(नेपालीहरुको महान् पर्व दशैं विदा भएको छ । तर अन्य प्रमुख चाडपर्वहरु सँघारमै छन् । कोरोना महामारीका कारण अधिकांश नेपालीले दशैं प्रतीकात्मक र घरपरिवारभित्रै सिमित भएर मनाए । यस बर्षका अन्य चाडपर्वहरुमा पनि यही शैली अपनाउनु उचित हुनेछ । तर यी सबै चाडपर्वहरुका बीचमा एउटा रोचक पक्ष पनि छ– त्यो हो जसरी मनाए पनि हाम्रा चाडपर्वहरु विभिन्न जात जातीहरुका मान्यताहरु अन्तर्घुलन भएर साझा नेपाली संस्कृति बन्दैछन् । नेपाल पेजले यसबारेमा श्रृङ्खलावद्ध वहस गरेको छ । यो वहसको पहिलो श्रृङ्खलामा प्रस्तुत छ, नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीसँग सपना थामी र ध्रब अधिकारीले गरेको संवादको मूल अंश)
चाडपर्वहरु जीवन पद्धतिका वस्तुगत अभिव्यक्तिका आधार हुन् । धार्मिक रुपमा दशैं हिन्दूहरुको चाड पर्व भए पनि यसको सामाजिक पक्ष पनि छ । हरेक चाड पर्व भनेको कुनै पनि जातिको आफ्नो संस्कृति, संस्कार हुन्छ र त्यो संस्कृति र संस्कार, जीवनपद्धतिको आधार हुन्छ । जीवन पद्धतिलाई वस्तुगतरुपमा अभिव्यक्त गर्ने ती चाडपर्वहरु हेरेर त्यो व्यक्तिको, समूहको धारणा के हो ? उसको आस्था के हो ? संस्कृति के हो ?
यी सबै कुराहरु त्यो चाड पर्वले निर्धारण गर्छ । र त्यसैले यी चाडपर्वहरु के हुन् भन्दा जस्तो व्यक्तिको पहिचान संस्कृति हो, संस्कृतिको मेनिफेस्टेसन अथवा संस्कृतिको अभिव्यक्ति चाडपर्वहरुमार्फत् हुने हुनाले यो हाम्रो प्रत्यक्ष पहिचानसँग सम्बन्धित छ । जातीय पहिचानसँग पनि सम्बन्धित छन् त्यसैले यिनीहरुको ठूलो महत्व छ र जहाँसम्म चाडपर्वहरुको शुरुवातको कुरा चाही एउटा निश्चित समयमा इतिहासको एउटा कालखण्डमा एउटा विशेष घटनाअन्तर्गतबाट शुरु भएका पर्वहरु हुन् । तिनीहरुको दुईटा पक्ष छ, एउटा धार्मिक र अर्को सामाजिक पक्ष । धार्मिक पक्ष पुरातन छ । कुन जगमा यी चाडहरु शुरुवात भए ? त्यो शुरु गर्दाका आधार के हुन् ? भन्ने आधारमा विशेष धर्म मान्ने मान्छेहरुले आफ्नो धार्मिक आस्थाको आधारमा चाडपर्वमा पूजाआजा गरेर शुरु गरेका हुन् ।
यी चाडपर्वहरु के हुन् भन्दा जस्तो व्यक्तिको पहिचान संस्कृति हो, संस्कृतिको मेनिफेस्टेसन अथवा संस्कृतिको अभिव्यक्ति चाडपर्वहरुमार्फत् हुने हुनाले यो हाम्रो प्रत्यक्ष पहिचानसँग सम्बन्धित छ ।
त्यस आधारमा हेर्दा दशैं, हामी विजयादशमी भन्छौं, दशैं एउटा ठूलो चाडको रुपमा उत्सवको रुपमा मनाउँछौं । हिजो एउटा विशेष प्रकारको हिन्दू धर्म मान्ने, सनातन धर्म मान्ने मान्छेहरुको धार्मिक चाड भए पनि अब यसको सामाजिक हिसाबले नै नेपालको सम्पूर्ण जातजातिहरुको एउटा साझा चाड बनिरहेको छ । त्यसमा के छ भने, यसलाई दुई पाटोमा हेनपर्छ, एउटा धार्मिक पाटो, इतिहासको एउटा कालखण्डमा, इतिहासमा हरेक समाजमा एउटा असल पक्ष र खराब पक्ष हुन्छन् । असल पक्षका मान्छे र खराब पक्षका मान्छेबीचको द्वन्द्वबाट एउटा समाज बन्छ र इतिहासका घटनाक्रमहरु बन्छन् । यी चाडपर्वमा राम्रा पक्षलाई दैविक पक्ष भनिन्छ भने नराम्रा पक्षहरुलाई असुर पक्ष भनिन्छ, देवता र दानव । त्यो पक्ष, हरेक जुगमा हरेक मान्छेसँग हरेक प्रकारमा, हामी प्रत्येकसँग विपरीत तत्व छ । राम्रो पनि छ । राम्रो पक्षलाई हामीले चिन्यौं भने त्यसमा लाग्यौं भने हुर्कायौं भने एउटा असल मान्छेको व्यक्तित्व बन्छ त्यो देखिन्छ हैन, त्यसलाई ख्याल नगरेर हाम्रो खराब पक्षतिर प्रेरित भएर लाग्दै गयौं भने हाम्रा असुरी पक्ष त्यसलाई राक्षसी पक्ष भनिन्छ, त्यो मान्छे, मान्छे जस्तो देखिदैन । मान्छे बढो अपराधी प्रकारको देखिन्छ यस्ता प्रकारको द्वन्द्व संसारभरी छ र हामी प्रत्येकसँग पनि छ । ती दुई पक्षको द्वन्द्व भइरहन्छ ।
समाज बहुलता मिश्रित हुन्छ, एउटा जाति, एक पक्ष र एउटै सम्प्रदायको मात्रै हुँदैन । इतिहासको कालखण्डमा एक पक्षहरु धर्म, संस्कृति मान्नेहरु एउटा जीवनपद्धति मान्नेहरु र आफूले एउटा दैविक पक्ष हुँ भन्ने र अरुचाहिं नि त्यसलाई आत्मसात् नगर्ने, अस्वीकार गर्ने धर्म, संस्कृति नमान्ने पक्ष अलि सभ्य भन्ने र असुर भन्दिने । त्यसो भन्दै जाँदा हाम्रो इतिहासका कालखण्डमा धर्मग्रन्थहरुमा महाभारतमा, रामायणमा त्यो उल्लेख भएको पाइन्छ । र ठूल–ठूलो द्वन्द्व र युद्धहरु भएको छ । त्यसले गर्दा योभन्दा अगाडि पनि एउटा असुर पक्ष समाजमा रहेको विकृतिको प्रतिनिधित्व गर्ने पक्ष र समाजमा रहेका स्वीकृतिहरुलाई अगाडि बढाउने पक्षबीच द्वन्द्व हुँदाहुँदै रामायणको महाभारतको शुम्भ, निशुम्भ जस्ता राक्षस प्रवृत्ति र तिनीहरुको जगजगी भएको भन्ने इतिहासमा लेखियो । इतिहासमा जहिले पनि शुभ र अशुभ पक्ष छ, ती दुईबीचको द्वन्द्व छ ।
द्वन्द्व हुदा जहिले पनि शुभ पक्षले नै जितेको छ भन्ने इतिहासले देखाएको छ । त्यो प्रयत्नको निमित्त कुनै शुभ पक्षको एउटा नायक भएर आउछ, त जहाँसम्म दशैंको कुरा छ, कुनै कालखण्डमा एउटा राक्षसको देउताहरुसँग द्वन्द्व भयो । एकथरीले अर्कोलाई राक्षस भनेका थिए । आर्य र अनार्य । अशुभहरुलाई राक्षस भन्थे, तिनीहरुबीचमा द्वन्द्व