ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परदेशीको दशैं घरदेशलाई सम्झेरै बित्छ


एबीसी न्यूज
९ कार्तिक २०७७, आइतबार   ८ : ०३   बजे

इन्दिरा खनाल, टोकियो

बिराटनगरकी सम्झना घिमीरे जापान आएको ३ वर्ष पुरा भयो । यो बिचमा उनले २ वटा दशैं कटाईन तर दशैं मनाउन भने पाईनन् । बिद्यार्थी भीसामा जापान आएकी उनी आफन्त कोही नहुँदा चार्डवार्डको गन्ध समेत पाउन सकेकी छैनन् । २ वटा दशै कलेज र काम गएरै बिते । अहिले पनि विगतमा भन्दा केही फरक छैन । बिहान कलेज छ दिउँसो काम दशैंको कुनै रौनक छैन गहभरी आसु निकाल्दै भनीन् । नेपालमा छदा १५ दिन अगाडी बिदा हुन्थ्यो, शहरका मान्छे गाउँघर झर्थे, आफन्त नातागोता सबै जम्मा हुन्थे र पो दशैं आउँथ्यो । अर्काको देश न आफन्त न नातागोता कसरी दशैं आउनु घिमीरेले भनीन् ।

दशैं नेपालीहरुको महान चार्ड हो । यस पर्वमा नौ दुर्गा भगवतीको पूजाआराधना गर्ने, आफूभन्दा ठूला मान्यजनसंग टीका थाप्ने, आशीर्वाद लिने र वर्षभरी भेट नभएका आफन्तहरु भेट्ने, परदेशमा भएका समेत घर फर्कने, मीठा(मीठा परिकार खाई मनाउने चलन छ । तर यो परदेशमा आफन्त नहुनेहरुलाई दशैंले छुनै सकेको छैन् । यो पर्वले हर्ष उल्लास होईन पीडा थपीदिएको धेरैको तीतो अनुभव छ ।

०१६ को अक्टुबरमा जापान आएका धादिङका रामको पीडा पनि घिमीरेको भन्दा कम छैन् । दशैं मनाएर जापान आएका उनी बिगतको दशैं परीवारलाई सम्झेरै गएको बताए । “दुर्गा लागे संगै सुरु हुने दशैं पूर्णीमा सम्म मनाउने चलन छ ।” कालरात्री पूजा गर्ने, बोका काट्ने, बिभिन्न परिकार बनाउने गरी मनाईने गरिन्थ्यो । तर यहाँको दशैं न आफन्तजन न मीठो परिकार बेन्तो खाएर बिताउने हो । शर्माको अनुभव हो यो । “कोठामा बस्दा परीवार, र साथीभाइको याद बढी आउछ, भुल्नकै लागी दशैंको दिनमा समेत काममा जान्छु” अनुहार निन्याउरो पार्दै शर्मा भन्छन् ।

जापानमा घिमीरे र शर्मा जस्ता पीडा भोग्ने सयौं बिद्यार्थीहरु छन् । उनीहरुलाई चार्डबार्डमा परिबार संग नहुनुको पीडा त छदैछ यो संगै अध्ययन, काम, र भीजाको पनि उत्तिकै समस्या छ ।

उच्च शिक्षा हासिल गर्न नेपाल छोडी जापान आएकी बाग्लुङकी मिता कुवँर दशैंको दिनलाई सम्झन सम्म चाहन्नीन । सुनौलो भविश्य खोज्दै २०१३ मा जापान आएकी उनी दशैंको कुरा निकाल्यो भने मनै अमिलो पार्छीन् । उनले यो बीचका कैयौं दशैंमा मोबाईल समेत अफ गरेर एक्लै रोईन् । अब फेरी रुने दिन आयो, कुवँर भन्छीन । जब दशैंको दिन आउँछ । उनलाई सम्हालीन निकै गार्हो पर्छ । घरबाट टीकाको साईतमै भिडीयोकलबाटै टीका लगाईदिने र आशीर्वाद दिने कुरा सुन्छीन् कुवँर भक्कानो छोडेर रुन्छीन । उनी भिडियोमा कुरा गर्नै चाहदैनीन् । तर कुरा नगरी सुख पाउदैनीन् । “जब भिडीयो कल सुरु हुन्छ, बुबा-आमा टीका जमरा र दक्षिणा छुट्याउदै आशीर्वाद दिन थाल्नुहुन्छ, डाको छोडेर रुन्छु बुबाआमा पनि रुनुहुन्छ ।” कुँवरले आसु खसाल्दै भन्छीन् ।

त्यतीकैमा फोन बिस्तारामा खस्छ अनि एकछिन पछी फेरी श्रीमान र सासुससुराको फोन आउछ प्रक्रिया त्यसै गरी दोहोरिन्छ ……….

आफन्त नहुनेहरुको पीडा एकातीर छ भने भएकाहरु पनि कोभिड-१९ का कारण अहिले खुलेर दंशै मनाउने अवस्था छैन् । कसैमा दशैको उमंग देखिदैन् ।

जापानमा करीब १ लाख नेपालीहरुमध्ये ३० हजारको हाराहारीमा बिद्यार्थीहरु छन् । बिद्यार्थीलाई एकताबद्ध गर्न र आईपर्ने समस्यालाई समाधान गर्न जापानमा नेपाली बिद्यार्थी समाज ९नेसाज० समेत गठन भएको छ । नेसाजका अध्यक्ष कृष्ण प्रसाद भुसाल चार्डबार्ड आउदा घरपरीवारको याद बढी नै आउने बताउँछन् । कलेज बिदा नहुने, आफन्त पनि नहुनेलाई परदेशमा पीडा नै हुन्छ ।

त्यसैलाई मध्यनजर गर्दै बिगतका दशैंमा नेसाजले शुभकामना आदार प्रदान गर्ने, दुस्ख सुख साट्ने र अभिभावकत्व प्रदान गरेको भुसालको भनाई छ । अहिले कोभिड-१९ का कारण भेटघाट र हर्षउल्लासका साथ दशैं मनाउने अवस्था नभएकोले सुरक्षीत रहेर दशैं मनाउन अपील समेत गर्छन ।

परदेशमा हुँदा घरदेशको याद सबैलाई सधै जसो नै आउँछ । अझ चार्डबार्डमा बढी नै सताउने गर्छ । यो बिद्यार्थीको मात्र समस्या होईन रोजगारीका लागी परदेसीएका लाखौं नेपालीहरुको साझाँ पीडा हो ।

यहाँ पीडाका बीच पनि कसैको सुन्दर भविश्य लुकेको छ , कसैले २ छाक खानपाईरहेको छ भने रेमिटान्सले देश धानीरहेको छ । यस्तै बाध्यता, पीडा र सुनौलो भविष्य खोज्दै नेपालीले बिदेशी भूमीमा पसिनाले पैसा साटेको छ । चार्डबार्डको यादले मुटु भक्कानीदा पनि आफैले आफैलाई सम्हाल्न बाध्य छ । मन घरदेश र ज्यान परदेस बनाएर बाँचीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

एआई एजेन्टको अँध्यारो पाटो: शक्ति छ, पारदर्शिता छैन

कर्णाली प्रदेशको बजेट २०८३/०८४:“सुशासनको मिठो भाषा र व्यवहारिक अभ्यासको कठिन दूरी”

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group