कविराज विसी / राजधानीमा कोरोना भाइरस संक्रमित पुष्टि भएकोे पाँच महिनापछि उपत्यकामा दिनहुँजसो संक्रमितको ग्राफ बढेको छ। उपत्यकाका तीन जिल्लामा दुई सातायता झन्डै तीन सय संक्रमित फेला परेका छन्। नेपालको पछिल्लो तथ्याङ हेर्ने हो भने डर लाग्दो अवस्था सृजना हुदै गइरहेको देखिन्छ । ४ लाख ८३ हजार भन्दा बढिमा कोभिड– १९ को पिसिआर टेष्ट गरिसकिएको छ ।
जसबाट करिब २५ हजारमा कोरोनाको सक्रमण भेटिसकिएको छ । देशभरी नै ९७ जनाले कोरोनाको कारणले ज्यान गुमाएकाछन । देशैभर १५ हजार जना क्यारोन्टाइनमा छन भने ८ हजार कोरोना सक्रमित अँइसोलेनमा छन । यसले के देखाउछ भने कोरोना नेपालमा बिस्तारै कहर बन्दै गएको छ । यस्तै कोरोना सक्रमण देखिएका पनि १६ हजार ८सय उपचार पछि निको पनि भएको छन । पछिल्लो समय काठमाडौ उपत्यकाको साथै तराईका जिल्लाहरुमा सक्रमणको दर बढिरहेको छ । पहिलो चरणको लकडाउन खोलिएसंगै कोरोनाको ग्राफले उचाई चुमेको देखिन्छ ।
नेपालमा पछिल्लो हप्ता यता कोराना भाइरसले देशैभर आतंक सृजना गराइरहेको छ । देशैभर कोरानाको सक्रमण यसरी फैलिएको छ की दिन प्रतिदिन सक्रमणको ग्राफ उच्च गतिमा बढिरहेको छ । पछिल्लो केही दिन यता कोराना सक्रमणबाट मुत्यु हुनेको सख्या र सक्रमण दर समेत ह्वात्तै बढिरहको छ ।
कोभिड–१९ को कारण देशभरको जनजीवन अस्तव्यस्त हुदै गरिरहेको छ । देशभर नै कोरोना सक्रमण तिब्र रुपमा फैलिरहदा मृत्यु हुनेको सख्या र सक्रमणको दर समेत दिन प्रतिदिन बढ्दो क्रममा छन ।
कोभिडको उच्च जोखिमलाई रोकथाम र नियन्त्रणको लागि आवतजावत नै ठप्न गर्न थालिएको छ । पछिल्लो समय लक्ष्यण भएका कोरानाका सक्रमित देखिन थालेपछि अवस्था जटिल बन्दै गएको छ ।
सुरक्षामा खटिने सुरक्षाकर्मी, उपचारमा खटिने स्वास्थ्यकर्मी र स्थानीय तहको प्रतिनिधीलाई समेत कोरोना पोजिटिभ देखिनुले भनिरहनु पर्दैन कोरोना समुदायमै फैलिन थालिसकेको छ ।
कोभिड –१९ यसरी फैलिएको छ की अब रोकथाम र नियन्त्रणको लागि समेत सरकारलाई समेत हम्मे हम्मे परिरहेको छ । संक्रमण समुदायस्तरमा फैलिन थालेको छ भने जोखिम दिनानु दिन बढिरहेको छ । स्वास्थ्य मन्त्रालयले कोभिड संक्रमण समुदाय स्तरमा फैलिन सुरुकै चरणमा रहेको बताइरहेको छ । अब पनि कोरोना भाइरसको सक्रमण प्रति सचेत नहुने हो भने कोरोनाले माहामारीको रुप ग्रहण गर्न समेत धेरै लाग्ने छैन ।
अझै सम्म कोभिड–१९ को भ्याक्सिन समेत बन्न सकेको छैन । अझै कति आम जनताले कोरोनाकै कारण ज्यान गुमाउनु पर्ने हो एकिन छैन । यस्तो अवस्थामा सबै भन्दा उत्तम बिकल्पको रुपमा समाजिक दुरी कायमगरी अनावश्यक भिडभाडलाई नियन्त्रण गर्नु नै हो । त्यसैले कोभिड नियन्त्रणको लागि कसैको एक्लो प्रयासले मात्र नहुने भएकाले सबै एक भएर महामारी बिरुद्ध लड्नु पर्ने अवस्था आएको छ ।
दिन दिनै कोरोनाबाट सक्रमित हुने बढेसंगै निषेधाज्ञा देखि जिल्ला नै सिल नै गर्न थालिएको छ । कोरोनाको सक्रमणदर बढ्दै गएपछि बढि कोरोना देखिएको स्थानहरुमा हिडहुल गर्न रोक लगाईको छ भने यातायातका साधन सञ्चालनमा समेत कडाई गरिएको छ । बुधबार देखि गृहमन्त्रालयले पनि देशभरका जिल्ला प्रसासन कार्यलयलाई सावारी पासको बितरण बन्द गर्न निर्देशन समेत दिइसकेको छ । कोभिड संक्रमण बढ्दै जदा नागरिकमा त्राश बढ्दै गएको छ । संक्रमण बढे पनि अझै नियन्त्रण बाहिर गएको छैन । तर, अहिले जसरी आम जनता सक्रमणको त्रासका बीचपनि भिडभाडको बास्ता नगरी दैनिक क्रियाकलापका ब्यस्त हुदा भयावहको अवस्था आउने त होइन भनेर चिन्ताको बिषय बनेको छ ।
कुन अस्पतालमा कति संक्रमित ?
काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ४६ जना कोरोना संक्रमित छन् । टेकु अस्पतालमा ५० जना संक्रमितका लागि बेड छ । २० वटा अक्सिजन र भेन्टिलेटरसहितको बेड छ । थप संक्रमितलाई राख्ने क्षमता टेकु अस्पतालको छैन ।
‘शंकास्पद संक्रमित र लक्षण नभएकालाई अस्पतालमा राख्ने अवस्था छैन’, टेकु अस्पतालका निर्देशक सागर राजभण्डारीले भने, ‘लक्षण नभएकालाई अस्पतालमा राख्नुपर्दैन । घरघरमै आइसोलेसनमा राख्नुपर्छ ।’
अन्य सरकरी र प्राइभेट अस्पताललाई पनि प्रयोगमा ल्याउनुपर्नेमा उनले जोड दिए ।
‘यो महामारीमा सरकारी, प्राइभेट सबै अस्पताललाई प्रयोगमा ल्याउनुपर्छ’, उनले भने, ‘यो समय निजी अस्पतालले पनि देशका लागि सहयोग गर्नुपर्यो । सर्वसाधरण कोरोना संक्रमिलाई निजी अस्पतलाले उपचार गर्नुपर्छ ।’
पाटन अस्पताल
पाटन अस्पतालमा ७६ जना संक्रमित रहेका छन् । पाटनको क्षमता ६० जनाको हो । २१ वटा आईसीयू पनि छन् । क्षमताभन्दा बढी संक्रमित राखिरहेको यस अस्पतालका निर्देशक डा। विष्णु शर्माले जानकारी दिए ।
वीर अस्पताल
वीर अस्पातलमा सबैभन्दा कम कोरोना संक्रमित रहेका छन् । वीर अस्पतालमा ४ जना संक्रमित छन् । कोरोनाका लागि वीरमा आइसोलेसन बेड ४ वटा छन् । वीरमा १० वटा बेड थप्ने तयारी भइरहेको अस्पतालका निर्देशक डा। केदार सेन्चुरीले जानकारी दिए ।
‘४ जनाभन्दा बढी राख्ने अवस्था छैन । ठाउँ नै छैन । बस्ने रुम, बाथरुम, स्टाफ रुम सबै छुट्टै चाहियो । वार्डमा कमन ट्वाइलेट हुन्छ । तत्काल बनाउने अवस्था पनि छैन । अरू रोगका बिरामी पनि हेर्नुपर्ने हुन्छ । कोरोनासँगै अन्य रोग हेर्दा जोखिम धेरै हुन्छ । दुवै मिसाएर गर्न सकिँदैन’, उनले भने ।
सशस्त्र प्रहरी अस्पताल
सशस्त्र प्रहरीको कोभिड अस्पतालमा १ सय २७ जना संक्रमित छन् । १ सय २० जनाको क्षमता रहेको अस्पतालमा १ सय २७ जना राखिएको छ । ७ जना संक्रमित आईसीयूमा छन् । ‘सरकारले नै मिलाउने हो । डिस्चार्ज हुनेवित्तिकै सरकारले नाम पठाउँछ’, अस्पतालका डा। प्रवीन नेपालले भने, ‘यहाँ लक्षण भएका र गाह्रो भएकालाई मात्र राखिएको छ ।’
टिचिङ अस्पताल
टिचिङ अस्पताल महारजगञ्जमा २६ जना संक्रमित रहेका छन् । कोरोनाका लगि २१ जनाको मात्र उपचार गर्न सक्ने क्षमता टिचिङसँग छ । ‘क्षमताभन्दा बढी संक्रमित राखिरहेका छौँ’, अस्पतालका डा। सन्तकुमार दासले भने, ‘योभन्दा बढी राख्ने सम्भावना छैन ।’
संक्रमित राख्ने ठाउँ खोज्दै सरकार
सरकार कोरोना संक्रमितलाई राख्ने ठाउँ खोजिरहेको छ । संक्रमितलाई कीर्तिपुर, मनमोहन मेडिकल कलेज र खरिपाटीको आइसोलेसन सेन्टरमा राख्ने तयारी सरकारको छ । ‘यी ३ वटा ठाउँमा राख्छौँ । निजी क्षेत्रका अस्पताल पनि प्रयोग गर्नुपर्ने स्थिति आउँछ’, स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले भने ।
संक्रमितको संख्या बढे अस्पतालले थेग्न सक्छन् रु के छ सरकारी योजना ?
पब्लिक आइसोलेसन आवश्यक
उनले घरमा बस्न नसक्नेलाई पब्लिक आइसोलेसन बनाउनुपर्ने बताए । ‘सबैको घरमा छुट्टै कोठा र शौचालय नहुन सक्छ । त्यस्ता संक्रमितलाई पब्लिक आइसोलेसनमा राख्नुपर्छ’, उनले भने, ‘तत्काल अस्पताल नै बनाउने अवस्था छैन । अस्थायी आइसोलेसन बनाउनुपर्छ ।’
सबैले सावधानी नअपनाउँदा काठमाडौंमा संक्रमित बढेको उनको बुझाइ छ । ‘सुरुदेखि नै स्वास्थ्यका मापदण्ड पालना भएन । अझै भयावह हुन नदिन नियम पालना गर्नुपर्छ । संक्रमित होम क्वारेन्टाइनमा अलग्गै बस्नुपर्छ । आफ्नो सरसामान कसैलाई छुन नदिने । शौचालयको समस्या छ भने आफूले गरेपछि सफा संक्रमित अनुशासनमा बस्नुपर्छ’, उनले भने ।
संक्रमित घरमा बस्दा समुदाय जोखिममा
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देक डा। बाबुराम मरासिनिले संक्रमित घरमा बस्दा मापदण्ड पालना नगरे समुदायमा फैलने जोखिम उच्च हुने बताए । ‘पहिले क्वारेन्टाइनमा राखियो । मान्छे घुमेर हिँडे । घरमा गए । दिउँसो भात खान क्वारेन्टाइनमा आए । अब संक्रमितको पनि त्यस्तै भयो भने समुदायमा फैलिन्छ’, उनले भने, ‘घरको मान्छेलाई कागज गराएर राख्नुपर्छ । नियममित स्वास्थ्यकर्मीले फोनबाट जानकारी लिनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्