भयो । द्वन्द्व हुदाहुदै आर्यहरु तितरवितर भए । आर्यले आफूलाई देवता मान्थे, देवताको प्रतिनिधित्व मान्थे । त्यसैले गर्दा ती तितरबितरहरुलाई सक्नको निमित्त महाशक्ति काली अथवा स्त्रीशक्ति चाहिं शक्तिशाली र त्यो उहाँको उपस्थिति देखाएर युद्धमा शुम्भ, निशुम्भ भन्ने खराब पक्षका प्रतिनिधि गैरआर्य तिनीहरु मारिएको इतिहासमा, धर्मग्रन्थहरुमा उल्लेख छ ।
अब इतिहास, घटनाक्रम हेर्दै जाँदा, कोट्याउदै जाँदा हाम्रो धर्मग्रन्थमा के भन्छ भने, सिंहमा चढेर काली आएर त्रिशुल लिएर, भालाले रोपेर असुर पक्षलाई संहार गरेको देखिन्छ त्यो बहादुरीको त्यो पराक्रमको चिन्ह हो । पराक्रम बोकेकी महिला शक्ति आएर असुर पक्षलाई मारेको भनेर भनिन्छ त्यसैले त्यसरी विजय प्राप्त गरेको हुनाले विजय प्राप्त गरेको दिन, विजया दशमीको दिन त्यो टिका लगाउने हाम्रो चलन छ । यो धार्मिक पक्ष हो । यो धार्मिक पक्ष पूर्णतः सनातन हिन्दु धर्म मान्नेहरुको विश्वास हो । तर हुँदै जाँदा चाड पर्व भनेको त के हो भने मानव जातिलाई वर्षभरी काम गरेर कहिलेकाहीं केही उत्सव मनाउने अवसरहरु चाहिन्छ । मान्छेहरुले त्यस्ता अवसरहरु खोज्दै जाँदा देवीलाई प्रतीक मानेर मनाउन थाले ।
समाज भनेको त एउटा जातिको मात्र हुँदैन, एक पक्षको मात्र हुँदैन, एक विश्वासको मात्रै छैन, एक सम्प्रदायको मात्र छैन । समाज भनेको जहिले पनि बहुलता मिश्रित समाज छ । यसलाई एउटा उत्सव मनाउने क्रममा समाजले पछ्याउँदै गयो र यसको सामाजिक पक्ष भयो ।
समाज भनेको त एउटा जातिको मात्र हुँदैन, एक पक्षको मात्र हुँदैन, एक विश्वासको मात्रै छैन, एक सम्प्रदायको मात्र छैन । समाज भनेको जहिले पनि बहुलता मिश्रित समाज छ । यसलाई एउटा उत्सव मनाउने क्रममा समाजले पछ्याउँदै गयो र यसको सामाजिक पक्ष भयो । सामाजिक पक्ष के भन्दा दशैं, वर्षमा एउटा उत्सव, अवसर हो जुन दिन सबै प्रकारका आफन्तहरु भेला हुने, भेला भएर ठूलो मान्छेबाट सानो मान्छेले आशीर्वाद ग्रहण गर्ने र आफूभन्दा सानो मान्छेले सद्भाव प्रकट गर्ने, अग्रजहरुलाई सम्मान दिने, यसको सामाजिक पक्षचाहिं मान्छेलाई उत्प्रेरित गर्ने, एकजुट गराउने, मान्छेको सद्भाव बढाउने उत्सव भएको हुनाले यो धार्मिक पक्षभन्दा सामाजिक पक्ष ज्यादा हुने भयो ।
मान्छेहरु हिंडडुल गर्न सकेनन् । तर दशैं नै यस्तो एउटा चाड हो जहाँ–जहाँ पुगेका मानिसहरु भएपनि घरमा आएर भेटघाट गर्ने, टिका लगाउने यो एउटा सामाजिक परम्परा छ । आफ्नो समाजमा आफूभन्दा अग्रजहरुबाट सद्भाव बाँड्ने गरेको छ । यसपटक कोरोनाका कारण मान्छेहरुले बडो प्रतीकात्मक रुपमा मात्रै टिका लगाए । तर, के छ भने, यो त एउटा विशेष परिस्थतीजन्य कारण मात्रै भयो, यो सामाजिक सद्भाव व्यक्त गर्ने, पारिवारिक मेल गर्ने महत्वपूर्ण अवसर हो ।
जब समाज बद्लिदै जान्छ, धार्मिक पक्षका पुरातन कुराहरु पनि परिमार्जित हुँदै अध्यावधिक हुदै जान्छन् र नयाँ किसिमले आउँछ तर त्यसले सिर्जना गरेको सामाजिक पक्ष जहिले पनि महत्वपूर्ण हो ।
धर्मको कुरालाई एकछिन बिर्सियौं धर्म त छँदैछ, धर्म एउटा निश्चित समूहले मान्छ । काली भनेर एकथरीले मान्ला, गैरआर्यनले अरु जातहरुले त्यो नमान्लान् । तर के हो भने सामाजिक सद्भाव चाहिं वर्षभरीको एउटा महत्वपूर्ण अवसर यो बन्यो दशैं । सामाजिक सद्भावभन्दा पनि हाम्रो संस्कृतिको महत्वपूर्ण पक्ष के हो भने आफूभन्दा ठूलालाई मान्ने, अग्रजहरुलाई मान्ने, उनीहरुको सम्मान गर्ने, आशिर्वाद लिएर उनीहरु हिंडेका सद्बाटोमा लाग्ने त्यो हामे संस्कृतिको महत्वपूर्ण पक्ष हो । यस्तै हरेक अन्य चाडहरुका आ–आफ्नै महत्व छ । जस्तै तिहारमा भाइटिका लगाउँछौं तर यसको धार्मिक पक्षलाइ बिर्सिदिनुस् । धार्मिक पक्ष भनेको जब समाज बद्लिदै जान्छ, धार्मिक पक्षका पुरातन कुराहरु पनि परिमार्जित हुँदै अध्यावधिक हुदै जान्छन् र नयाँ किसिमले आउँछ तर त्यसले सिर्जना गरेको सामाजिक पक्ष जहिले पनि महत्वपूर्ण हो ।
दिदीभाइ बीचमा, दिदीले आशिर्वाद दिने, भाइले दिदीको सौभाग्यको कामना गर्ने चाड हो त्यसको पनि सामाजिक पक्ष छ । यसरी हेर्दै जाँदा, हरेक प्रकारले अध्ययन गर्दै जाँदा हरेक चाडवाडहरुको धार्मिक पक्ष भनेको जग हो र त्यसलाई प्रयोग गर्दै–गर्दै त्यो एउटा जातिमा सिमित भयो तर अहिले आएर हाम्रा चाडहरु भए । यस्ता सबै चाडहरु एकअर्कामा उत्प्रेरणा बढाउने खालका, सद्भाव बढाउने खालका छन् । जस्ता हाम्रा जनजाति समुदायहरुले मान्ने चाडहरु विभिन्न जाति, समुदायले मान्ने चाडहरु ल्होसार, माघी, माघेसंक्रान्ति, छठ, नेपाल संवत् जस्ता महत्वपूर्ण चाडपर्वहरुले आपसी सद्भाव बढाउँछ ।
शुरुवातमा त, ती हरेक पर्वहरु पनि जातीय विशेषका आधारमा आएका छन्, यसको धार्मिक पक्ष त्यो हो । तर अहिले यी सबैका साझा चाडपर्वहरु हुनगएका छन् । यस्ता चाडपर्वहरुको सामाजिक पक्षले बहुलतामा रहेको समाजलाई एकताबद्ध बनाउन थप मद्दत गर्छ र हाम्रो अहिले मुलुक बहुलतामा आधारीत छ । विभिन्न जातजाति, विभिन्न संस्कारमा, विभिन्न धार्मिक सम्प्रदायमा छौं र त्यति