काठमाडौं, ११ भदौ । कोरोना महामारीबाट छुटकरा पाउन अब भ्याक्सिन नै आउनुपर्छ भन्ने त हामीलाई थाहा भइसक्यो। तर, आम मानिसको जिज्ञासा भने भ्याक्सिन नआएसम्म बिरामी सन्चो हुने कुनै औषधि छैन ? संसारभरि कुन औषधि बढी प्रयोग भइरहेका छन् ? कुन औषधिले कस्तो काम गरेको छ त ?
‘सामान्य लक्षण छ, अलि ज्वरो छ, अलि अलि खोकी लागेको छ, तर रगतमा अक्सिजनको मात्रा ठिक छ, श्वासप्रश्वास पनि ठिक छ भने औषधि नखाए पनि ठिक हुने डाक्टरहरुले बताउदै आएका छन् ।
संक्रमित बिरामीको रगतमा अक्सिजनको मात्रा कम भयो र श्वासप्रश्वासमा समस्या आउन थाल्यो भने निश्चित औषधि चलाउनुपर्ने र विभिन्न कोभिड उपचार अस्पतालहरुमा समेत उक्त विधिलाई पनि अवलम्वन गरिएको उपचारमा संलग्न चिकित्सहरुले बताएका छन् ।
यस्तो छ कोरोना महमारी रोक्न विभिन्नदेशहरुले निमार्णगरेको औषधीहरु
१७०
अहिले कोरोनाबिरुद्धका १७० वटा भन्दा धेरै भ्याक्सिनहरु प्रि क्लिनिकल अवस्थामा छन् । ती भ्याक्सिनहरु या त जनावरमा परीक्षण भइरहेका छन्, या त ल्याबमा परीक्षणका क्रममा रहेका छन् ।
७
सात प्रकारका भ्याक्सिनहरु अहिले पहिलो चरणको क्लीनिकल परीक्षणका क्रममा छन् । पहिलो चरणको परीक्षण अन्तरगत केही थोरै स्वास्थ्य व्यक्तिमा भ्याक्सिन परीक्षण गरिन्छ ।
१२
विभिन्न १२ प्रकारका भ्याक्सिनहरु अहिले दोश्रो चरणको क्लीनिकल परीक्षणका क्रममा छन् । यो चरणमा बिरामीको उच्च जोखिममा रहेका लगायतका वृहतमात्रामा भ्याक्सीनको परीक्षण गरिन्छ । पहिलो चरणको तुलनामा धेरैजनामा परीक्षण गरिने भएपनि तेश्रो चरणको तुलनामा भने कममा परीक्षण गरिन्छ ।
७
विभिन्न सात प्रकारका भ्याक्सिनहरु तेश्रो चरणको क्लीनिकल परीक्षणका क्रममा छन् । यो चरणमा दशौं हजारमा भ्याक्सीनको परीक्षण गरिन्छ । यो परीक्षणको अन्तिम चरण हो । यो चरणपछि भ्याक्सिनले प्रयोगका लागि आपतकालिन स्वीकृति पाउनसक्छ ।
०
अहिलेसम्म कुनै पनि भ्याक्सिनलाई प्रयोगका लागि स्वीकृति दिइएको छैन । यो चरणमा पुगेपछि भ्याक्सिनलाई आमरुपमा प्रयोगका लागि स्वीकृति दिइन्छ । तर त्यसका लागि भ्याक्सिन सुरक्षित र प्रभावकारी सावित हुन जरुरी छ ।
१३१९४
अहिलेसम्म अमेरिकाको मोडेर्ना कम्पनीले उत्पादन गरेको भ्याक्सिन तेश्रो क्लीनिकल परीक्षण अन्तरगत १३ हजार १ सय ९४ जनालाई दिइसकिएको छ । यो भ्याक्सिन तेश्रो चरणको क्लीनिकल परीक्षणका क्रममा तीसहजारलाई दिइनेछ ।
के औषधी विश्व स्वास्थ्य संगठनले स्वीकृत नदिने बेला सम्म कसरी उपचार भएको छ त ?
