दछन् । थामी समुदायमा थामीझाँक्रीहरुको निकै नै महत्व रहन्छ । त्यसैले जन्मदा , मर्दा, विवाहगर्दा लगायत आफ्नो महान् पुजा र पर्वहरुमा थामीझाँक्रीहरु अर्थात् थामीभाषामा थाङ्मी गुरुहरुको विशेष भूमिका रहन्छ ।

मंसिर पूर्णिमाको एक दिन अघिको रातभरी नै भुमे पुजा सुरु हुन्छ । जसलाई थामीहरु डाल थाप्ने भन्दछन् । यस डाल थाप्ने पुजा गर्दा टोटला को फूल, कोदोको जाँड, चामलअथवागहुँको पिठो, केराको पात, पैयुँ, तितेपाती, कुखुराको अण्डा लगायतका सामाग्रीहरु चाहिन्छ । डाल थाप्ने पुजालाई विधिवत् रुपमा सम्पन्नगर्नु अगाडी भाले कुखुराको बलि चढाउने चलन थामी समुदायमा छ । रातभरीको डाल थाप्ने पुजा जागरामबसी बिहान सम्म नै हुने गर्दछ ।

घरको मुख्यपुजा सम्पन्न भएपछि थामीगुरुहरु आ–आफ्नो झाँक्रीको पहिरन लगाएर पुजाको लागिमन्दिर जाने गर्दछन् । मन्दिरमा गएर नाच्ने, गाउने मारुनी, मादलेहरुको एउटा समूह हुने गर्दछ । उनीहरु सबैजना थाङ्मी पहिरन पहिरेर मन्दिर जाने गर्दछन् ।जसलाई थामीमा भुमे थान भनिन्छ ।

ललितपुरको हात्तिवतस्थित रहेको हात्तिवनमा चार ढोका छन् । ती ढोकाहरुमा राई, लिम्बु, सुनुवार र याक्खाहरुले पुजा गर्ने चलन छ । यसपाली मात्रै जोडिन पुगेका थामीहरु कुन स्थानमा पुजा गर्ने भन्ने विषय उपत्यकाबासी थामी समुदायको लागि अपरिहार्य भएको छ । त्यसो त, थानकोट, ठिमी, टुँडीखेलसँग सम्बन्धित रहेर आज पनि थामीहरुको दन्ते कथाहरु थामी पुर्खाहरुबाट सुन्न पाइन्छ । ठिमीमा ‘ठि’ भन्नाले थामी भाषामा घाँस र ‘मी’ भन्नाले मान्छे हो । थामीहरु मन्दिरलाई थान भन्दछन् । थानकोटमा ‘थान’ शब्द थामी भाषामा रहेको भन्ने केहीले बताउने गरेका छन् । त्यसै गरी टुँडीखेलमा ‘टुँडी’ भनेको बाख्रा हो ।

कुनै समय राजधानीमा किराँतीहरुले शासन गरेको ईतिहास हामीसँगै छ । हात्तिवनस्थितको किराँत घरमा किराँतीहरुले पुजा गरेको पनि एउटा जिउँदो ईतिहास हो । तर, किराँती समुदाय कै थामीहरु भ्ने यसपालीमात्रै कसरी जोडिन पुगे ? यो आजको छलफलको विषय हो । जे होस्, यस घडीमा अन्ततः आफ्नै दाजुभाईसँग थामीहरु पनि जोडिएका छन् । किराँतमाङ्हिमका अध्यक्ष विष्णु याक्सो लिम्बु लगायत सुनुवारहरुले उद्यौलीका दिन थामीहरुलाई सम्मानपूर्वक स्वागत गरेका थिए ।

कुनै समयमा शासन खोसिए पछि तितर-बितर भएका किराँतीहरु एक हुने क्रम आज सम्म पनि छ । यसले किराती सभ्यता, पहिचान र सम्बन्धलाई अझ प्रगाढ बनाउने छ । सम्पुर्ण किरातीमा उद्यौलीको शुभकामना ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘निःशुल्क भिसा–टिकट’ व्यवस्था पुनरावलोकन गर्दै सरकार, व्यावहारिक शुल्क तोक्ने तयारी

बिरामीको चाप बढ्यो, जनशक्ति अभावले स्याङ्जा प्रदेश अस्पताललाई चुनौती

सम्बन्धित

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

संस्थागत बन्धक : व्यक्तिकेन्द्रित निरंकुशताको खतरा

चीनको एआई रणनीति अमेरिकाको भन्दा फरक

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

आर्कटिकमा खतरनाक खेल

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu