ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रौतहटको बजारमा हरियो तरकारीको मुल्य बढ्यो


एबीसी न्यूज
२३ भदौ २०७७, मंगलबार   ३ : ३३   बजे

रौतहट, २३ भदौ ।  रौतहटको बजारमा हरियो तरकारीको भाउ एक्कासी बढेको छ । हरियो तरकारी रौतहटको बजारमा सर्लाही र मकवानपुरबाट आउने गरेको छ ।

पछिल्लो समयमा बन्दाबन्दी र निषेधाज्ञाका कारण सर्वसाधारणको आम्दानी सुक्दै गएको र तरकारीको भाउ बढदै गएका कारण आम सर्बसाधारणको घरमा हरियो तरकारी कमै पाक्ने गरेको स्थानीयको भनाई रहेको छ । पछिल्लो केही दिन यता टमाटर एक सय ४० रुपैयाँ किलो बजारमा बिक्रि भईरहेको छ । पछिल्लो केहीदिनमा टमाटारमै किलोमा ४० रुपैया सम्म भाउ बढेको हो ।

८० रुपैया किलोमा हरियो काक्रो विक्रि हुदै आएको छ । काक्रोमा केही दिन यता २० देखी ३० रुपैया भाउ बढेको हो । जिल्लाको बजारमा एक सय ४० रुपैया किलो बिक्रि हुदै आएको काउलीमै किलोमै ३० रुपैयाले बढेको चन्द्रनिगाहपुरका स्थानीय तरकारी ब्यापारी नागेश्वर साहले जानकारी दिएका छन् । गत सोमबार ६० रुपैयाँ किलोमा बिक्रि हुदै आएको बन्दाको प्रतिकिलो मुल्य एक साता पहिला सम्म ३० रुपैयाँ किलो रहेको साहको भनाइ रहेको छ ।

५० रुपैयाँ किलोमा बिक्रि हुदै आएको लौकाको मुल्य पछिल्लो समयमा जिल्लाको बजारमा प्रतिकिलो ८० रुपैया सम्म पुगेको छ । ८० देखी एक सयमा बिक्रि हुदै आएको बोडीको प्रतिकिलो हिजो आज जिल्लाको बजारमा १ सय २० रुपैयाँ किलोमा आफुहरु किन्न बाध्य भएको चन्द्रपुर ८ का स्थानीय बासिन्दा अमृत सापकोटाको भनाई रहेको छ ।

पछिल्लो चार दिय यता प्याजको मुल्य समेत बढदै जान थालेको स्थानीय ब्यापारीको भनाइ रहेको छ । प्याजको प्रतिकेजि मुल्य अहिले बजारमा ६० रुपैया रहेको छ । प्याजको मुल्य समेत किलोमा १२ रुपैया बढेको हो । हरियो खुर्लानीको भाउ अकाशियर किलोको १६० पुगेको छ । केही दिन पहिलाको तुलनामा किलोमा खुर्लानीको भाउ ३० रुपैया बढेको हो । रायोको साग रौतहटको बजारमा ३० रुपैयाँ मुठोको पर्ने गरेको छ । जवकी एक साता पहिला सम्म त्यही साग २० रुपैया मोठोमा पाउने गरेको स्थानीय गृहणी इन्दिरा तिवारीले बताईन् । चाडबाड नजिकदै गर्दा लसुनको मुल्य बढेर किलोको २२० रुपया पगेको छ । एक हप्ता पहिला सम्म लसुनको मुल्य १८० रुपया किलोमा रौतहटको बजारमा पाइने गरेको थियो ।

रौतहटको बजारमा सर्लाहीको लालबन्दी र मकवानपुरको बिभिन्न स्थानका अलावा रौतहट जिल्लामै उत्पादन भएको हरियो तरकारी बिक्रि बितरण हुदै आएको छ । बजारमा प्रायः सबैखालका तरकारीको भाउ बढेको छ । सबैको भान्सामा प्रयोग हुने रातो आलु गएको हप्तासम्म प्रतिकिलो औसत मूल्य ४८ मा बिक्री हुने गरेको थियो ।

तर अहिले त्यसको भाउ बढेर ६९ रुपैया पुगेको छ । कोरोनाका कारण भएको लकडाउनले आपूर्ति कम हुदा भएका तरकारी पनि किसानले बजारसम्म लैजान नसक्दा आपूर्ति कम भएकोले भाउ बढेको जानकारहरुको भनाइ रहेको छ । एकातिर किसानले आफूले उब्जाएको तरकारीको उचित मूल्य पाउन सकेका छैनन् भने अर्कोतिर उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको चन्द्रपुर नगर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बासु अधिकारीको भनाइ छ ।

मानिसको आधारभूत आवश्यकता दुई छाक खाना र तरकारी खान पनि डराउनुपर्ने स्थिति सृजना हुनु दुःखद कुरा हो । यस्तो संकटको घडीमा गरिएको कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्नु सरकारको मुख्य दायित्व हो र सुपथ मूल्यमा खाद्य वस्तु उपभोग गर्न पाउनु नागरिकको अधिकार हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

सम्बन्धित

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

देशका सबै प्रदेशमा आज पनि भारी वर्षा हुँदै, शतर्कता अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu