भर्खरै वर्षायाम सकिएको छ । दिनहरु घमाइला छन् । रमाइला छन् । वर्ष दिनमा आउने चाड दशैं सबैको घर आगनमा प्रवेश गरेको छ । तर पनि दशंैमा आम नेपालीहरुमा जुन प्रकारको उल्लास र उमंग हुने गथ्र्यो, त्यो छैन । न त छ दशैंको लामो बिदाको सदुपयोग गर्दै गरिने घुमफिर र भेटघाट । छ त केवल कोभिड–१९ को कारण हरेकजसो मानिसमा एकखालको भय र अनिश्चितता । मौसम क्रमशः चिसो हुँदै गएसँगै कोभिड–१९ को संक्रमण तीब्र गतिले बढेर गएको छ । नेपालमा अहिलेसम्म डेढ लाखभन्दा बढी मानिसहरु संक्रमित भैसकेका छन् । संक्रमणबाट मृत्यु हुनेको मानिसहरुको आंकडाले ८ सयको अंक पार गरिसकेको छ । हजारौं परिवार महामारीकोे कारण प्रभावित भएका छन् ।
संक्रमणको रोकथाम र नियन्त्रणका लागि गरिएको छ÷सात महिनासम्मको लकडाउन र त्यसपछिका निषेधाज्ञाले मुलुकको अर्थतन्त्र पहिले कहिल्यैभन्दा नराम्रोसँग खस्किएको छ । कृषि उपजको उत्पादन र वितरण महिनांैसम्मको अवरोध र मुठ्ठीभर बिचौलियाको चलखेलले तरकारीदेखि दैनिक भान्सामा आवश्यक खाद्यबस्तु सबैको बजार भाउ आकासिएको छ । सेवा, उद्योग, पर्यटन लगायतका संगठित क्षेत्र ठप्प हुँदा मुलुकको जनसंख्याको सबैभन्दा ठूलो हिस्सा ओगट्ने मध्यम वर्ग मारमा परेको छ । आम माध्यमवर्गीय नेपालीलाई अहिले चाड मनाउने भन्दा पनि दुई छाक गुजारा कसरी गर्ने भन्ने चिन्ताले सताएको छ । एकतिर वर्ष दिनको सबैभन्दा ठुलो चाड अर्काेतर्फ महामारी र दैनिक जीवन धान्ने तनाव । यो सँगसँगै समाजवादउन्मुख सरकारले अर्काे पीडा थपिदिएको छ ।
कथंसंक्रमित भए आफ्नो उपचार आफैं गर भनेर यद्यपि प्रधानमन्त्रीको पछिल्लो सम्वोधनले स्वास्थ्य मन्त्रालयको गल्ती सच्याउने प्रयत्न गरेपनि जनताको मनमा परेको गहिरो मानसिक चोटको पीडा हट्ने संभावना कम छ । स्वास्थ्यमन्त्रीले मन्त्रालयस्तरीय निर्णय गरेर सरकारले तोकिएका सीमित वर्गका व्यक्तिबाहेक कसैको पनि उपचार खर्च नबेहोर्ने निर्णय बहुसंख्यक नागरिकप्रति सरकारको गैरजिम्मेवारीको उदाहरण हो । हुन त प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै कसैले आफ्नो उपचार आफैं गराउन सक्दिन भन्यो भने सरकारले उपचार गर्ने बताए पनि, त्यो पर्याप्त छैन । संविधानले आधारभूत मौलिकहकको रुपमा स्वास्थ्यको हकका रुपमा व्यवस्था गरेको सन्दर्भ र व्यवस्थाले सबै नागरिकको आधारभूत स्वास्थ्य उपचारको सेवा पाउने अधिकारबाट सरकार पन्छिन मिल्दैन । त्यहां तर र पनि लगाउन पाईंदैन । यद्यपि सम्पन्न वर्गलाई सरकारलाई सघाउन अपिल गर्न भने सकिन्छ । तर स्वास्थ्य मन्त्रालयले भ्वांग पारेको प्वाल प्रधानमन्त्रीको शुभकामना सन्देशले पुर्न असम्भव छ ।
समग्रमा अहिले महामारी उत्कर्षमा छ र आमनागरिकप्रति सरकार गैर–जिम्मेवार कबन्दै गएको एकपछि अर्को घटनाले छाप पार्दै गएको छ । त्यो तथ्य अब आम नेपालीलाई कसैले बुझाइरहनु पर्दैन ।
अर्काेतर्फ हालसम्म कुनै भ्याक्सिन वा औषधी नभएको कोभिड–१९ को संक्रमण रोक्ने अचुक विधि भनेको व्यक्ति स्वयंले अपनाउने स्वास्थ्य सचेतना नै हो । मानिसबाट मानिसमा सर्ने भाइरस भएका कारण भौतिक दूरी र नियमित रुपमा साबुन पानीले हात धुने र बाहिर निस्कँदा माक्सको प्रयोग गर्ने आदत बसाउने सके संक्रमित भइने जोखिम निकै कम हुन्छ । यसकारण पनि यस वर्षको दशैं नितान्त पारिवारिक र स्वाथ्य सचेतनापूर्वक मनाउन जरुरी हुनेछ । त्यो अवधिलाई आम नागरिकले आआफ्नो सीप र क्षमता अनुसार सिर्जनात्मक बनाउने दिशमा मोड्नु आवश्यक छ ।
यहाँनेर स्मरण गर्नैपर्छ, कोभिड–१९ को उद्गमस्थल चीनको उहानमा संक्रमण फैलिरहँदा समग्र चीनले हाम्रो दशैंजस्तै प्रमुख चाड वसन्त उत्सव मनाएन । बरु अधिकतम् स्वास्थ्य सचेतनाका कारण महामारीको प्रभाव शून्य संक्रमणतिर पु¥यायो । हामी नेपालीले पनि त्यसबाट पाठ सिक्न जरुरी छ । अहिले देशमा मुख्य शहर र ७७ वटै जिल्लामा कोरोना पुगेकाले दशैंमा गरिने सामान्य गल्तीले पनि अरु बढी नोक्सनाी पुर्याउने खतरातर्फ सचेत हुनु पर्दछ । जनस्तरबाट सचेतनता समेत हुनसके अझै पनि महामारी नियन्त्रण सम्भव छ । जीवन रहे फेरिफेरि पनि चाडवाड मनाउन सकिन्छ । त्यसैले यो दशैं नितान्त पारिवारिक रुपमा मनाऔं । स्वास्थ्य सचेतनासहित उल्लास बाँडौं । सरकारको आलोचना गरौं तर आलोचनालाई भण्डाफोरमा पुर्याउने गल्ती पनि नगरौं । आलोचनाले सच्चिन मद्धत गर्दछ भने भण्डाफोरले इगो बढाउने खतरा हुन्छ । तसर्थ विगतका गल्ती कमजोरीबाट सिकेर सरकार गम्भीर रुपमा सच्चिन र संविधानका मौलिक अधिकारको याथेचित शव्दमा होइन व्यहारमै सम्मान र लागू गर्नै पर्दछ । तवमात्र सरकारको संविधानप्रतिको र आमजनतमत मतदाताप्रतिको इमान्दारिता हुनेछ । जीवन भनेको प्रधानमन्त्री र एउटा मजदुरको बराबर हो । दायित्व र जिम्मेवारी फरक होला । तर जीवन त जीवन नै हो । खुशी र जिवनयापनको संसार त सबैको एउटै त हो ।
समस्त नेपालीहरुमा हाम्रो पनि हार्दिक शुभकामना !
प्रतिक्रिया दिनुहोस्