ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आमजनतालाई कोरानासँगै बाँच्न सिकाऊ


एबीसी न्यूज
२७ भदौ २०७७, शनिबार   ७ : ५६   बजे

कोभिड–१९को महामारी र संक्रमणबारे थोरै मात्र जानकारहरु पनि अहिले अन्योलमा छन्– पछिल्लो तीन साता निषेधज्ञाको नामा किन लकडाउन गरियो र किन फेरि खोलियो भनेर । काठमाडौं उपत्यकाका हरेकजसो टोलमा दोहोरो अंकमा संक्रमित भेटिन थालेपछि नियन्त्रण र रोकथामका लागि भदौ ३ देखि एक साताको दरले तीन पटकसम्म थपिएको निषेधाज्ञाको अवधिमा न त परीक्षणको दायरा नै बढाइयो, न प्रभावकारी कन्ट्याक्ट टे«सिङ नै भयो ।

विभिन्न सरकारी अस्पतालमै कार्यरत जनस्वास्थ्यविद्हरुले काठमाडौ उपत्यकामा संक्रमण समुदायस्तरमै फैलिएको जिकिर गर्दैै तत्कालै समूहगत रुपमा सेरोलोजिकल र पुल टेस्टिङ गरेर संक्रमणको अवस्था पत्ता लगाउन सुझाव दिए । तर स्वास्थ्य मन्त्रालयभित्र हालिमुहाली जमाएर बसेको कर्मचारी र राजनीतिक नेतृत्वले विज्ञहरुको सुझावप्रति कुनै संवेदनशीलता देखाउन सकेन । बरु उल्टै प्रधानमन्त्रीबाट दिनको २२/२३ हजार परीक्षण भइरहको भन्दै आसन्न भयावह अवस्थाको सम्भावनालाई छोप्ने काम गर्न लागइयो । ‘महामारी नियन्त्रणमा सरकार सफल’ रहेको देखाउन गरिएका यस प्रकारका भद्दा पटाक्षेप निन्दनीय छन् । यो जनताको स्वास्थ्यप्रतिको खेलबाड हो ।

विगत तीन सातायता काठमाडौं उपत्यकामा सरदर दैनिक ३ सय भन्दाबढी संक्रमित देखापरेका छन् । संक्रमणको यही रफ्तारलाई मान्ने हो भने पनि लकडाउन अवधिमा उपत्यकामा मात्रै करीव ५० हजार कन्ट्रयाक्ट ट्रेसिङ तत्काल गरिनुपर्दथ्यो । तर दैनिक रुपमा खटाइखटाई एकाध हजार कन्ट्याक्ट ट्रेसिङ गरिंदा समुदायमा थप संक्रमण बढ्न मलजल पुगेको छ ।

निषेधाज्ञा खुकुलो पारेपछि यो संख्या अझै बढ्न पनि सक्छ । महामारीको अहिलेसम्मको विश्वव्यापी प्रवृत्ति हेर्दा सामान्य त ८० प्रतिशत विरामी आफैं ठीक हुन्छन् । बाँकी २० प्रतिशतलाई कुनै न कुनै रुपको चिकित्सकीय सेवा आवश्यक पर्छ । ५ प्रतिशतलाई त आइसीयू या भेन्टीलेटरको जरुरत नै पर्ने देखिन्छ । ३ सयका दरले मात्र हिसाव गर्दा पनि दैनिक सरदर १५ जनालाई आइसियू वा भेन्टिलेटर सेवा दिन विद्यमान संरचनाले कसै गरे पनि धान्दैन । लकडाउनको अवधिमा थप आइसोलेशन वेड, आइसीयू र भेन्टिलेटर व्यवस्थापन गर्न र ती कक्षमा काम गर्ने स्वास्थ्यकर्मीलाई तालीम दिन सकिन्थो ।

महँगो भेन्टिलेर संचालन जनशक्तिको चाप कम गर्न पर्याप्त अक्सिजनको उपलब्धताका लागि स्वदेशमै प्लान्ट स्थापना गर्ने र प्रमुख कोभिड अस्पतालका प्रत्येक आइसीयू वेडमा पाइपमार्फत् वितरण गर्ने प्रवन्ध गर्न सकिन्थो । उपत्यकामा समुदायस्तरमा संक्रमण विस्तार हुन थालेसँगै विज्ञहरुले यसप्रकारको व्यवस्था गर्न सुझाव पनि दिएका हुन् ।