हुँदाहँुदै पनि हामीले एकले अर्कालाई सहयोग गर्ने, सद्भाव गर्ने कुराले गर्दा हामी कोही पनि बेगल भएर बाँच्न सक्दैनौं । हामी सामाजिक प्राणी हौं । हाम्रो मान्यतामा अर्को जातिका मान्यता गाँसिएका छन्, एकअर्कामा अन्तर्घुलन भएर एक प्रकारले सम्पूर्ण नेपाली संस्कृति बनेको छ । यी नेपालको बहुलतालाई जोड्नका निमित्त नेपालीहरुमा एकप्रकारको सद्विचार र सद्भावहरु चाही एकअर्कामा बाँड्नको निमित्त, सिर्जना गर्नको निमित्त यी चाडपर्वहरुले महत्वपूर्ण योगदान दिएका छन् ।
हरेक हाम्रा संस्कार, परम्परा र संस्कृति भनेको लामो जगबाट विस्तारै–विस्तारै समयनुसार परिवर्तित हुदै आएका चीजहरु हुन् । इतिहासका मात्रै कुरा ग¥यौं भने, बिर्सिएका कुरा मात्रै गयौँ भने हामीलाई हाँसो लाग्छ । कहाँबाट गरुड आयो, कहाँबाट पुष्पक विमान उडेर आयो ? तर यी सबैको प्रतीकात्मक अर्थ छ । यी सबै चाडहरु छन्, यी चाडहरु भनेको सामाजिक विकासको क्रमसँगसँगै चाडहरु मनाउने तरिका सँगसँगै नयाँ–नयाँ जीवनपद्धतिहरु आउने, समाजको संरचनामा नै परिवर्तन गर्छ । नयाँ प्रकारको रुप लिन्छ । तपाई–हाम्रा खानपान बानी–व्यहोरामा नयाँपन आउँछ । यसरी समाज परिवर्तनको क्रम सँगसँगै हामीले चाड पर्वमान्ने तरिकाहर पनि परिवर्तन हुँदैछन् । धार्मिक रुपमा धेरै कुराहरु एकदम कु–संस्कारपूर्ण थिए, त्यो समाजलाई काम लाग्ने होइन । जस्तो बोझका रुपमा, बाध्यताको रुपमा थिए भने तिनीहरुलाई सरल गर्दै लानुपर्छ । परिस्थतिले पनि विवश गराउँछ मानिसलाई । त्यसैले हाम्रा चाडहरु हिजोजस्ता किसिमले मानिंदैन, आज जसरी मान्दैछौं भोली त्यसरी हामी मान्न सक्ने अवस्थामा हुँदैनौं ।
जस्तो हिजो हामी के गथ्र्यौं गाउँमा केही चिज थिएन । गाउँमा, लिंगे पिङ बनाउथ्यौं, रोटे पिङ हुन्छ काठको त्यसमा सोइसोला खेल्थ्यौं, पिङमा चाचाहुई गर्दै मचिन्थ्यौं । तर आजको प्रविधि यस्तो भएको छ, त्यो रोटेपिङ बिजुलीले चल्ने भएको छ । अब कुनै न कुनै दिन, वर्षमा एकपटक धर्ती छोड्नुपर्छ है भन्ने एउटा मान्यता थियो पिङको महत्व । तर आज धर्ती छोड्नका निमित्त अनेकौं माध्यम छन् । हामी यात्रा गर्छौ, हवाईजहाज चढ्छौं, धर्ती छोडेरै गर्छांै । यी मान्यता विस्तार विस्तारै नयाँमा परिवर्तन हँुदै जान्छन् र गएका छन् । यी पुराना चीज केही काम नलाग्ने भन्ने होइन, यी सबैको, हरेकको अर्थ छ तर यसको अर्थ बुझ्नुपर्छ । समय बद्लिंदो छ, समय सँगसँगै परमिार्जित हुन सक्नुपर्छ । त्यसो गरियो भने क्रमभंगता हुँदैन । क्रमभंग भयो भने सक्किगो नि ।
