ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीमा समितिका हाकिम चापागाईमाथि २ अर्ब घोटलाको आरोप अख्तियारमा


एबीसी न्यूज
२० आश्विन २०७७, मंगलबार   १० : ३०   बजे

काठमाडौं, २० असोज ।  बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंविरुद्ध २ अर्वभन्दा बढी आर्थिक घोटाला गरेको अख्तियारमा उजुरी परेको छ । चापागाँईमाथि विभिन्न ९ वटा शीर्षकमा आर्थिक अनियमितता गरेको उजुरीसहित अख्तियारमा उजुरी परेको हो ।

चापागाँईमाथि कमिसन लिएर नयाँ कम्पनी दर्ता, स्थगतल अध्ययनको प्रतिवेदन लुकाएर लेनदेन गरेको, सम्पत्तिको दुरुपयोग गरेको, मन नपरेका कर्मचारीलाई जथाभावी बिभाग सरुवा गरेको, विज्ञापनमा पक्षपात गरेको जस्ता उजुरी परेका अख्तियार स्रोतको दावी छ ।
२०७३ सालमा तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महरा भएका बेला जीवन बीमा, निर्जीबन बीमा कम्पनी दर्ता गर्दा चापागार्ई एकजना विचौलिया व्यापारी मार्फत झण्डै २ अर्वभन्दा बढी आर्थिक अपचलनमा संलग्न भएका हुन् ।

बागलुंगको अमलाचौरका चापागाईं त्यतैतिरका एकजना व्यवसायीको निर्देशनमा वीमा समितिको अध्यक्ष हुन सफल भएका हुन् । त्यतिबेला १० वा जीवन र ३ वटा निर्जीवन विमा कम्पनीलाई अनुमति दिने नाममा झण्डै ५० करोड भन्दा बढी रकम असुलेका थिए । ति विचौलिया व्यवसायीले शक्तिकेन्द्र र मन्त्री महरालाई ३ करोडभित्रको रकम दिलाएर बांकी तिनै विचौलिया व्यवसायीले कुम्ल्याएको आम रुपमा धौलागिरिबासी र ती १३ कम्पनीहरुभित्र लुकेको छैन ।

चापागाईंले ति विचौलिया व्यवसायीको खुवी देखेपछि कम्पनीको स्थलगत निरीक्षण गर्दा, सवारी साधान गरिद गर्दा, जिल्ला भ्रमण गर्दा, कोरोना बीमालेख जारी गर्दा, नीतिगत कार्य नगरी, समितिको विज्ञापन र कर्मचारीको सरुवा, बढुवा, आन्तरिक प्रणाली र संस्थागत सुशासन पालना गर्ने/गराउने क्रममा आर्थिक हिनामिना गरी अधिकारको दुरुपयोग गरेको अख्तियारको उजुरीमा उल्लेख छ ।
अध्यक्ष चापागाईले संस्थागत सुशासन कायम गर्नुपर्नेमा उनले आफू नियुक्ति भए लगतै १० वटा जीवन बीमा कम्पनी र ३ वटा निर्जीवन बीमा कम्पनीलाई इजाजतपत्र प्रदान गरी राम्रै कमिशन लिई भ्रष्टाचार गरेको आरोप लगाइएको छ । असोज ५ गते अख्तियारमा दर्ता भएको उजुरीमा चापागाईले १३ वटा नयाँ बीमा कम्पनीलाई सञ्चालन अनुमति दिँदा सय रुपैयाँ पर्ने प्रमोटर सेयरलाई ११५ रुपैयाँका दरले पैसा उठाएको उल्लेख गरिएको छ । त्यसरी प्रति शेयर होल्डर र कम्पनीका हिसाबले झन्डै २ अर्ब घोटाला गरेको उल्लेख छ ।

१० वटा जीवन बीमा कम्पनीलाई इजाजत दिंदा, कम्पनी दर्ता गर्दा प्रतिसेयर १०० रुपैयाँ प्रमोटर सेयर हुनुपर्नेमा ११० देखि १२० रुपैयाँसम्म उठाएको र ३ वटा निर्जीबन बीमा कम्पनीलाई इजाजत दिन कम्पनी दर्ता गर्दा प्रमोटर सेयर १०० रुपैयाँ हुनुपर्नेमा ११० देखि ११५ रुपैयाँ लिएर आर्थिक हिनामिना गरी मनग्य अवैध सम्पति आर्जन गरेको अख्तियारमा दायर गरिएको उजुरीमा उल्लेख छ ।

सामान्य परिवारका चापागाईंको आजकलको फूर्ति र केही पूर्व माओवादी नेताहरुको आडभारोसा र मुख्यतः धौलागिरिकै व्यवसायिक विचौलिया घरानाको निर्देशनमा काम गर्दै आएका छन् । विषयगत क्षमता र नेतृत्व कुशलता भन्दा पनि उनको विशेषता चाकडी मुख्य मापदण्ड हो । त्यसमाथि फुर्सदमिल्यो कि मनोरञ्जनको नाममा जतिबेला पनि तासको खालमा बस्नु उनको मुख्य लत हो । सामान्यतया हेर्दा हाकिमको जस्तो हैसियत पनि प्रदर्शन गर्न नसक्ने चापागाईं विचौलिया व्यवसायिक घरानाको कठपुतली भएका छन् । स्रोतका अनुसार समितिबाट अवकाश पाएपछि त्यही व्यवसायिक घरानाका जागिरको समेत ग्यारेन्टी गरेका कारण पूर्व एमालेपक्षधर तथा सरकारलाई अप्ठेरो पार्ने काममा समेत कुनै कसर बांकी राखेका छैनन् ।

उनको पारिवारिक पृष्ठभूमि वामपन्थी भएपनि अधिकांश कांग्रेसीहरुसंगको संगत र निर्देशन नै उनको मुख्य आधार हो । महरा, जनार्दन शर्मा धौलागिरिकै बैंकिंग लगायतका कारोवारका महारथी कहलाउने उस्तै स्वभावका विचौलिया व्यवसायीको निर्देशन चापागार्ई जे गर्न पनि तयार छन् । अख्तियार स्रोतका अनुसार छिटै चापागाईं अख्तियारको तारिख बोक्न बाध्य हुने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group