तर स्वास्थ्य मन्त्रालय यसप्रकारको दिगो समाधानको उपाय खोज्नभन्दा आन्तरिक ठेक्कापट्टाको मोलमोलाइमै व्यस्त हुन थालेको नांगै देखियो । यसखाले गैरजिम्मेवार शैलीमा तत्काल सुधार नल्याए स्थिति नियन्त्रण बाहिर जान सक्छ भन्ने कुरा प्रधानमन्त्रीकै तहबाट सोचिनु पर्दछ, विदा गर्नु पर्ने मन्त्रीका भरमा जनतालाई अरु बढी सास्ती दिन मिल्दैन ।

त्यसो त तीन साता लामो निषेधाज्ञा खुकुलो गर्नुको विकल्प पनि थिएन । आम मानिसको आजिविकादेखि मुलुकको अर्थतन्त्र चौपट भैसेकेको अवस्थामा पर्याप्त स्वास्थ्य सचेतनतासहित न्यूनतम आर्थिक गतिविधि चलायमान बनाउन आवश्यक थियो । यस अर्थमा निषेधाज्ञा खोल्ने निर्णय सही भए पनि निषेधाज्ञापछिको तुलनात्मक खुलापनलाई व्यवस्थापन गर्ने सवालमा भने सरकार पुनः चुकेको छ ।

विश्वका कतिपय मुलुकले अहिले कोरोनासँग मिलेर बाँचौ भन्ने आधारमा पर्याप्त स्वास्थ्य सचेतनासहित आर्थिक गतिविधिलाई चलायमान गरिसकेका छन् । आमजनतालाई महामारीको जोखिमबाट बच्न अपनाउनुपर्ने न्यूनतम स्वास्थ्य सचेतना र स्यानिटाईजर वा सावुन पानीको उपलब्धताको सुनिश्चितता गर्ने कामका लागि सरकारको अहं भूमिका हुन्छ । त्यसमाथि आम मानिसलाई चेतना दिनका लागि सबै प्रकारका सञ्चारका साधनको उपयोग र समन्वय भन्दा बढी मन्त्रीको ध्यान जनचेतनाका नाममा किर्ते विल खोजीमा लागि परेको घटनाले नेकपालाई नै लज्जित बनाएको हुनु पर्दछ ।

निषेधाज्ञा खुकुलो पार्न अहिले नेपालले अवलम्वन गरेको पाकिस्तानी मोडेलकै राम्रोसँग अध्ययन गरेको भए सरकार यस्तो रनभुल्लमा पर्नुपर्ने थिएन । भौतिक दूरी र लकडाउन अस्वीकार गर्ने कट्र मुश्लिम समुदायको बाहुल्य रहेको पाकिस्तानले त्यति ठूलो जनसंख्या र त्यहाँका प्रमुख चाडपर्वबीच पनि संक्रमण दर घटाउन, निको हुने दर बढाउन र मृत्युदरलाई न्यून बनाउन के उपक्रम ग¥यो रु कसरी चीन, जसले कोभिड–१९ विरुद्धको लडाइ सहजतापूर्वक जित्यो, कसको सहयोग पाकिस्तानले लिन सक्यो ? त्यो कुरा मनन गरेको भए पुग्थ्यो । तर हामीले चिनियाँ पक्षबाट पटकपटक औपचारिक रुपमै सहयोगको सदाशयता व्यक्त हुदाँ पनि किन सहयोग लिन सकेनौं वा लिएनांै ? स्वास्थ्य मन्त्रालय र सरकार स्वयंले यो प्रश्नको उत्तर दिन जरुरी छ ।

दिनको एकपटक प्रत्यक्ष अपडेटको नाममा करोडांै रुपैयाँको बजेट सिध्याएर मात्र आमजनतामा स्वास्थ्य सचेतना पुग्न सक्दैन । अभैm पनि सरकारको साख बचाउने मौका छ । झिनामसिना खेलोफड्को छाडेर सबै सरोकारवालाको सहभागितामा आमजनतालाई कोरोनासँग बाँच्न सिकाऊँ । त्यसका लागि बहालवाला स्वास्थ्य मन्त्रीको विदाई र विज्ञ र जनपक्षीय मन्त्रीको आवश्यकता टड्कारो बन्न गएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group