यस्तो अवस्थामा केही औषधिले बिरामीलाई फाइदा पुगेको अन्तर्राष्ट्रिय अनुभवले देखाएको छ। सबभन्दा बढी फाइदा ‘डेक्सामेथासोन’ भन्ने औषधिबाट भएको छ ।
‘यो एक किसिमको स्टेरोयड हो। यो औषधि नेपालमा धेरै पहिलेदेखि प्रयोग हुँदै आएको छ,’ डा। सुवेदीले भने, ‘यो दिनमा एकचोटि लगाउने इन्जेक्जन हो। बजारमा यसको अभाव छैन। यो इन्जेक्सन सस्तो पनि छ।’ संक्रमित बिरामीको रगतमा अक्सिजन कम हुनेबित्तिकै यो इन्जेक्सन चलाउनुपर्ने
सरूवारोग विशेषज्ञ डा. अनूप सुवेदीले बताउनुभयो उहाले केही दिनअघि सांसद गगन थापासँग सामाजिक संजालमा अनौपनचारीक कुराकानी गर्दै भन्नुभयो
‘कोरोना संक्रमण हुँदा मानिसको शरिरमा रगत जम्छ। यसले फोक्सोमा समस्या ल्याउँछ। जीवनमै खतरा पनि हुन सक्छ,’ उनले भने, ‘रगत जम्ने समस्या निवारण गर्न रगत पातलो बनाउने इन्जेक्सन प्रयोग गर्नुपर्छ।’ ‘रेमडेसिभिर भन्ने एन्टिभाइरल औषधि पनि चलाएको पाइएको छ। एन्टिभाइरल औषधिहरूमा कोरोना बिरामीलाई फाइदा हुन्छ कि भनेर देखिएको यही एउटा हो। अहिलेसम्मको प्रयोगबाट यो औषधिले जुन मान्छे निको भएका छन्, ती चाँडो निको भएका छन्। उनीहरूको शरीरमा भाइरल लोड पनि कम देखिएको छ। मृत्युदर नै घटाएको भने पाइएको छैन,’ उहाँले बताउनुभयो ।
कुराकानीकै वीच संसाद थापासंग डा. सुवेदीले संक्रमित बिरामीलाई गरिने ‘प्लाज्मा थेरापी’ को पनि चर्चा गर्नुभएको जनाईएको छ ।
संक्रमण भएर निको भइसकेका व्यक्तिको रगतमा भाइरससँग लड्ने प्रोटिन (एन्टिबडी) बनेको हुन्छ। त्यही प्रोटिनयुक्त रगतको प्लाज्मा झिकेर नयाँ संक्रमितलाई दिने प्रक्रिया नै प्लाज्मा थेरापी हो। यसले संक्रमित व्यक्तिको शरीरमा भाइरस मर्छ र रोग निको हुन्छ भन्ने यो थेरापीको मान्यता हो।
‘यो विधिबाट पहिले पनि धेरै रोगको उपचार गरिन्थ्यो,’ उहाले भन्नुभयो, ‘एन्टिब्याक्टेरियल औषधि बन्नुअघि थुप्रै ब्याक्टेरियल रोगको उपचार यसैगरी गरिन्थ्यो। इबोलामा पनि यो विधि प्रयोग भएको छ।’ यसले कोरोनको सन्दर्भमा कति फाइदा हुन्छ र बिरामीको ज्यान जोगाउँछ कि जोगाउँदैन भन्ने प्रस्ट नभइसकेको पनि उहाले बताउनुभयो । ‘निको भइसकेका व्यक्तिसँग सरकारी स्तरमै प्लाज्मा आह्वान गर्न सकिन्छ। प्लाज्मा दिँदा कसैलाई केही हानि हुन्न। यो भनेको रक्तदान गरेजस्तै हो। ब्लडप्रेसर वा डाइबिटिज भएका बिरामीले पनि दिन डराउनुपर्दैन,’ उहाले भन्नुभयो । जवाफमा डा। सुवेदीले भने, ‘कोरोना भ्याक्सिन बनाउन अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भइरहेको छ। महामारी नियन्त्रण गर्ने अन्तिम ब्रह्मास्त्र भनेको भ्याक्सिन नै हो।’
अमेरिकी, बेलायत लगायत मुलुकमा परीक्षण भइरहेका भ्याक्सिनको प्रारम्भिक नतिजा प्रभावकारी देखिएको समेत उहाले बताउनुभयो ।
उहाले विश्वमा उत्पादन भएका विभिन्न भ्याक्सीनको चर्चा गर्दै तीमध्ये एउटा भ्याक्सिन भारतको सिरम इन्स्टिच्यूट अफ इन्डियामा उत्पादन भइरहेको बताउनुभयो । उक्त कम्पनीले कुल उत्पादनको आधा भारतलाई दिने र आधा अरू देशलाई बेच्ने गरी सम्झौता गरेको छ।’ यो अवस्थामा नेपालले सिरम इन्स्टिच्यूटसँग नेगोसियसन गर्न सक्छ। ‘उसले आधा भ्याक्सिन भारतलाई नै बेच्यो भने पनि आधा अरू देशलाई बेच्नेछ। हामी त्यो कम्पनीसँग सिधै नेगोसियन गरेर किन्न सक्छौं,’ उहाले भन्नुभयो । कोरोना भ्याक्सिन दिने विषयमा भारतले नेपाललाई प्राथमिकतामा राखेको छैन। यसमा राजनीतिक कारण भए पनि दुवै मुलुकको हितमा नभएको उहाले दावी गर्नुभयो । ‘नेपाललाई जोगाउनु भारतको हितमा छ। थुप्रै नेपालीहरू रोजगार निम्ति भारत जान्छन्। खुला सीमा पनि छ। नेपालमा महामारी नियन्त्रण नभएसम्म भारतले प्रत्येक व्यक्तिलाई भ्याक्सिन लगाए पनि नियन्त्रण हुँदैन। जनस्वास्थ्यका हिसाबले भारतले नेपाललाई प्राथमिकतामा नराख्नु उनीहरूको गल्ती हो। यसले हामीलाई त हानि भयो भयो, उनीहरूलाई पनि हानि हुन्छ,’ । उत्पादन सुरू भएलगत्तै भ्याक्सिन किन्न नेपालले भारतसँग कूटनीतिक पहल गर्नुपर्ने उहाले बताउनुभयो । रूसले हालै औपचारिक घोषणा गरेको कोरोना भ्याक्सिनमा शंका व्यक्त गर्दै उहाले परीक्षण बाहिरी विश्वले हेर्दा ‘अनइथिकल’ रहेको बताउनुभयो । जनावरमा गरिने परीक्षण मान्छेमा गरिएको छ। यो भनेको एक–दुई लाख मान्छेलाई दिने भ्याक्सिन होइन। गलत भयो भने दसौं लाख मान्छेमा एकैचोटि साइड इफेक्ट देखिन सक्ने उहाले दावी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्