साहित्यलाई समाजको दर्पणमात्र नभै भविष्यवाणीको एक अंशको रुपमा पनि लिन सकिन्छ । हाम्रा पौराणीक साहित्यले सयौं वर्ष अगाडी अहिलेको सामाजिक ब्यवस्थाको वारेमा परिकल्पना गरेर लेखेका कुराले यो तथ्यलाई पुष्टिगरेको देखिन्छ। त्यसैले साहित्यकार सष्टामात्र नभएर भविष्य दष््रटा पनि हुन। साहित्यकारले कुनै न कुनै रुपमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भविष्यको कल्पना गरेको हुन्छ। विश्वेश्वरप्रसाद कोइराला साहित्यकार मात्र नभै समाजपरिर्वतनका समवाहक समेत भएको कारण उनको साहित्य रचनामा भविष्यको प्रतिविम्व नआउने कुरै भएन तर यस विषयमा खासै अध्यान विष्लेषण गरिएको छैन। वि. पि. ले सिग्मण्ड फ्राएडलाई अपनाए वा अपनाएनन् तर समालोचकहरुले उनलाई फ्राएडवादीको पहरी गुताएरै छोडे तर उनले वास्तवमा भोलीको नेपाली समाजको वारेमा गरेका सुक्ष्म भविष्यवाणी गरेका थिए। उनले प्राय सवै कृतिमा कुनै न कुनै रुपमा नेपालको भोलीको समाजमा सहज लाग्ने तर उनको समयमा चलीनसकेका सामाजिक संस्कार, पे्रम समवन्ध, पारिवारिक संरचना, आदि विषयहरुको उठार्न भएको छ। हाल चलेको संस्कृतिक संघुलनको जग उनको बहुचर्चित उपन्यास सुम्निमामा देख्न सकिन्छ, त्यस्तै अन्य कथामा उललेख भएका पात्र र परिवेशले पनि कुनै न कुनै रुपमा नेपाली समाजको भोलिको सामाजिक ब्यवस्थालाई प्रतिविम्वित गरेको देखिन्छ।
नेपाली साहित्यको विकास क्रममा मनोवैज्ञनिक धारका अभियनञता भनेर चिनिने वि . वि कोइरालाको विषयमा जति सायद विश्वका कुनै पनि साहित्यकारको विष्यमा चर्चा हुदैन होला । वि. पि. जयान्ती र स्मृति दिवसमा प्राय नेपालका सवै स्थानीय तहमा वि. पि. कोइरालाको साहित्यिक ब्यक्तित्वको विषयमा चार्चा हुने गर्दछ । सायद वि.पि. कोइरालाको विषयमा लेख्न वाँकि र भन्न वाँकि केही पनि छैन होला तै पनि उनको साहित्यमाथि समालोचना गर्ने र गराउनेको भिड उत्तिकै देखिन्छ कारण उनी साहित्यकारमात्र होइनन् नेपालको प्रजातन्त्रीक शाशन ब्यवस्थाका प्रमुख संवाहक पनि हुन। कति विद्यवानहरुले उनले राजनीति चिन्तनवाट अलग राखेर विशुद्द साहित्यकारको रुपमा पनि परिचय गराउन खोजेका छन तर साहित्य कहिले पनि समाजवाट टाडा रहन सक्दैन त्यसमा पनि वि.पि.कोइरालालाको साहित्यमा राजनीति वा समाज सुधारको गन्ध नदेख्नु आफैंमा अन्धोपन सिवाय केही होइन । साहित्य कोरा कल्पनाको खेस्रामात्र हाइन त्यस भित्र सामाज विज्ञनका महत्वपूर्ण विषय र प्रसंगहरु समेत जोडिएर आएको हुन्छ । वि. पि.कोइरालाको कथाा , उपन्यसमा र निवनधमा एक युगकोमात्र नभएर समग्र समयको मानव चिन्तनकै प्रतिविम्व देख्न सकिन्छ ।