यो हाम्रो पूरै पहिचानसँग, आस्थासँग जोडिएको भएको हुनाले देवी, देवता पनि त्यही प्रकारले मान्छौं हामी । पछि आउँदा मलाई के लाग्छ भने, विशेषगरी दशैंमा ज्यादा बलि पूजा गर्छौं हामी । मानिसहरुको चेतना यसरी विकास हुँदै गयो, मानव अधिकारको कुरा गर्छांै, पशुको पनि त अधिकार हुन्छ । पशुलाई त्यसरी नृशंश किसिमले पिडा दिएर बध गरिन्छ । आज बध गर्दा पनि नदेखिने किसिमले बध गर्न थालेका छन् । तर त्यो बध गर्न पनि ठिक छ कि छैन ? अहिले यसरी पूजा गर्नुहुँदैन भन्यो भने मान्छेको विश्वासमा ठूलो आघात पर्न सक्छ । तर, समय, काल, परिस्थतिमा परिवर्तन हँुदैजाँदा यो पूजा, यो बलि त, जीवित चीजलाई मार्नु त राम्रो चीज त होइन भन्ने मानिसले सोच्नेछ । सोच्दै गएपछि पूजा त गर्ने तर जीवलाई नमार्ने । नवमीका दिन केरा, घिरौंला, कुभिण्डोका प्रतीक बनाएर तिनिहरुलाई मार हान्ने पूजा पनि गर्दैछन् मान्छेहरु । तर के छ भने, कहिले पनि परम्परा अन्तर्गत बनेका चीजहरु, समयको दृष्टिकोणले बनेका छन् । समय बद्लिदै जाँदा, सोचाइ बद्लिंदै जाँदा तिनमा रहेका विसंगतिहरु हुन् कि भन्ने लाग्छ । तर सबै विसंगति हुँदैनन् । त्यसलाई राम्ररी अध्ययन गर्ने हो भने, प्रत्येककोे अर्थ छ, हुन्छ । त्यो अर्थ बुझेर त्यो अनुरुप परिमार्जन गर्दै जानुपर्छ र नयाँ युगमा नयाँ परिस्थति बन्छ ।
नयाँ संस्कृति बनाउने क्रममा पनि छौं हामी । त्यसो हुनाले पहिला ठूला मान्छेहरुकोमा गएर आशिर्वाद लिने भन्ने चलन थियो । गाउँको मुखियाकहाँ जाने, टिका लगाउने, आशिर्वाद लिने भन्ने चलन थियो । तपाईंहरुको गाउँमा पनि मुखिया हुन्थे होला, हाम्रो गाउँमा पनि हुन्थे, म लिम्बुवानको मान्छे हुँ, त्यहाँ लिम्बुहरु नै मुखिया हुन्थे । त्यहाँ रैतीजती गएर टिका थाप्थे । ठूलो मान्छे उनीहरुलाई मान्थे । तर आज परिस्थति बद्लिएको छ, श्रम जसले राम्रो ग¥यो र ज्ञान जसले आर्जन ग¥यो, त्यो ठूलो मान्छे । सीप जोसँग छ त्यो ठूलो मान्छे । अब ठूलो मान्छेको परिभाषा परिर्वतन भएको छ । ठूलो र सानोको धारणा नै परिवर्तन भएको छ ।
त्यसैले अब लाइन लागेर मुखियाकहाँ टिका थाप्न जाने दिन गए । श्रद्धाका हिसाबले आफूलाई सहयोग गर्ने कोही छ भने, त्यस्तोमा जान्छन् । जस्तो राष्ट्रिय प्रतिकको रुपमा रहेको विशिष्ट पदहरु राष्ट्रपतिका पदहरु त्यस्तामा जान्छन्, टिका लगाउछन्, जानु स्वाभाविक पनि हो । तर जानैपर्छ भन्ने बाध्यकारी कसैले गर्नुहुँदैन । स्वस्फूर्त रुपमा हृदयले नै दिएका आशिषले, दिएका