इन्दिरा खनाल, टोकियो
बिराटनगरकी सम्झना घिमीरे जापान आएको ३ वर्ष पुरा भयो । यो बिचमा उनले २ वटा दशैं कटाईन तर दशैं मनाउन भने पाईनन् । बिद्यार्थी भीसामा जापान आएकी उनी आफन्त कोही नहुँदा चार्डवार्डको गन्ध समेत पाउन सकेकी छैनन् । २ वटा दशै कलेज र काम गएरै बिते । अहिले पनि विगतमा भन्दा केही फरक छैन । बिहान कलेज छ दिउँसो काम दशैंको कुनै रौनक छैन गहभरी आसु निकाल्दै भनीन् । नेपालमा छदा १५ दिन अगाडी बिदा हुन्थ्यो, शहरका मान्छे गाउँघर झर्थे, आफन्त नातागोता सबै जम्मा हुन्थे र पो दशैं आउँथ्यो । अर्काको देश न आफन्त न नातागोता कसरी दशैं आउनु घिमीरेले भनीन् ।
दशैं नेपालीहरुको महान चार्ड हो । यस पर्वमा नौ दुर्गा भगवतीको पूजाआराधना गर्ने, आफूभन्दा ठूला मान्यजनसंग टीका थाप्ने, आशीर्वाद लिने र वर्षभरी भेट नभएका आफन्तहरु भेट्ने, परदेशमा भएका समेत घर फर्कने, मीठा(मीठा परिकार खाई मनाउने चलन छ । तर यो परदेशमा आफन्त नहुनेहरुलाई दशैंले छुनै सकेको छैन् । यो पर्वले हर्ष उल्लास होईन पीडा थपीदिएको धेरैको तीतो अनुभव छ ।
०१६ को अक्टुबरमा जापान आएका धादिङका रामको पीडा पनि घिमीरेको भन्दा कम छैन् । दशैं मनाएर जापान आएका उनी बिगतको दशैं परीवारलाई सम्झेरै गएको बताए । “दुर्गा लागे संगै सुरु हुने दशैं पूर्णीमा सम्म मनाउने चलन छ ।” कालरात्री पूजा गर्ने, बोका काट्ने, बिभिन्न परिकार बनाउने गरी मनाईने गरिन्थ्यो । तर यहाँको दशैं न आफन्तजन न मीठो परिकार बेन्तो खाएर बिताउने हो । शर्माको अनुभव हो यो । “कोठामा बस्दा परीवार, र साथीभाइको याद बढी आउछ, भुल्नकै लागी दशैंको दिनमा समेत काममा जान्छु” अनुहार निन्याउरो पार्दै शर्मा भन्छन् ।
जापानमा घिमीरे र शर्मा जस्ता पीडा भोग्ने सयौं बिद्यार्थीहरु छन् । उनीहरुलाई चार्डबार्डमा परिबार संग नहुनुको पीडा त छदैछ यो संगै अध्ययन, काम, र भीजाको पनि उत्तिकै समस्या छ ।
उच्च शिक्षा हासिल गर्न नेपाल छोडी जापान आएकी बाग्लुङकी मिता कुवँर दशैंको दिनलाई सम्झन सम्म चाहन्नीन । सुनौलो भविश्य खोज्दै २०१३ मा जापान आएकी उनी दशैंको कुरा निकाल्यो भने मनै अमिलो पार्छीन् । उनले यो बीचका कैयौं दशैंमा मोबाईल समेत अफ गरेर एक्लै रोईन् । अब फेरी रुने दिन आयो, कुवँर भन्छीन । जब दशैंको दिन आउँछ । उनलाई सम्हालीन निकै गार्हो पर्छ । घरबाट टीकाको साईतमै भिडीयोकलबाटै टीका लगाईदिने र आशीर्वाद दिने कुरा सुन्छीन् कुवँर भक्कानो छोडेर रुन्छीन । उनी भिडियोमा कुरा गर्नै चाहदैनीन् । तर कुरा नगरी सुख पाउदैनीन् । “जब भिडीयो कल सुरु हुन्छ, बुबा-आमा टीका जमरा र दक्षिणा छुट्याउदै आशीर्वाद दिन थाल्नुहुन्छ, डाको छोडेर रुन्छु बुबाआमा पनि रुनुहुन्छ ।” कुँवरले आसु खसाल्दै भन्छीन् ।
त्यतीकैमा फोन बिस्तारामा खस्छ अनि एकछिन पछी फेरी श्रीमान र सासुससुराको फोन आउछ प्रक्रिया त्यसै गरी दोहोरिन्छ ……….
आफन्त नहुनेहरुको पीडा एकातीर छ भने भएकाहरु पनि कोभिड-१९ का कारण अहिले खुलेर दंशै मनाउने अवस्था छैन् । कसैमा दशैको उमंग देखिदैन् ।
जापानमा करीब १ लाख नेपालीहरुमध्ये ३० हजारको हाराहारीमा बिद्यार्थीहरु छन् । बिद्यार्थीलाई एकताबद्ध गर्न र आईपर्ने समस्यालाई समाधान गर्न जापानमा नेपाली बिद्यार्थी समाज ९नेसाज० समेत गठन भएको छ । नेसाजका अध्यक्ष कृष्ण प्रसाद भुसाल चार्डबार्ड आउदा घरपरीवारको याद बढी नै आउने बताउँछन् । कलेज बिदा नहुने, आफन्त पनि नहुनेलाई परदेशमा पीडा नै हुन्छ ।
त्यसैलाई मध्यनजर गर्दै बिगतका दशैंमा नेसाजले शुभकामना आदार प्रदान गर्ने, दुस्ख सुख साट्ने र अभिभावकत्व प्रदान गरेको भुसालको भनाई छ । अहिले कोभिड-१९ का कारण भेटघाट र हर्षउल्लासका साथ दशैं मनाउने अवस्था नभएकोले सुरक्षीत रहेर दशैं मनाउन अपील समेत गर्छन ।
परदेशमा हुँदा घरदेशको याद सबैलाई सधै जसो नै आउँछ । अझ चार्डबार्डमा बढी नै सताउने गर्छ । यो बिद्यार्थीको मात्र समस्या होईन रोजगारीका लागी परदेसीएका लाखौं नेपालीहरुको साझाँ पीडा हो ।
यहाँ पीडाका बीच पनि कसैको सुन्दर भविश्य लुकेको छ , कसैले २ छाक खानपाईरहेको छ भने रेमिटान्सले देश धानीरहेको छ । यस्तै बाध्यता, पीडा र सुनौलो भविष्य खोज्दै नेपालीले बिदेशी भूमीमा पसिनाले पैसा साटेको छ । चार्डबार्डको यादले मुटु भक्कानीदा पनि आफैले आफैलाई सम्हाल्न बाध्य छ । मन घरदेश र ज्यान परदेस बनाएर बाँचीरहेको छ ।
प्रतिक्रिया दिनुहोस्