उनको साहित्यमा नेपाली समाजको के कस्तो भविष्य परिकल्पना गरिएको छ भन्ने विषयमा फरक परक मत हुन स्वभाविक देखिन्छ । समाज विकासको गतिलाई दन्द्धवाद भन्दा फरक शैलीमा चित्रण गरिएका कारण धेरैले उनलाई राजनीति भन्दा पर राखेर अध्ययन गरेका हुन तर समाजको मुल जग परिवार र परिवारको मुल आधार ब्यक्तिको मनोविज्ञनलाई उनले लेखनको विषय वनाएका छन् । पारिवारिक सम्वन्ध, मायाँ प्रेम, यौन अदि मनसंग जोडिएर आउने विषयले गर्दा उनलाई मनौवैज्ञनिक विचार धारामा आधारित भएर लेख्ने लेखक भन्न सजिलो छ तर उनलाई भविष्य द्रष्टा भन्दा अचम्म लाग्न सक्छ किनकी देवी भागवतमा जस्तो उनको कथामा कलियुगको वणर्न गरिएको छैन । रामायणमा जस्तो कलियुगका मानिसहरुको चिन्ता उनले गरेका छैनन् । अव प्रशन आउँछ कसरी कोइरालालाई भविष्यका द्रष्टा भनेर भन्न सकिन्छ । यी र यस्तै प्रशनमा घोत्लिनु भन्दा अगाडी हामीले यो ख्याल गर्नु पदर्छ कि सफल लेखकले कुनै ब्यक्ति परिवेसलाई आरोपित नगरीकन कुनै विषयको उठान गर्न सक्दछन् भने कमसल लेखकले पाइलै पिच्छे आरोप लगाएर साहित्यलाई घृणा र रोषले भरिपूर्ण वनाउँदछ ।
वि. पि कोइरालाको लेखमा त्यस्ता आक्षेप देख्न सकिंदैन उनले सालिन भाषामा परिवेस र पात्रको परिवारिक पृष्ठिभूमि सामाजिक अर्थब्यवस्था, संस्कार र जीवनशैलीले र्निधारण गरेको मनोविज्ञको साहायता लियर समाजको गतिविधि र भावी समयमा समाजले लिनेगतिलाई सपष्ट संग देखाएका छन। अव कुरा गरांै उनको बहुचर्चित उपन्यास सुम्नीमा उनले देखाएको नेपाली समाजको भोलीको समाज ब्यवस्था । पात्रको आधारमा यो उपन्यासलाई कतिले लेखकले हिन्दु र किराँतको संस्कृतिक द्धन्द्ध, कतिले लेखकले घुमाउरो पाराले हिन्दु संस्कारलाई सभ्य र किराँतलाई असभ्य देखाउन खोजेको पनि भने तर उपन्यासमा हिन्दु समाजका प्रतिनिधि पात्र सोमदत्तले सुम्निमाकी छोरीसंग आफ्नो छोराको विवाह गराउने प्रस्ताव राखेको प्रसंगले नेपाली समाजमा राजनीति परिर्वतन पछि आउने संस्कृतिक परिर्वतन र त्यसलाई सवैले स्वकार गर्ने कुरालाई देखाइएको छ । सोमदत्त जस्तो कट्टर हिन्दु र किराँत धर्मको प्रतिनीधि पात्र विजुवाका सन्तान दुवैले आफ्नो संस्कार भविष्यमा छोड्ने र साझा संस्कृतिको पक्षमा उभिने कुरालाई देखाएको छ। राजनीति परिर्वतन संगै समाजिक , संस्कृति, पारिवारिक बयवस्थामा पनि परिर्वतन ल्यउनु पर्छ र नेपनली समाजलाई सभ्य समाजकोको रुपमा समानता र सहअस्थित्वको शिदान्तमा आधारित भएर अगाडी वढाउनु पर्छ भन्ने उनको राजनीति दर्शको छनक यो कथामा देख्न सकिन्छ। यसैअनुरुप उपन्यसमा पात्रहरुको क्रियाकलाप प्रष्ट संग दखिएको छ। सुम्निमामा जस्तै उनका प्राय सवै रचनाले नेपाली समाजको राजनीति परिर्वतन पछिको समाज ब्यवस्थालाई उजागर गरेको छ किनकी उनी आफैं राजनीति प्रतिर्वतन र समाज परिर्वनका प्रमुख योजनाकारका रुपमा नेपनली राजनीतिमा उदायका एक चमिकला तारा हुन ।
प्रतिक्रिया दिनुहोस्