विचारहरु जीवनमूलक छन्, कामलाग्दा छन् र मेरो जीवनलाई परिमार्जित गर्न बल पुग्छ भन्ने लाग्छ भने त्यस्ता ठाउँमा जाने हो । त्यसप्रकारले विस्तार–विस्तार जान्छन् त्यो बिर्सिन हुँदैन । त्यो बिर्सियो भने आफ्नोपहिचान नै बिर्सिन्छ । पहिचानलाई परिमार्जित गर्दै लाने हो । विश्वासलाई परिमार्जित गर्दै लैजाने हो तर विश्वासको जुन जग छ, त्यो जगलाई भाँच्न चाहिं हुँदैन ।
मानवले आफू सन्तुलनमा रह्यो भने संसारलाई स्वर्ग बनाउन सक्छ । सन्तुलन भनेको जता पनि मुढेबल गरेन भने, प्रकृतिलाई राम्ररी बुझ्यो भने, प्रकृतिका असन्तुलनहरुलाई भंग नगरिकन मान्छे चल्यो भने उसले नयाँ चीज बनाउँछ । तर आगामी दशैं त्यस्तो हुने छैन ।
आज प्राज्ञिक जगतले विशेषगरी, गम्भीरतामा पुगेर त्यसको सार्थकतालाई बुझेर, मान्छेले गरेका हरेक प्रयत्नहरु असान्दर्भिक हुन सक्छन्, तर निरर्थक भने छैनन् । असान्दर्भिक भएकालाई सान्दर्भिक बनाउनुपर्छ जुगअनुरुप । त्यसलाई हामीले निषेध गर्न हुँदैन । प्राज्ञिकहरुको काम त्यो हो । मलाई पनि अहिले लाग्छ, अहिले आधुनिक प्रविधि र सामाजिक सञ्जालको जमाना छ, भर्चुअल माध्यमबाट आफ्ना शुभकामनाहरु आदनप्रदान गरे । अब यी हेर्नुस् न, अहिलेको परिस्थती बढो खतरा छ, ठूला मान्छेको सिनियर सिटिजनबाट आशिर्वाद लिनुपर्ने त्यो आशिर्वाद माग्नका निमित्त सिनियर सिटिजनबाट कोही पनि नजानुस् है । जो घरमा छन्, त्यही घरमा भएका मानिसहरुका बीचमा आर्शिर्वाद लिनुस्, अर्काको घरमा नजानुस् । यो किन भन्नुप¥यो भने कोरोनाको अहिले जुन प्रकारको कहर भयो, जुन प्रकारले एकदम कस्तो भने महामारी फैलियो आज छ, भोलि छैन भनेजस्तो अवस्था भयो यसमा विशेषगरी सचेत रहनुप¥यो मानिस । सद्भावको नाममा सबै बिर्सिन भएन भनेर धेरैले फेसबुकमा यस्ता विचारहरु व्यक्त गरे । मैले पनि विभिन्न महादेशमा भएका इष्टमित्र, छोराछोरी, भाइबहिनी, मान्यजन, नातिनातिना, अब अहिले जुमको संस्कृति छ, तपाई पनि अष्ट्रेलियामा भएको मान्छेसँग, अमेरिकामा भएको, क्यानडामा भएको मान्छेहरुसँग टिका, आशिर्वाद आदानप्रदान लिइएको देखियो, मैले पनि त्यसै गरें । यो समयको माग हो, कठिन परिस्थतिमा पनि दशैंलाई निषेध गर्न सम्भव थिएन । त्यसैले परिस्थति अनुकूल बनाउनको निमित्त यसरी पनि गर्न सकिन्छ ।
