ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङमा कोदो खेती गर्नेलाई नगरपालीकाको अनुदान


एबीसी न्यूज
१८ कार्तिक २०७७, मंगलबार   १२ : ००   बजे

बागलुङ, १८ मंसिर । बागलुङ जिल्लामा गाउँमा किसानले नेपालको परम्परागत अन्न वाली कोदो उत्पादन हुने स्थानमा अन्य खेती गर्दा कोदोको उत्पादन कम हुन थालेपछि ढोरपाटन नगरपालिकाले कोदो लगाउने किसानलाई अनुदान दिने भएको छ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाले कोदो बालीको संरक्षण गर्दै कोदो धेरै उत्पादन गर्ने निति बनाएपछि कोदो खेती तर्फ कृषक आर्कषण बढेको हो ।
विगतका वर्षमा गरिब र निम्न वर्गका मान्छेले मात्रै खाने खानाको रूपमा लिइने कोदोको ढिडो यतिबेला शहरका हुने खानेहरूको राम्रो खानाको रूपमा परेपछि यतिबेला कोदोको माग ह्वात्तै बढेपछि नगरपालिकाले कोदो संरक्षणको निति ल्याएको हो ।

अहिले राजधानीको तारे होटल देखि सानोतिनो होटलमा समेत नेपाली पुरानो ढिडो खानेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएपछि यतिबेला गाउँमा पाइने कोदोको अभाव हुन पुगेपछि किसानलाई अनुदान दिएर खेती गर्न प्रोत्साहन गरेको ढोरपाटन नगरपालिका मेयर देव कुमार नेपालीले बताउनुभयो । अहिले गाउ गाउँमा समेत कृषकहरूले कोदोको ठाउँमा तरकारी लगायतका फलफूल खेती गर्न थालेपछि यतिबेला कोदो क्रमश लोप हुदै जान थालेपछि ढोरपाटन नगरपालिका कोदो संरक्षण अभियानमा लागेको नगर प्रमुख नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार राजधानी लगायतका ठाउँमा अत्यधिक मात्रामा कोदोको ढिडो गुन्द्रुक माग भएपछि त्यसलाई सम्बोधन गर्न नगरपालिकाले यस आर्थिक वर्षमा कोदो फलाउने कृषकको लागि प्रोत्साहन गर्न नगरपालिकाले गत बर्ष १५ लाख रूपैयाँ अनुदान प्रदान गरेको थियो । यस बर्ष पनि १५ लाख बजेट छुट्टयाइएको छ । बागलुङ जिल्ला अत्यधिक कोदो खेती हुने जिल्लामा पर्ने गरेको कारणले पनि नगरपालिकाले किसानलाई कोदो खेती तर्फ आकर्षितगर्न नगरपालिका कै तर्फबाट अनुदान रकम दिने कार्यक्रम बनाएपछि पुन गाउँमा कोदो खेती गर्न किसानलाई हौसला मिलेको छ ।

यसपालि मौसमले साथ दिएपछि कोदो उत्पादन राम्रो हुने किसानहरु बताउछन् ।बागलुङ जिल्लामा यो बर्ष गत बर्षको तुलनामा कोदोको उत्पादन बढ्ने देखिन्छ । अहिले गाउँका युवा जनशक्ति रोजगारीको सिलसिलामा बिदेश तर्फ पलायन भएपछि गाउँ घरमा खेतीपाती गर्ने जनशक्ति नै कम हुदै गइरहेको छ भने अर्कोतर्फ कोदो गहुँ भन्दा तरकारी फलफूल खेतीमा आम्दानी बढी हुने कारणले पनि कोदो खेती गर्न छोड्दै गएको देखिन्छ ।

ढोरपाटन नगरपालिकाले कोदो बढी उत्पादनगर्न कोदोको ब्यबसायीक खेती गर्न गराउनको ल्याएको कार्यक्रमलाई कृषहरूले सकारात्मक रूपमा लिएका छन् यसलाई नगर गाउँ को मात्रै कार्यक्रम नबनाइ सरकारको राष्ट्रिय कार्यक्रम नै बनाउन सक्यो भने धेरै भन्दा धेरै कोदो उत्पादन गर्न सक्ने देखिन्छ । विगतमा गाउँ घरमा मदिरा उत्पादनमा मात्रै बढी प्रयोग हुदै गरेको कोदो अहिले जिल्ला सदरमुकाम देखि राजधानीबाट माग भए पछि थोरै थारै उत्पादन गर्ने किसानले पनि यतिबेला कोदोको राम्रो मुल्य पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group