काठमाडौं, २७ भदौ । पटक–पटक आलोचित हुँदै आएको मूलधारका भारतीय मिडियाको शैलीप्रति फेरि एक पटक प्रश्न उठेको छ । केही महिनायता अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि बहुसङ्ख्यक मिडियाले यही विषयलाई हेडलाइन बनाएका छन् ।
मिडियाको यही रवैयाप्रति फेरि एक पटक खुलेर आलोचना भएको हो । भारतको अङ्ग्रेजी संस्करणको अखबार ९द हिन्दू० ले भारतमा स्वतन्त्र मिडियाको अवसान भएको भन्दै समवेदना छापेको छ । शुक्रबार प्रकाशित विज्ञापनलाई हाल भारतीय मिडियामा देखिएको तिनै बेथिति र विसंगतिविरुद्धको प्रहारका रुपमा हेरिएको छ । वर्गीकृत विज्ञापनअन्तर्गत छापिएको उक्त शोक सन्देशमा सांकेतिक रुपमा ‘स्वतन्त्रताकी छोरी एवं सत्यकी पत्नी मिडियाको निधन भएकोमा परिवार तथा मित्रको तर्फबाट समवेदना प्रकट’ गरिएको छ ।
उक्त विज्ञापन शिक्षा, अर्थतन्त्र, नीति र राजनीतिमा चासो राख्ने कार्तिर्क सहनीले छपाएका हुन् । भारतीय अनलाइनहरुका अनुसार दिल्लीको स्टेफन कलेजका पूर्व विद्यार्थी सहनी पब्लिक पोलिसीमा मास्टर्स गर्न हार्वर्ड जाने तयारीमा छन् ।
विशेषगरी सुशान्त सिंह प्रकरणमा मिडिया पूर्वाग्रही भएको र न्यायालयको काम चलिरहँदा एकतर्फी समाचार प्रकाशन र प्रसारण भएको प्रति एम्नेस्टी इण्डिया ले पनि ध्यानाकर्षण भएको जनाइसकेको छ । सुशान्त प्रकरणमै केही मिडियाले रिया चक्रवर्ती दोषी साबित भइसकेको जसरी समाचार सम्प्रेषण गरिरहेको र अपमानित गरिरहेको भन्दै आलोचना भइरहेको छ ।
भारतमा गरिबी, कोरोना महामारीले अर्थतन्त्रमा निम्त्याएको कहर, चीनसँगको सीमा विवादलगायत कैयौँ विषय हुँदा पनि मिडिया सत्तापक्षको भजन गाउन, आमनागरिकका चासोबाहिरका र कुनै स्वार्थ राखेर प्रस्तुत भएको भन्दै आलोचना हुँदै आएको छ । अधिकांश मिडिया यस्तै विषयमा अल्झिँदा औँलामा गन्न सकिने केही मिडिया ओझेलमा पर्ने गरेका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण भारत अहिले विश्वको सबैभन्दा प्रभावित देशको दोस्रो स्थानमा छ । भारतमा ४५ लाखभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ भने ७६ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । विगत केही वर्षयता भारतीय मिडियामाथि स्वतन्त्र पहिचान गुमाउँदै सत्तापक्षको पक्षपोषण गरेको आरोप लाग्दै आएको छ । आमनागरिकका मुद्दालाई भन्दै पनि कुनै निश्चित उद्देश्य र स्वार्थबाट प्रेरित भएर समाचारहरु संप्रेषण गरेको आरोप पनि स्वतन्त्र अलोचकहरुले लगाउने गरेका छन् ।