अहिलेको महामारी हो । तर महामारीको जग भनेको मानिसको आशक्ति हो, प्रकृतिलाई मानिसले मिच्न खोज्यो, प्रकृतिमा मानिसले सन्तुलन बिगारदिए र यस्तो महामारी आयो । यसले मानिसलाई सचेत बनायो, प्रकृति नै सबै चीजको आधारभूमि हो । प्रकृतिका आफ्नै नियम छन्, प्रकृतिको सन्तुलनसँग, प्रकृतिका सबै वस्तुको एकअर्काप्रति परनिर्भरता छ । तिनीहरुको परनिर्भरतालाई राम्रोसँग ख्याल गर्नुपर्छ भन्ने सोच मानिसमा आयो अहिले ।
मानिस जहिले पनि हरेक प्रकारको परिस्थति आएपछि त्यसको गम्भीरतापूर्वक तलैसम्म गएर अध्ययन गर्ने त्यसको कारण पत्ता लगाउने र त्यसको निवारण गर्ने काम मानिसले गर्छ । त्यो निवारण गर्ने काममा मानिसहरु लागेकै छन् । महामारीलाई पन्छाउनका लागि विभिन्न भ्याक्सिनहरु बनेका छन् भन्ने कुरा आइरहेकै छ, यो सधैं त रहँदैन । मानवले आफू सन्तुलनमा रह्यो भने संसारलाई स्वर्ग बनाउन सक्छ । सन्तुलन भनेको जता पनि मुढेबल गरेन भने, प्रकृतिलाई राम्ररी बुझ्यो भने, प्रकृतिका असन्तुलनहरुलाई भंग नगरिकन मान्छे चल्यो भने उसले नयाँ चीज बनाउँछ । तर आगामी दशैं त्यस्तो हुने छैन ।
दशैंपछि तिहार आउँछ, तिहारको छुट्टै महत्व छ । दिदीबहिनी र दाजुभाईबीचमा सद्भाव साट्ने त हुँदैहो । तर त्यसदेखिबाहेक हरेक जातिका आफ्ना– आफ्ना संस्कृति छन् । त्यो संस्कृति संगीतबाट जनिन्छ, नाचबाट जनिन्छ, त्यो संस्कृति बाजाबाट झल्किन्छ । त्यो बाजा पनि हेर्नुस् त, युरोपको मान्छेले बजाउने बाजा अर्कै प्रकारको र हाम्रो आफ्नो प्रकारको छ । ती सबैको प्रदर्शन गरेर आनन्द लिने । उबेला आनन्दका साधनहरु केही थिएनन्, आफ्ना– आफ्ना बाजा बजाएर एकदिन आफ्ना देवताको नाममा, विजयको नाममा देउसी खेल्दै, भैली खेल्दै विभिन्न प्रकारले हिड्ने, नाँच्ने । क्षणिक रुपमा भए पनि आनन्द साटासाट गर्ने, त्यसको अर्को महत्व छ ।
छठको अर्कै महत्व छ, तराईबासीहरुमा यसको अझ महत्व छ । छठको सामाजिक महत्व त्यति उजागर हुन सकेको छैन, त्यसको धार्मिक पक्ष ज्यादा छ । क्रमशः समाज बद्लिदै जाँदा समाजले नयाँ किसिमले परिभाषित गर्दै जान्छ । चाडहरुकोे सामाजिक पक्ष सबल हुँदै गएको देख्छु मैले । र मान्छेले जहिले पनि सद्भावको एउटा डोरीले मालामा बाँध्नको निमित्त यी चाडहरुले बहुत महत्वपूर्ण भूमिका खेल्छ ।
प्रतीकात्मक रुपमा चाडवाड मनाउनु हाम्रो मजबुरी हो । तर हामीले संस्कृतिलाई बिर्सन हुँदैन, कला, साहित्य र सिर्जनालाई बिर्सनहुँदैन । यी चाडपर्वहरुसँग, पहिचानसँग जोडिएका हाम्रा धार्मिक विश्वाससँग, जीवनपद्धतिसँग जोडिएका चीज भएको हुनाले सहज परिस्थतिमा सहज किसिमले मनाऔं, असहज परिस्थति आए यसलाई हामीले बिर्सन हुँदैन भनेर प्रतीकात्मक मनायौं ।
प्रतिक्रिया दिनुहोस्