ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड–१९ ले सिर्जना गरेका चुनौती सामना गर्दै अघि बढ्छौँ : अर्थमन्त्री पौडेल


एबीसी न्यूज
८ कार्तिक २०७७, शनिबार   ४ : ०२   बजे

काठमाडौं, ८  कात्तिक । अर्थमन्त्री विष्णु पौडेलले पुँजीगत खर्चको कमजोर अवस्थालाई सुधार गर्न नीतिगत प्रबन्धहरुलाई सच्याउनुपर्ने बताउनुभएको छ ।

कतिपय कानुनी प्रबन्धका कारण पुँजीगत खर्च कमजोर अवस्थामा रहेकोले त्यस्ता कानुनहरुलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको अर्थमन्त्री पौडेलले बताउनुभएको हो । उहाँले कतिपय कानुनी नियमगत प्रबन्ध अथवा अरु चिजका कारण पुँजीगत खर्चमा बाधा सिर्जना गरेकोले त्यस्ता चिजमा सुधार गर्दै पुँजीगत खर्चलाई बढाउने योजनामा आफू रहेको बताउनुभयो ।

यस्तै वर्तमान अवस्थमा कोभिड–१९ सङ्क्रमण ले सिर्जना गरेको चुनौतीलाई समाना गर्दै कुनै पनि आयोजनालाई निरन्तरता दिइ खर्च बढाउने रणनीतिमा आफू रहेको अर्थमन्त्री पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले तुलनात्मक रुपले अपेक्षित मात्रामा पुँजीगत खर्च हुन नसकिरहेको अवस्था छ, यो अवस्थामा सुधार ल्याउनका लागि हामीले कोभिडले सिर्जना गरेका चुनौतीलाई समाना गर्ने अलग्गै योजना रहन्छ । त्यसबाहेक आवश्यक निर्णय लिँदै अगाडि बढ्छौँ र पुँजीगत खर्चको कमजोर अवस्थामा पनि हामी उल्लेख्य सुधार ल्याउँछौँ ।’

राजस्व परिचालनको पाटो पनि अहिलेको परिस्थितिमा चुनौतीपूर्ण रहेको अर्थमन्त्री पौडेलले बताउनुभयो । लकडाउनका कारण आर्थिक क्रियाकलापमा सङ्कुचनको अवस्था देखा परेको र त्यसले उत्पादन, बजार र आम्दानीमा प्रभाव पारेकाले राजस्व सङ्कलनमा चुनौती थपिएको उहाँले बताउनुभयो । तर पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा भएको राजस्व सङ्कलनको स्थितिअनुसार लक्ष्यको नजिक पुग्ने सम्भावना देखिएको पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्मको स्थिति हेर्दा के देख्छौँ भने राजस्व परिचालनको पाटो हाम्रा निम्ति अलिकति चुनौतीपूर्ण बनेर देखा परेको छ । बीचमा लकडाउनको अवस्था पनि रह्यो । आर्थिक क्रियाकलापमा निकै मात्रामा सङ्कुचनको अवस्था देखा पर्‍यो । त्यसको प्रभाव उत्पादनमा, बजारमा र रेभिन्युमा पनि परेको कुरा सत्य हो । अहिले पहिलो त्रैमासिकको अवस्थालाई विश्लेषण गर्दा खेरि हामी राजस्वको जुन लक्ष्य हो, त्यसको नजिक–नजिक नै पुगेका छौँ । केही तल छौँ तर हामी नजिक पुगेका छौँ । हामी बाँकी समयावधिलाई स्वास्थ्य सतर्कता अपनाउँदै उत्पादनका क्रियाकलापहरुमा जोड दिने रोजगारी प्रबर्द्धनमा जोड दिने र आर्थिक क्षेत्रको जुन सङ्कुचन छ, त्यसलाई हटाउनका निम्ति पहल गर्ने तयारीमा र मनस्थितिमा छौँ । त्यस हिसाबले हेर्दा हामी आर्थिक वर्षको अन्त्यसम्म पुग्दा सम्भवतः राजस्वको लक्ष्य पूरा गरौँला या धेरै नजिक पुगौँला भन्ने पूर्वानुमानमा छौँ ।’

यस्तै सरकार र राज्यका विभिन्न निकायहरुको खर्चको सम्बन्धमा मितव्ययिता अपनाउने विषयमा आफ्नो ध्यान केन्द्रित भएको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो । सरकारका खर्चहरुमा मितव्ययिता कायम गर्ने, अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने लगायतको विषयमा आफू रणनीतिक रुपमा अगाडि बढ्ने तयारीमा रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group