ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना बीमा गर्ने सर्वसाधारणको संख्या १० लाख नाघ्यो (भिडियोसहित)


एबीसी न्यूज
१५ भदौ २०७७, सोमबार   ३ : ५३   बजे

काठमाडौं, १५ भदौ । कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढिरहदा कोरोना स्वास्थ्य बीमा गराउने सर्वसाधारणको संख्या बढ्दै गएको छ । बिमा गरेको १५ दिनपछि पीसीआर प्रविधिबाट परीक्षण गरिएको रिपोर्टमा कोभिड–१९ पोजिटिभ देखिएपछि बीमा रकम पाइने भएकाले पनि यसप्रति आकर्षण बढेको हो । अहिले बीमा कम्पनीहरुले ५० हजार र एक लाख रुपैया“को कोरोना बीमा गर्दै आएका छन् ।

कोभिड–१९ को सक्रमण समुदाय स्तरमै फैलिन थालेपछि सरकारले सुरु गरेको कोरोना स्वास्थ्य बीमाप्रति आकर्षण बढेको छ । कोरोनाको सक्रमण र मृत्यु हुनेको सख्या बढ्न थालेपछि आम सर्वसाधरणमा आर्थिक सहयोग र उपचारका लागि खर्च समेत जुट्ने भएकोले बीमाप्रति नागरिकहरूको आकर्षण बढेको हो । नेपालमा कोरोना तिब्र गतिमा फैलिएसंगै थेरै रकममा बीमा गरेर जोखिम सुरक्षित गर्न सकिने भएकाले कोरोना बीमाप्रति सर्वसाधारणको आकर्षण बढेको हो । अहिलेसम्म देशभरबाट १० लाखभन्दा बढी सर्वसाधारणले कोरोना बीमा गराएको बीमा समितिले जनाएको छ ।

कोरोना बीमा १ लाख रूपैया र ५० हजार रुपैया बराबरको गर्न सकिन्छ । एक लाखको बिमाको लागि व्यक्तिगत १ हजार रूपैया र परिवारका अन्य सदस्यको पनि बीमा गरेमा प्रतिव्यक्ति थप ६ सय रूपैया“ शुल्क लाग्ने छ । यस्तै ५० हजार रुपैया“को कोरोना बिमा गर्दा व्यक्तिगत ५ सय रुपैया“ र परिवार अन्य सदस्यको पनि बिमा गरेमा प्रतिव्यक्ति ३ सय रूपैया बीमाशुल्क लाग्ने छ । बिमा गरेको १५ दिनपछि नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पिसिआर परीक्षण गरी कोरोना भाइस देखिएको प्रमाणपत्र ७ दिन भित्र पेशगरी बिमा दाबी भुक्तान गर्नुपर्ने बिमा समितीले जनाएको छ ।

कथंकदाचित कोरोनाको संक्रमित भइहालेपछि केही आर्थिक सहयोग र उपचारका लागि खर्चसमेत जुट्ने भएकाले पनि यस बीमाप्रति नागरिकहरूको आकर्षण बढेको देखिन्छ। बिमा कम्पनीमा जहासुकै शाखामा गएर सहज रुपमा कोरोना बिमा गर्न सकिने समितीले जनाएको छ ।

महामारीको समयमा बिमा गर्दा सक्रमण भइहालेपनि केही हदसम्म भए पनि आर्थिक राहत मिल्ने भएकोले बिमा गर्ने सख्या निरन्तर बढेको हो । कोरोना बीमा योजनाका लागि सरकारले साढे ३ अर्बभन्दा माथि कोरोना बीमाको भुक्तानी बेहोर्ने भएको छ भने पुनर्बीमा कम्पनीले १ अर्ब रुपैया जोखिम वहन गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीको शोकमा करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम स्थगित

झापाको काँकडभिट्टा सीमा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ प्रयोग

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu