ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली राजनीतिमा विकृतिजन्य अभ्यासको दूरगामी नजीरको प्रस्थान विन्दु बन्ने खतरा


एबीसी न्यूज
२० भदौ २०७७, शनिबार   ९ : ०१   बजे

झण्डै ६ महिना लामो आन्तरिक गुटगत विवादको समाधानको नाममा सत्तारुढ नेकपाको सचिवालय बैठकले प्रतिनिधिसभामा पराजित उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनित गर्ने कोटामा पठाउने निर्णय गरेको छ । प्रतिनिधिसभाको निर्वाचनमा जनताबाट पहिल्यै अस्वीकृत व्यक्तिलाई अर्कै उद्देश्यका लागि व्यवस्था गगरिएको संवैधानिक प्रावधानको जस्केलोबाट संसदमा छिराइनु नेकपाका लागि जनअभिमतको विपरीत मात्र हैन, आफैंले बनाएको संविधानको हुर्मत लिएको ठहर्ने छ । गटगत राजनीति टिकाउन नेकपा संचिवालयको ‘कथित सर्वसम्ममत’ निर्णयको यो कदम अन्ततः नेपाली राजनीतिमा विकृतिजन्य अभ्यासको दूरगामी नजीरको प्रस्थान विन्दु बन्ने गम्भीर खतरा बन्नेछ ।


कस्तो व्यक्ति मन्त्री बन्न सक्छ ? संविधानको संविधानको व्यवस्था यस्तो छ 

प्रतिनिधिसभा निर्वाचनमा पराजित नेतालाई संवैधानिक जस्केलोबाट संसद छिराएको यो पहिलो घटना भने होइन । नेकपा प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठ यसअघि नै राष्ट्रियसभामा सांसद भइसकेका छन् । तर श्रेष्ठले कमसेकम मनोनयन नामको ‘टिके सांसद’ बन्नुभन्दा राष्ट्रिय सभाको निर्वाचन नै लडेर त्यहाँ पुगेका हुन् । संविधानको मर्म र भावनाअनुसार श्रेष्ठको संसद प्रवेश पनि गलत थियो, तर राष्ट्रपतिबाट मनोनयन हुने कोटामा गुटको बैशाखी टेकेर ‘माननीय सांसद’ बन्ने गौतमको प्रयासले संवैधानिक प्रावधानको धज्जीमात्र उडाएको छैन, सदनको महत्व र गरिमासमेत धुलिसात पारेको छ । त्यसमाथि हालको नेकपाभित्रका दुवै पार्टीले विशेष स्वामित्व र पहलमा बनाएको संविधानको समेत हुर्मत लिने काम सत्तारुढ दलबाट नै भएको छ ।

त्यसो त वामदेव गौतमको सत्तालोलुपताको यो पहिलो प्रयास भने होइन । ३३ महिना पहिले प्रतिनिधिसभाको निर्वाचनमा बर्दियाबाट पराजित भइसकेपछि गौतमले संसद छिर्न झण्डै दुई दर्जन पटक प्रयास गरिसकेका थिए । कहिले डोल्पाका सांसदलाई राजीनामा गराएर निर्वाचित हुने, कहिले बाँके त कहिले पाल्पाका निर्वाचित सांसदलाई राजीनामा गराउने, रुकूम पूर्व कि पश्चिम, नवलपरासी कि बाजुरा हुँदै आफू प्रतिनिधिसभामा आएर प्रधानमन्त्री बन्ने भन्ने उनको प्रयास काठमाडौंका रामबीर मानन्धरसम्म आइपुग्दा असम्भव सावित भइसकेको थियो ।

वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने पार्टी सचिवालयको बैठक

काठमाडौं–७ का मतदाता र नेकपाकै कार्यकताले गौतमको पदलोलुपताको चर्को विरोध गर्दै असहयोग गर्ने बताएपछि उनी पछाडि हटे । यस्तै प्रयास कास्की–२ मा खाली भएको निर्वाचन क्षेत्रमा समेत गौतम जान तयार भएनन् । स्थिति यस्तो बन्न पुग्यो कि मुलुकभर कुनै पनि निर्वाचन क्षेत्रमा वामदेव गौतम अस्वीकृत हुन सक्ने आंकलन गरियो । यही परिदृश्यमा राष्ट्रिय सभाका रिक्त १९ सदस्यको निर्वाचनताका नेकपा दुवैजना अध्यक्षले गौतमलाई राष्ट्रिय सभामा जान अनुरोध गर्दा उनले अस्वीकार गरे । तर पार्टीभित्रको गुटमा बहुमत पु¥याउने कसरतस्वरुप फागुन १४ गते गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरियो । त्यो प्रस्ताव कार्यान्वन गर्न प्रधानमन्त्री तयार भएनन् । विवादको उत्सकर्षमा गत बैशाख २० गतेको सचिवालयको बैठकमा उनलाई ‘उचित बेलामा निर्वाचन लडेर प्रतिनिधि सभामा लैजाने र प्रधानमन्त्री बन्ने’ निर्णय मा पुग्यो ।

तर अहिले अर्थमन्त्री युवराज खतिवडालाई हटाउन चाहने पार्टीभित्रैका र पार्टी बाहिरका कतिपय स्वार्थ समूहले वामदेवरुपी मोहरा बनाएको जगजाहेर छ । त्यसैले खतिवडाको राजीनामा आउनुभन्दा तीन दिन पहिलेदेखि प्रचारबाजी गरियो – राष्ट्रिय सभामा भएर वामदेव गौतम उपप्रधान तथा अर्थमन्त्री बन्दैछन् । संविधानको धारा ७८ ९४० ले चुनाव हारेको व्यक्ति मन्त्री बन्न नसक्ने स्पष्ट उल्लेख गरेको छ । त्यसो त राष्ट्रियसभामा राष्ट्रपतिले मनोनयन गर्ने सदस्यको मापदण्डभित्र वामदेव कसैगरे पनि पर्दैनन् । ‘राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान गरेका, सामाजिक रुपमा पछि परेका ÷ पारिएका समुदायलाई समेट्न’ संविधानले परिकल्पना गरेको मनोनीत कोटामा पार्न दवाव दिनु कुनै पनि दलको माथिल्लो तहका नेतालाई सुहाउँदैन । तर गौतमका लागि यस्ता बाध्यकारी प्रावधान कहिल्यै नैतिक बन्धनसम्म बन्दैनन् । उनले आफ्नो लागि राष्ट्रियसभाबाट प्रधानमन्त्री बन्ने बाटो खोल्न संविधान नै संसोधन गराउन लविङ गरेको केहिअघिको उडन्ते प्रचारवाजी र नजीर नै काफी छ ।

यद्यपि पछिल्लो विकसित परिदृश्य हेर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विवादका सन्दर्भमा गौतमलाई आफ्नो पक्षमा पारेर कथित भैंसेपाटी गठवन्धन तोड्ने भन्ने नाममा गत महिना गौतम निवासमा पुगेर डिनर गरेर फर्के । त्यो पनि बद्नाम विचौलियाको अरनखटनमा त्यसो गरिएको सार्वनिक भइनै सकेको छ । त्यसको नराम्रो साइडइफेक्ट लगानी बोर्डको नियुक्तिले अरु स्पष्ट गरेको छ । त्यर भारीले किचिएर र अन्तिमसम्म हेर्ने भन्ने प्रम ओलीको स्वाभावका कारण गौतमको नाम सिफारीस गर्न प्रम ओली नै बाध्य हुन पुगे दृश्यमा ।

गौतमको पछिललो चाहना प्रधानमन्त्रीबाट अर्थमन्त्रीमा झरेको छ । तर प्रम ओली तत्काल मन्त्रीमण्डल पुर्नगठनको पक्षमा छैनन् । अर्थमन्त्री खतिवडाले राजीनामा दिए पनि प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको रुपमा रहेर अरु बढी शक्तिशाली भएर डिफ्याक्टो प्रधानमन्त्रीका रुपमा काम गर्न पनि सक्छन् । त्यसका लागि प्रम ओली रिक्त हुन पुगेको अर्थ मन्त्रालय आफैं मातहत राखेर खतिवडाकै सल्लाहामा अघि बढाउने मनस्थितिमा प्रधानमन्त्री रहेको बालुवाटारस्थित सूत्रहरुले दावी गरेको सत्य भएमा खराबमध्येको कम खराब र उत्तम विकल्प सावित हुनेछ ।

यही प्रकारको व्यवस्था भए खतिवडाको बर्हिगमनका लागि साम, दाम, दण्ड र भेद प्रयोग गर्ने पार्टीभित्रको गुट र बाहिरको स्वार्थ समूह पुनः पार्टी निर्णयकै आड बनाएर प्रधानमन्त्रीमाथि ‘यो वा त्यो व्यक्तिलाई फलानो मन्त्रालयको मन्त्री बनाऊ’ भन्नेमा लाग्न सक्छ । नेकपाभित्रको विवादको त्यो उत्कर्षले पार्टी स्वयंलाई त क्षति पुग्ने छ नै, तर संविधानले बर्जित गरिएको व्यक्तिलाई मन्त्री बनाइएमा बामदेवको बद्नाम विगतले सिंगो नेकपालाई अरु बढी दुर्गन्धित बनाउने निश्चित छ ।

नेकपा एकता भएपछि निर्वाचनमा गौतम आफ्नै कारणले पराजित भएको आजैमात्र उनले सार्वजनिक गरेका छन् । त्यसबाहेक प्रम ओली विरामी परेका बेला काठमाडौं–सिंगापुरको दौडादौडबाट पार्टीको विधान नै परिवर्तन गरेर उनले उपाध्यक्ष पद प्राप्त गरे । जिम्मेवारीमा संगठन विभाग प्रमुख बन्न सफल भए । प्रचण्डसँगको दोस्तीका नाममा प्रचण्डलाई हदैसम् बद्नाम गर्नमा कुनै कसर बांकी राखेनन् । पछिल्लो प्रकरणमा केही हतियार माफिया र विचौलियाको पहलमा ओलीमाथि थेग्नै नसक्ने दबाब बढाएर राष्ट्रपतिलाई समेत विवादमा पार्नेगरी र आफ्नै बचनको पनि सहजै उल्लंघन गर्ने गरी राष्ट्रिय सभामा पुगेर संविधानको हुर्मत लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group