केहीले त अनौपचारिक संकटकालसमेत भन्ने गरेका छन् । विशेषगरी भारतीय टीभी च्यानलको भूमिकाप्रति प्रश्न उठ्ने गरेको छ । बलिउडका कलाकार सुशान्तसिंह राजपुतको ‘आत्महत्या’ प्रकरणपछि भारतीय टीभी च्यानलहरु थप आलोचित बनेका छन् । शुक्रबार नै अम्मु कन्नामपिल्लीले समाचार संस्था एएफपीमा एक जना बलिउड कलाकारको मृत्युपछि भारतीय मिडियाको भूमिकाबारे चर्चा गरेकी छिन् ।
उनले भारतमा कोरोना संक्रमितको संख्या ४० लाख नाघेको र चीनसँगको सीमामा तनाव हुँदा पनि भारतीय मिडियाले ती विषयलाई पन्छाएर सुशान्तको मृत्यु कसरी भयो भन्ने विषय खोतल्न कम्मर कसेर लागेको अम्मुले बताएकी छिन् । सुशान्त लागुपदार्थ दुर्व्यसनीमा थिएनन् भन्ने ठोकुवा गर्ने र उनकी प्रेमिका रिया चक्रवर्ती दोषी नै हुन् झैं गरी भारतीय सञ्चारमाध्यमले सामग्री प्रकाशन प्रसारण गरेको पनि उनले उल्लेख गरेकी छिन् ।
विगत केही वर्षयता भारतीय मिडियामाथि स्वतन्त्र पहिचान गुमाउँदै सत्तापक्षको पक्षपोषण गरेको आरोप लाग्दै आएको छ । आमनागरिकका मुद्दालाई भन्दै पनि कुनै निश्चित उद्देश्य र स्वार्थबाट प्रेरित भएर समाचारहरु संप्रेषण गरेको आरोप पनि स्वतन्त्र अलोचकहरुले लगाउने गरेका छन् । केहीले त अनौपचारिक संकटकालसमेत भन्ने गरेका छन् । विशेषगरी भारतीय टीभी च्यानलको भूमिकाप्रति प्रश्न उठ्ने गरेको छ । बलिउडका कलाकार सुशान्तसिंह राजपुतको ‘आत्महत्या’ प्रकरणपछि भारतीय टीभी च्यानलहरु थप आलोचित बनेका छन् ।
करिब ४५ वर्षअघि लोकतन्त्रको निधन भएको भन्दै यस्तै किसिमको मिडियामार्फत् समवेदना प्रकट गरिएको थियो । सन् १९७५ को जुन २८ मा पनि यस्तै किसिमको विज्ञापन छापिएको थियो । भारतीय अनलाइनहरुका अनुसार तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल लगाएपछि २६ वर्षीय अशोक महादेवनले टाइम्स अफ इन्डियाको बम्बई संस्करणमा प्रजातन्त्रको २८ जुनमा निधन भएको भन्दै समवेदना छपाएका थिए ।
गान्धीले २५ जुन मध्यरातमा संकटकाल घोषणा गरेकी थिइन् । संकटकाल लागेपछि सरकारले मिडियामाथि अकुंश लगाइएको थियो । संकटकालको विरोधमा त्यस्तो विज्ञापन छपाउने महादेवनपछि गएर चर्चित म्यागजिन रिडर्स डाइजेस्टको सम्पादक बन्न सफल भए ।
भारत संसारकै ठूलो लोकतन्त्र हो। लोकतन्त्रको एउटा अभिन्न अंग हो– स्वतन्त्र प्रेस। भारतमा पनि प्रेस स्वतन्त्रता छ, थुप्रै सञ्चारमाध्यम छन्। भारतमा सञ्चारमाध्यमको संख्या ठूलो छ तर गुणस्तर भने कलिला लोकतन्त्रका मिडियाको भन्दा पनि न्यून छ। उनीहरू पत्रकारितामा आधारभूत सिद्धान्तको पनि पालना गर्दैनन्। टिआरपी बढाउने होडमा विशेष गरी भारतका टेलिभिजन जे पायो त्यही सामग्री बजाउछन्। पछिल्लो समय भारतका अधिकांश मिडिया नरेन्द्र मोदी सरकारको वाहवाही गर्ने, अल्पसंख्यकका सवालमा आँखा चिम्लिने र राष्ट्रवादको नारा उछाल्नमा केन्द्रित छन्।
प्रतिक्रिया दिनुहोस्